ऋषि धमला, नयां दिल्ली, २० कार्तिक। भारतीय नेताहरुले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको निरन्तरतामा जोड दिएका छन्। उनीहरुले सरकार लोकतान्त्रिक प्रणालीबाट बनेकाले र्समर्थन र सहयोग रहने बताएका हुन्। भारतीय सत्तारुढ कांग्रस आइका विदेश विभाग प्रमुख डा.करण सिंहले माधव नेपाल नेतृत्वको सरकारलाई र्समर्थन रहेको बताए। नेपालमा शान्ति प्रक्रिया अगाडि बढिरहेकाले सत्ता परिवर्तन भन्दा मिलेर अगाडि बढ्न सुझाव दिए। उनले भने, भारत नेपालको शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरण चाहन्छ। दलहरुलाई सहमतिका साथ संविधान निर्माणको एजेण्डामा केन्द्रित हुन आग्रह गरे। पछिल्लो समयमा उत्पन्न राजनीतिक असमझदारीप्रति चिन्ता समेत व्यक्त गरे। आन्दोलनभन्दा सहमतिमा जादा नेपालको हिन हुने बताए। दर्ुइ देशको सम्बन्ध अझै सुदृढ हुदै गएकाले विकासका क्षेत्रमा भारतले सहयोगलाई अझै बढाउने बताए। भारतीय जनता पार्टर्ीी अध्यक्ष राजनाथ सिंहले माधवकुमार नेपाल नेतृत्वको सरकारकै निरन्तरतामा जोड दिए। वर्तमान नेपाल नेतृत्वको सरकारले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, माधव नेपाल ...