Skip to main content

Posts

टयाक्टरको ठक्करबाट वृद्धाको मृत्यु

धनुषा, १७ कार्तिक । धनुषाको सपही-३ गजरिया टोलमा टयाक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। आज बिहान ८ः१० बजे ज.१त ३०५० नं.को ट्याक्टरको ठक्कर बाट सोही ठाउं बस्ने ६० वर्षीया देवकी खत्वेको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टरचालक ट्याक्टर छाडेर फरार भएको प्रहरीले जनाएको छ।

चौबिसजना सुकुम्बासी पक्राउ

चितवन, १७ कार्तिक । चितवन प्रहरीले २४ जना सुकुम्बासीलाई आज बिहान पक्राउ गरेको छ। चितवनको मगंलपुर ५ मा रहेको सुकुम्बासी बस्ती हटाउन गएका प्रहरीले माइकिङ गर्दा नमानेपछि प्रहरीले सुकुम्वासी संघर्ष समितिका अध्यक्ष देव गुरुङ लगायत २४ जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चितवनमा राखेको हो। जिल्ला सुरक्षा समितिले सुकुम्वासी बस्ती सम्मानपूर्वक हटाउने निर्णय गरेपछि प्रहरी टोली त्यहां पुगेका थिए।

सरकार खारेज नभएसम्म आन्दोलन रोकिन्न-गजुरेल

काठमाडौं, कात्तिक १७। एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले वर्तमान सरकार खारेज नभएसम्म आन्दोलन नरोकिने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आन्दोलनलाई राष्ट्रिय अन्तराष्ट्रिय र्समर्थन रहेकाले सरकार ढालेर नागरिक सर्वोच्चता स्थापित गरेपछि मात्र आन्दोलन रोकिने बताए। 'आन्दोलन शान्तिपर्ूण्ा हुनाको साथै राष्ट्रिय अन्तराष्ट्रिय र्समर्थन रहेको छ,' गजुरेलले भने,'सरकार खारेज भएपछिमात्र आन्दोलन रोकिन्छ।' आन्दोलनप्रति संयुक्तराष्ट्रसंघको र्समर्थन रहेको र चीन, भारत र अमेरिकालगायत विश्व समुदायको र्समर्थन मिल्दै जाने दाबी गरे। राष्ट्रसंघीय महासचिव वाङ कि मुनले राष्ट्रिय सहमतिको सरकारमा जोड दिनुले पनि माओवादी एजेण्डामा र्समर्थन मिलेको प्रष्ट हुने बताए। आफूहरुलाई हिंसामा धकेल्ने षड्यन्त्र भइरहेको भन्दै शान्तिपर्ूण्ा आन्दोलनबाटै सरकार ढालेर देखाउने बताए। वर्तमान सरकार असंवैधानिक भएकाले यसलाई खारेज गर्नु आफूहरुको लक्ष्य रहेको स्पष्ट पारे। नागरिक सर्वोच्चता कायम गर्नु, राष्ट्रपतिको सेनापति थमौतीको कदम सच्याउनुका अलावा सरकार खारेज गर्नु तीनवटा उद्देश्यका साथ आ...

चोरहरुले किराना पसलमा चोरी गरेर आगो लगाइदिए

कलैया, १७ कार्तिक । अज्ञात चोरहरुले बाराको एक किराना पसलमा चोरी गरी आगो लगाइदिएका छन्। गए राति १२ः५० बजे महेशपुर-४ स्थित सुरेश प्रसाद कलवारको घरमै भएको किराना पसलको ढोका चोरहरुले फुटाइ चोरी गर्नुको साथै आगो लगाइदिएका हुन्। आगलागीबाट धान, गहुं, मसुरो, धनियां र अन्य मालसामान गरी करिब तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। गए राति १.५० बजे सो आगो प्रहरी, स्थानीय बासी र दमकलको सक्रियतामा नियन्त्रणमा लिइएको थियो।

