Skip to main content

बिश्व बिद्यालय निर्माणलाई गति दिनुपर्नेमा जोड


वीरगंज, ९ कार्तिक । बीरगंजमा बिश्व बिद्यालय निर्माणको कामलाई गति दिन बीरगंजका बौद्धिक ब्यक्तित्वहरुले प्रतिवद्धता ब्यक्त गरेका छन्। आज बीरगंज बिश्वबिद्यालय तयारी समिति बीरगंजले एक होटेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका बैद्धिक ब्यक्तिहरुले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन्।
बीरगंज बिश्व बिद्यालय निर्माणका निम्ति तयारी समितिले अहिले सम्म गरेको कामको समिक्षा गर्दै निर्माणको कामलाई गति दिन प्रतिवद्धता ब्यक्त गरिएको हो। बीरगंज बिश्व बिद्यालय निर्माणका निम्ति तयारी समितिले अहिले सम्म बिश्व बिद्यालयको बिधान निर्माण कार्यक्रम प्रस्तावना पर्ूण्ा रुपमा निर्माण गरेको छ। त्यस्तै बिश्व बिद्यालय निर्माणका लागि जमिनको खोजी भइरहेको तयारी समितिका संयोजक डा.भगवान यादवले जानकारी दिनु भएको छ। समितिले बिश्व बिद्यालयका लागि एक करोड ४६ लाख रुपैयां सहयोग जुटाएको डा.यादवले जानकारी दिनु भयो। बिश्व बिद्यालय निर्माणका सम्बन्धमा फैलिएका अफवाहहरु चिर्दै अगाडि बढ्ने सहमती पनि आजको अन्तरक्रिया कार्यक्रमले कायम गरेको छ। बिश्व बिद्यालय निर्माणकालागि आर्थिक स्रोत जुटाउन बारा पर्साका सभासदहरु राजनीतिक दल सरकारी निकायहरुको सहयोग परिचालन गर्ने निर्ण्र्ााभएको छ। बीरगंजमा बीरगंज बिश्व बिद्यालयलाई सामुदायिक बिश्व बिद्यालयको रुपमा निर्माण गर्न खोजिएकोले यसक्षेत्रका आम जनताको सहयोग हुनु पर्नेमा बिज्ञहरुले जोड दिएका छन। बिश्व बिद्यालयका सम्बन्धमा भएका अन्यौलतहरुलाई प्रष्ट पार्दै निर्माणका कामलाई त्रि्रता दिन समेत सहभागिहरुले समितिलाई सुझाव दिएका छन। तयारी समितिमा राजनीतिक दलका प्रमुखहरु ,संचारकर्मी उधोगी ब्यवसायी ,नागरिक समाजका सदस्यहरु समेत रहेका छन। आज भएको अन्तरक्रिया कार्यक्रमले बिश्व बिद्यालय निर्माणकालागि शिक्षा मंत्री रामचन्द्र कुशवाहालाई आवश्यक सहयोग र पहल गरिदिन समेत आग्रह गर्ने निर्ण्र्ाागरेको छ। तर आजै शिक्षामंत्रीको सहभागितामा अन्तरक्रिया कार्यक्रम हुने भएपनि शिक्षामंत्री कुशवाहाको कार्यक्रममा सहभागिता भने रहेको थिएन। कार्यक्रममा एमालेका बैकल्पीक केन्द्रीय सदस्य रामचन्द्र साह, चीरन्जीवी आचार्य जिल्ला सचिव बिजय महतो,जिल्ला बिकास समिति पर्साका पर्ूव सभापति जनार्दन सिंह क्षेत्री नेपाली कांग्रेस पर्साका उपसचापति रामरुप कर्ुर्मी मधेशी जनअधिकार फोरमका जिल्ला अध्यक्ष शशी कपुर मिया उपाध्यक्ष प्रदीप यादव राजेन्द्र कोइराला, सदभावनाका जिल्ला अध्यक्ष नेजामुदिन समानी , प्रेमनाथ शर्मा, रेडक्रसका श्याम कुमार पोख्रेल ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख कृपासिन्धु चौधरी स्ववियु सभापति मुकेश द्विवेदी लगायत प्राध्यापकहरुको सहभागिता रहेको थियो। आजै होटेल भिषूवमा बिश्व बिद्यालय निर्माणकोलागि भएको प्रगतीको समिक्षा र आगामी दिनमा गर्नु पर्ने कामका र्सर्न्दभमा पर्सा जिल्लाका राजनीतिक दलहरुको र्सवदलीय बैठक पनि बसेको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...