Skip to main content

Posts

नेपाल-भारतबीचको वाणिज्य सन्धीले ऐतिहासिक फाइदा हुन्छ-महतो

काठमाडौं, कात्तिक ९। वाणिज्य तथा आपर्ूर्तिमन्त्री राजेन्द्र महतोले नेपाल र भारतबीच हुन लागेको वाणिज्य सन्धीले नेपाललाई उल्लेख्य फाइदा हुने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै दुइ देशबीच रहेको विभिन्न नाकाहरुबाट सिधै आयात निर्यात गर्न सक्ने व्यवस्था समावेश गरिएबाट द्वीपक्षीय व्यापार समेत बढ्ने बताए। 'सन् १९९१ मा भएको वाणिज्य सन्धीको पुनरावलोकनले नेपाललाई ठूलो फाइदा पुग्नेछ,' मन्त्री महतोले भने,'भारतका विभिन्न नाकाबाट सिधै आयात निर्यात गर्नसक्ने व्यवस्था भएबाट आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति हुन्छ।' सन्धीमा नेपाली सामानले सबैभन्दा महत्वपर्ूण्ा मुलुकको उत्पादनका रुपमा भारतमा प्रवेश पाउने उल्लेख गरिएको बताए। उद्योग र व्यापार बढाउन ढोका खुलेको भन्दै त्यसका लागि हामीले उत्पादन बढाउन सक्नुपर्ने बताए। भारतमा निर्यातका लागि विगतमा रहेको प्राथमिक वस्तुको सूचीमा थप वस्तुहरु समावेश भएको बताए। उनका अनुसार ढुंगा, रोडा, बालुवा, जडिबुटीलगायतको निर्यातमा भन्सारमा समस्या नहुने बताए। अब नेपाली उत्पादनले क्वारेन्टाइनको समस्या झेल्नु नपर्ने बताए। विगतमा नेपालम...

आगामी छठ पर्वमा दुइ दिन बिदाको मांग

वीरगंज, ९ कार्तिक । कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले आगामी छठ पर्वको अवसरमा सरकार समक्ष दुइ दिन बिदाको मांग गरेकी छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले छठ पर्वको अवसरमा र्सार्वजनिक बिदामा पनि सरकारले कटौती गरेको बताइन्। उनले कृषिजन्य उत्पादनका लागि पहल भइरहेको जानकारी गराउंदै नेपालमा पछिल्लो समयमा ८६ प्रतिशतबाट घटेर ७२ प्रतिशतमा आइपुगेको बताइन्। किसानहरुलाई र्सवसुलभ तरिकाले मल बिउ उपलब्ध गराइएको र नेपालमा कम्तीमा चार लाख मैटि्रक टन मल आवश्यक परेकोले त्यसको आपर्ूर्तिका लागि सरकार लागिपरेको पनि बताइन्। बेगमले अवैध तरिकाले भित्रिएका मल खाद नियन्त्रणमा सरकार लागेको बताउंदै त्यस्ता मलहरु प्रयोग नगर्न किसानहरुलाई र्सतर्क रहन अनुरोध समेत गरेकी छन्।

बिश्व बिद्यालय निर्माणलाई गति दिनुपर्नेमा जोड

वीरगंज, ९ कार्तिक । बीरगंजमा बिश्व बिद्यालय निर्माणको कामलाई गति दिन बीरगंजका बौद्धिक ब्यक्तित्वहरुले प्रतिवद्धता ब्यक्त गरेका छन्। आज बीरगंज बिश्वबिद्यालय तयारी समिति बीरगंजले एक होटेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका बैद्धिक ब्यक्तिहरुले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन्। बीरगंज बिश्व बिद्यालय निर्माणका निम्ति तयारी समितिले अहिले सम्म गरेको कामको समिक्षा गर्दै निर्माणको कामलाई गति दिन प्रतिवद्धता ब्यक्त गरिएको हो। बीरगंज बिश्व बिद्यालय निर्माणका निम्ति तयारी समितिले अहिले सम्म बिश्व बिद्यालयको बिधान निर्माण कार्यक्रम प्रस्तावना पर्ूण्ा रुपमा निर्माण गरेको छ। त्यस्तै बिश्व बिद्यालय निर्माणका लागि जमिनको खोजी भइरहेको तयारी समितिका संयोजक डा.भगवान यादवले जानकारी दिनु भएको छ। समितिले बिश्व बिद्यालयका लागि एक करोड ४६ लाख रुपैयां सहयोग जुटाएको डा.यादवले जानकारी दिनु भयो। बिश्व बिद्यालय निर्माणका सम्बन्धमा फैलिएका अफवाहहरु चिर्दै अगाडि बढ्ने सहमती पनि आजको अन्तरक्रिया कार्यक्रमले कायम गरेको छ। बिश्व बिद्यालय निर्माणकालागि आर्थिक स्रोत जुटाउन बारा पर्साका सभासदहरु राजनीति...