कार्तिक १७ गतेदेखि २३ गतेसम्म निशुल्क कृत्रिम खुटा वितरण

वीरगंज, १७ कार्तिक । नेशनल मेडिकल कलेज शिक्ष्ँण अस्पतालका प्रमुख डा. जैनुद्दिन अन्सारीले भारतबाट खुट्टा जडान गर्ने प्रँविधिक टोली आइसकेको बताएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साले कलेजको सभाकक्ष्ँमा आयोजित गरेको साक्ष्ँँत्कार कार्यक्रममा उनले विकलांगहरुलाइ बढीभन्दा बढी सेवा पुर्‍याउन लागिपरेको बताए। भारतको टिसिआइ फाउन्डेसन एवं भगवान महावीर विकलांग सहायता समिति जयपुरको सहयोगमा आयोजना गरिएको निशुल्क कृत्रिम खुट्टा, कैलिपर तथा वैशाखी वितरण कार्यक्रममा पनि गरिएको थियो । टिसिआइ फाउन्डेशनका डा. शशि नारायणनले प्रथम पटक नेपालमा अन्तर्रर्ााट्रय क्याम्पको रुपमा निशुःक कृत्रिम खुट्टा वितरण कार्य गर्न थालेको बताए। उनले कार्तिक १७ गतेदेखि २३ गतेसम्म रहने यस क्याम्पमा करिब एक हजार विकलांगहरुले निशुल्क फाइदा लिने बताए।

पर्साका सम्पुर्ण सरकारी कार्यालय बन्द, वीउवासंघद्वारा ऐक्यबद्धता

वीरगंज, १७ कार्तिक । वीरगंज भन्सारका प्रमुख केवलप्रसाद भण्डारीलाइ माओवादी (मातृका यादव) समूहले कुटपिट गरेको घटनाको विरोधमा आज पर्सा जिल्लाको सम्पुर्ण सरकारी कार्यालयहरु बन्द भएको छ। आज निजामति कर्मचारीहरुको राष्ट्रियस्तरका टे्रड युनियनहरुको संर्घष्ा समितिले कुटपिट गर्ने दोषीलाइ कारबाहीको मांग राख्दै सम्पुर्ण सरकारी कार्यालय बन्द गर्ने आह्वान गरेको हो। यसैवीच वीरगंज उद्योग वाणिज्य संघले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी सो घटनाको कडा विरोध प्रकट गरेको छ। विज्ञप्तिमा उक्त घटनाका दोषी व्यक्तिलाई प्रशासनले कडाभन्दा कडा कारवाही गरी आगामी दिनहरुमा यस्ता घटनाहरु नदोहरिन र बन्दप्रति ऐक्यबद्धता जाहेर गरेको उल्लेख छ।

अँध्यारो म्यूजियमका अल्छी कर्मचारी

भक्तपुर, १७ कार्तिक । भक्तपुर दरवारमा रहेको म्युजियममा बिजुली बाहेक प्रकाशको बिकल्प छैन। लोडसेडिङको देश नेपालमा कहिले बत्ती आउँछ वा जान्छ भने यकिन छैन। सो म्युजियमले बिजुली नभएको कारणले गर्दा गत कार्तिक १३ गते शुक्रवार एकै दिनमा ३० हजार रुपियाँ घाटा बेहोर्नू परेको छ। शुक्रवार त्यहाँ बिभिन्न बिद्यालयका करीब ३ हजार बिद्यार्थी अवलोकन भ्रमणमा आएका थिए। तर सो दिन म्युजियममा दिन भरी बत्ती नबलेको कारण बिद्यार्थीहरुले अँध्यारोमा पस्न नचाहेकोले यति धेरै घाटा बेहोर्नु परेको छ। अध्यारो म्यूजियमका अल्छी कर्माचारीका कारण त्यस दिन त्यहाँ पुगेका २५ वटा बिद्यालयका बिद्यार्थीहरुले म्युजियम प्रति नकारात्मक धारणा राखे।- रविन राचलिका हरीत समूह भक्तपुर