Skip to main content

नेपाल-भारतबीचको वाणिज्य सन्धीले ऐतिहासिक फाइदा हुन्छ-महतो

काठमाडौं, कात्तिक ९। वाणिज्य तथा आपर्ूर्तिमन्त्री राजेन्द्र महतोले नेपाल र भारतबीच हुन लागेको वाणिज्य सन्धीले नेपाललाई उल्लेख्य फाइदा हुने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै दुइ देशबीच रहेको विभिन्न नाकाहरुबाट सिधै आयात निर्यात गर्न सक्ने व्यवस्था समावेश गरिएबाट द्वीपक्षीय व्यापार समेत बढ्ने बताए।
'सन् १९९१ मा भएको वाणिज्य सन्धीको पुनरावलोकनले नेपाललाई ठूलो फाइदा पुग्नेछ,' मन्त्री महतोले भने,'भारतका विभिन्न नाकाबाट सिधै आयात निर्यात गर्नसक्ने व्यवस्था भएबाट आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति हुन्छ।' सन्धीमा नेपाली सामानले सबैभन्दा महत्वपर्ूण्ा मुलुकको उत्पादनका रुपमा भारतमा प्रवेश पाउने उल्लेख गरिएको बताए। उद्योग र व्यापार बढाउन ढोका खुलेको भन्दै त्यसका लागि हामीले उत्पादन बढाउन सक्नुपर्ने बताए। भारतमा निर्यातका लागि विगतमा रहेको प्राथमिक वस्तुको सूचीमा थप वस्तुहरु समावेश भएको बताए। उनका अनुसार ढुंगा, रोडा, बालुवा, जडिबुटीलगायतको निर्यातमा भन्सारमा समस्या नहुने बताए। अब नेपाली उत्पादनले क्वारेन्टाइनको समस्या झेल्नु नपर्ने बताए। विगतमा नेपालमा उत्पादिन वस्तुको भारतीय प्रयोगशालामा पुनः परीक्षणको प्रावधान राखिएकोमा अब नपर्ने बताए। उनले भने,'भारतले नेपाली प्रयोगशालालाई मान्यता दिएको छ।' चामल, दाललगायतमा भारतले लगाएको निर्यात प्रतिबन्ध नेपालका हकमा नगर्ने प्रावधान रहेको उल्लेख गरे। महतोले विगतमा राखिएको ड्युटी रिफन्ट प्रोसेस ९म्च्ँ० खारेज गरिएको बताए। खारेजीका कारणले नेपाललाई फाइदा पुग्ने बताए। वनस्पती घीऊको कोटामा समेत सहजीकरण गरिएको उनको भनाई थियो। नेपालमा बिग्रिएको मेशीनरी सामान भारतमा लगी बनाउन सकिने व्यवस्था रहेको बताए। विगतमा मेशीनरी सामान बिग्रिएमा मर्मतका लागि लान नपाउने भएबाट समस्या आउनेगरेकोमा अब त्यसो नहुने बताए। भारतीय मुद्रामा व्यापार गर्दा पनि विदेशी मुद्रा सरहको सुविधान प्राप्त गर्न सकिने बताए।
महतोले पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने बताए। विदेशी बजारमा मूल्य वृद्धि भइसकेकाले मूल्य समायोजन अनिवार्य भएको बताए। उनले भने,'अब छिट्टै मूल्य समायोजन हुन्छ।' समायोजन नहुँदा भारतमा अवैध रुपमा पेट्रोलियम पदार्थको चुहावट हुनथालेको बताए।
खाद्यान्न आपर्ूर्तिका लागि सरकार सक्रिय रहेको बताए। ३० जिल्लाहरुमा खाद्यान्न आपर्ूर्ति भइरहेको भन्दै हुम्ला जुम्ललागायत कर्ण्ाालीका जिल्लाहरुमा समस्या हुन नदिने स्पष्ट पारे।
मन्त्री महतोले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए। सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाट आउन चुनौती दिए। उनले भने,'माओवादी सडकमा आउंदैमा सरकार ढल्दैन।' सरकार बहुमत प्राप्त भएको भन्दै कुनै पनि शक्ति लाग्दैमा केही नहुने बताए। माओवादीले बुझेर पनि बुझ पचाउदै सरकारविरुद्ध लागेको आरोप लगाए। बजेट पारित गर्न अवरोध सृजना गरेर माओवादीले गैरजिम्मेवारी देखाइरहेको बताए। मधेशको विषयमा प्रधानमन्त्री माधवकुमार नेपाल गम्भीर भएको बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।