विद्रोही माओवादी सक्रिय

काठमाडौं, कात्तिक ९ । माओवादीबाट विद्रोह गरी बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले संविधानसभा बाहिरका राजनीतिक शक्तिहरुलाई समेत समेटेर गोलमेच सम्मेलन गरी समस्या समाधानको पहल गर्न प्रस्ताव गरेको छ । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पार्टीले संविधानसभाले मात्र देशको राजनीतिक समस्या समाधान गर्न नसक्ने तर्क गरेको छ । पार्टी संयोजक मणि थापाले संविधानसभाबाहिर रहेका सशस्त्र निशस्त्र पार्टी, जातीय संघ संगठन समेतलाई सहभागी गराउनेगरी गोलमेच सम्मेलन गर्नुपर्ने बताए । उनले भने,'संविधानसभाले मात्र समस्या समाधान गर्नसक्दैन, अब सबै पक्षलाई समेटेर गोलमेच सम्मेलनमार्फ् नयां सहमतिको खोजी गर्नुपर्छ ।' उनले संविधान समयमै बन्न नसक्ने र बनेपनि जनताको चाहना अनुसार बन्न नसक्ने तर्क गरे । थापाले आगामी पौष २५ देखि २७ सम्म पार्टीको प्रथम राष्ट्रिय सम्मेलन गर्ने बताए । सम्मेलनको तयारीका लागि पार्टीलाई सम्पूर्ण रुपमा परिचालन गरिसकिएको बताए । माओवादीबाट वि द्रोह गरी बनेका शक्तिहरु सक्रिय हुदै गर्दा मणि थापा नेतृत्वको क्रान्तिकारी पार्टीले नयां कार्यक्रम ल्याएको हो ।

तीन जिल्लामा दुर्घटना

वीरगंज , ९ कार्तिक । पर्सा , बारा र सर्लाहीमा सडक दुर्घटना हुंदा दर्जनौं घाइते भएका छन्। आज बिहान सर्लाहीको हरिवन - ६ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग नयां रोड भन्ने स्थानमा बीरगंजबाट सिन्धुली तर्फजांदै गरेको ना . २ख ५८५७ नं . को बसको ठक्करबाट पैदल यात्री ढुगे्रखोला - ५ बस्ने रामकृष्ण खत्री घाइते भएका छन्। उनको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ भने चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। गए राति वीरगंज - १६ नेशनल ट्रेडिङ अगाडी ना . १च ८९५९ नं . को एम्बुलेन्सले रिक्शालाई ठक्कर दिंदा रिक्शामा सवार मनिष अन्सारीको श्रीमती वर्ष ३५ की जलेखा खातुन र रिक्शा चालक रौतहट जयनगर - ५ बस्ने बर्ष५० को पाजुल अन्सारी र्घाईते भएका छन्। घाइतेको ना . उ . क्षे . अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको छ। गए राति मकवानपुरको हे . न . पा .- ९ पशुपतिनगर सडक खण्डमा संग्रामपुरबाट काठमाण्डौ तर्फजांदै गरेको बा . २ख २२८० नं . को बस अचा...

बाघको आक्रमणबाट बालिकाको मृत्यु

काभ्रे , ९ कार्तिक । बाघको आक्रमणबाट नासिका - ७ बस्ने शंकर लामाको तीन वर्षीया छोरी रितु लामाको मृत्यु भएको छ। आज बिहान साढे ९ बजे उनको शव फेला पारिएको प्रहरीले जनाएको छ। गए राति ८ बजे बारीमा खेल्न गएकी रितुलाइ बाघले बेपत्ता बनाएपछि प्रहरी र स्थानीय मानिसहरुले खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारिएको मध्य क्षेत्र प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

खोलामा बेपत्ता भएकाको शव फेला

सिन्धुपाल्चोक, ९ कार्तिक । जलबिरे खोलामा डुबेर बेपत्ता भएका एकजनाको लाश फेला परेको छ। आज बिहान ९ बजे अजाय-७ बस्ने बर्ष १९ को आइत सिंह तामाङको शव फेला परेको हो। गए राति बराम्चे-२ ढांडे स्थित जलविरे खोलामा घर छाउने ढु·ा बोकी फड्केबाट खोला तर्दै गर्दा खोलामा डुबेर बेपत्ता भएपछि प्रहरी टोली र स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।