Skip to main content

वीउवासंघ र भारतीय रेल अधिकारी बीच छलफल

वीरगंज, २० कार्तिक/भारतीय रेल्वेले केही महिनादेखि रक्सौल स्टेशनमा पैठारी हुने मालसामानहरुमा ६ गुना विलम्ब शुल्क लगाई रहेको विषयलाई लिएर वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि मण्डलले समस्तीपुर स्थित भारतीय रेल मण्डलका डिआरएम कुन्दन चौधरीसँग भेटघाट गरेको समाचार प्राप्त भएको छ। नेपालमा रक्सौल स्टेशनल मार्फ् पैठारी हुने सामानमा ६ गुना विलम्ब शुल्कका कारण नेपाली उद्योगहरु मर्कामा परिरहेका थिए र वीउवासंघले यस सम्बन्धमा समाधानको लागि विभिन्न निकायमा माग उठाउँदै आएको थियो।
रक्सौल स्टेशनबाट मालसामान उठाएर लैजान आयातकर्ताहरुले अत्यधिक विलम्ब गर्ने गरेकोले उनीहरुको कार्यदक्षता बढाउने उद्देश्यले नै भारतीय रेल्वेले विलम्ब शुल्क बढाएको कुरा भारतीय रेलका अधिकारीले स्पष्ट गर्नुभयो। विलम्ब शुल्कको कारण आयातकर्ताहरुको कार्य दक्षता बढेको विगत महिनामा रक्सौल स्टेशनले ५० रेक मालसामान ढुवानी गरेर नयाँ कर्ीर्तिमान स्थापित गरेको कुरा रेल प्रबन्धकले बताउनुभयो। रक्सौलमा क्रेन, लोडर र ट्रकहरुको अभावको समस्या रहेको र रेलका वैगनहरु अल्भिmएर रेललाई नोक्सान हुने गरेकोले विलम्ब शुल्क लगाउनु परेको वहाँले स्पष्ट गर्नुभएको थियो।
तर वीरगंजका उद्योगी व्यापारीहरुको निरन्तर आग्रहलाई ध्यानमा राख्दै कार्तिक २४ गतेदेखि रक्सौल रेल स्टेशनमा जरिवानायुक्त विलम्ब शुल्क नलगाउने आश्वासन वहाँले दिनु भएको छ। यस अघि रेलले केही दिन बिराएर पटक-पटक जरिवानायुक्त विलम्ब शुल्क लगाउँदै आएको थियो तर अहिलेको भेटघाटको क्रममा दिइएको आश्वासनले सो समस्या हल हुने भएको छ। रेल प्रबन्धकले पैठारीकर्ताहरुले निर्धारित समयभित्र रक्सौल साइडिङ्गबाट आफ्नो मालसामान उठाएर लैजान दक्षता बढाउनुपर्ने कुरा औल्याउँदै यसको लागि वीउवासंघले पैठारीकर्ताहरुलाई अभ्रि्रेरित गर्नुपर्ने सल्लाह समेत दिएका थिए। वीउवासंघले रक्सौल स्टेशनको भौतिक पर्ूवाधार विकसित गर्नुपर्ने माग राख्दै आएकोमा सोलाई सम्बोधन गर्दै आउने नोभेम्बर महिनादेखि ६ महिनाभित्र भारतीय रेलले रक्सौल स्टेशनमा करिब डेढ करोड भारतीय रुपैयाँ खर्च गर्ने आश्वासन समेत भारतीय रेलले दिएको छ।
वीउवासंघ उद्योग व्यापारको क्षेत्रमा आई पर्ने समस्याहरुको यथोचित निकास निकाल्न प्रयासहरु गर्दै आएको छ। उद्योग वाणिज्य संघको प्रयास प्रति जागरुकता देखाउँदै भारतीय रेल तथा भारतीय महावाणिज्य दूतावासले खेलेको भूमिकाको लागि संघका अध्यक्ष ओमप्रकाश सिकरियाले आभार व्यक्त गर्नुभएको छ। नेपालमा पैठारी हुने क्लिंकर, सिमेन्ट र फलामको वाषिर्क परिमाण निरन्तर वृद्धि हुँदै गएको छ र सो सर्न्दर्भमा भारतीय रेलले आफ्नो पर्ूवाधार विकास गरेन भने नेपालमा आउने मालसामानमा अवरोध उत्पन्न हुन सक्ने भएकोले भारतीय रेल र पैठारीकर्ता दुवैले आ-आफ्नो क्षमता विकास गरेर मेटेरियल हैण्डलिङ्ग इक्विपमेन्ट थप्नु पर्ने आवश्यकता रहेको कुरा अध्यक्ष सिकरियाले भन्नुभयो।
सो अवसरमा रक्सौल रेल्वे स्टेशनमा उत्तर तिरबाट प्रवेशको लागि आकाशेपुल निर्माण गर्ने, इण्डियन आयल निगमको डिपो निरको ढाला फाटकमा आकाशेपुल निर्माण गर्ने आदि विषयमा पनि भारतीय रेलका प्रबन्धकले छिट्टै नै सो निर्माण कार्य पूरा गर्ने आश्वासन समेत दिनु भएको छ। रक्सौल स्टेशनमा रेलवे सहजीकरणको लागि गठित हुने समन्वय समितिमा नेपाली उपभोक्ताहरुको प्रतिनिधित्व गराउनुपर्ने सल्लाह प्रति समेत भारतीय रेल प्रबन्धक सकारात्मक रहेको बुझिएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।