भक्तपुर, १७ कार्तिक । भक्तपुर दरवारमा रहेको म्युजियममा बिजुली बाहेक प्रकाशको बिकल्प छैन। लोडसेडिङको देश नेपालमा कहिले बत्ती आउँछ वा जान्छ भने यकिन छैन। सो म्युजियमले बिजुली नभएको कारणले गर्दा गत कार्तिक १३ गते शुक्रवार एकै दिनमा ३० हजार रुपियाँ घाटा बेहोर्नू परेको छ। शुक्रवार त्यहाँ बिभिन्न बिद्यालयका करीब ३ हजार बिद्यार्थी अवलोकन भ्रमणमा आएका थिए। तर सो दिन म्युजियममा दिन भरी बत्ती नबलेको कारण बिद्यार्थीहरुले अँध्यारोमा पस्न नचाहेकोले यति धेरै घाटा बेहोर्नु परेको छ। अध्यारो म्यूजियमका अल्छी कर्माचारीका कारण त्यस दिन त्यहाँ पुगेका २५ वटा बिद्यालयका बिद्यार्थीहरुले म्युजियम प्रति नकारात्मक धारणा राखे।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment