Skip to main content

Posts

मन्त्री करिमा बेगमले प्रजिअको मुख चिथोरिन्

वीरगंज, २४ कार्तिक । कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई भ्रमणको बेला थोत्रो गाडी दिएर अपमान गरेको भन्दै मन्त्री बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीको मुख चिथोर्नुको साथै हातपात गरी चश्मा फुटाइदिएकी छन्। आज बिहान जिल्ला प्रशासन कार्यालयमा दलबलसहित पुगेकी मन्त्री बेगमले सोही निहुं खोजेर मेरो अपमान किन गरिस् भन्दै मुख चिथोर्न पुगेकी हुन्। जिल्ला भ्रमणको बेला सवारीसाधन मांग गर्दा प्रजिअले थोत्रो गाडी उपलब्ध गराएपछि बेगमले आक्रोशित भएकी हुन्। घटनापछि प्रजिअले सिधै गृहमन्त्रीलाइ फोन गरी जानकारी गराएका थिए भने ज्रि्रका पर्साको कामकाज ठप्प भएको छ।

अंग्रेजी भाषाको प्रभाव बढाउन खोजिएको आरोप

बीरगंज कार्तिक २४। नेपालमा अंग्रेजी भाषाको प्रभाव विस्तार गर्न साम्राज्यवादी शक्तिहरुलेे ठूलो लगानी गरिरहेको आरोप लगाउंदै राष्ट्रिय भाषाहरुको संरक्षण मञ्चका अध्यक्ष उमेश प्रसाद गुप्ताले एक विज्ञप्ति जारी गर्नु भएको छ। विज्ञप्तिमा उच्च शिक्षा प्राप्त गर्न अंग्रेजी भाषाको अनिवार्यताको कारण राष्ट्रिय भाषाहरुको विकास बाधित भएको धारणा व्यक्त गरिएको छ। अंग्रेजी भाषामा उच्च शिक्षा दिने नीतिका कारण नै नेपाल सरकारले ठूलो धनराशी खर्च गरेर शिक्षित बनाएका युवकहरु शिक्षा प्राप्त गरी सके पश्चात् विदेश पलायन भइरहेका छन्। संविधान सभाबाट नयाँ बन्ने संविधानमा अंग्रेजीलाई कुनै स्थान दिइयो सबै राष्ट्रिय भाषा भाषीहरुले ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ। प्रत्येक नेपालीले राष्ट्र भाषा नेपालीमा उच्चतम शिक्षा प्राप्त गर्ने अवसर पाउने मौलिक अधिकार नयां संविधानमा उल्लेख गरिनु पर्ने मांग समेत गरिएको छ। सरकारले राष्ट्रिय भाषाहरुमा पाठ्य पुस्तक विकसित गर्न विशेष परियोजना चलाउनु पर्ने मांग समेत विज्ञप्तिमा गरिएकोे छ। अंग्रेजी विश्व भाषा हो भन्ने भ्रम गलत हो र विश्वमा सबैभन्दा बढी बोलिने र बुझिने भाषाम...

वीरगंज र काभ्रेमा दुर्घटना दुइ जना घाइते

वीरगंज, २४ कार्तिक । वीरगंज र काभ्रेमा दुर्घटनामा परी दुइ मोटरसाइकल चालक घाइते भएका छन्। आज बिहान बीरगंज -१७ स्थित प्रतिमा चोकमा रोकी राखेको ना.२प २९६७ नं.को मोटरसाइकललाई ना.३ख ६८३८ नं.को कन्टेनरले व्याक गर्ने क्रममा ठक्कर दिएपछि मोटरसाइकल चालक घाइते भएका छन्। घाइतेको नाम, थर खुल्न नसकेपनि उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यसैगरी बिहान ११ः३५ बजे काभ्रेको नासिका-१ नजिकै बा.३४प ६११ नं.को मोटरसाइकलको ठक्करबाट पैदल यात्री सिन्धुपाल्चोक सांगाचोक-२ बस्ने सन्देश तामाङ घाइते भएका छन्। उनको बनेपा स्थित शेर मेमोरियल अस्पताल पठाइएको छ भने मोटरसाइकल चालक मोटरसाइकल छाडेर फरार छन् ।

प्रहरीको विरुद्ध सडक अवरुद्ध

महोत्तरी, २४ कार्तिक । गत कार्तिक ७ गते प्रहरीलाइ कुटपिट गरेको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेपछि सोको विरोधमा नेकपा माओवादीद्वारा बर्दिवास जलेश्वर सडकखण्ड अवरुद्ध गरेका छन्। आज बिहान इलाका प्रहरी कार्यालय गौशालाबाट गस्तीमा गएको टोलीले कुटपिट तथा तोडफोड संलग्न व्यक्तिहरुमध्ये औरही-१ बस्ने राजाराम यादवलाई औरही चोकबाट पक्राउ गरेको हो। घटनाको विरोधमा आज बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीमा नेकपा माओवादीका कार्यकर्ता विनोद पंजियारको नेतृत्वमा रहेको समूहले औरही चोकमा ढुंगामुढा थुपारी टायर बालेर सो सडकखण्ड अवरुद्ध गरेका हुन्।

आन्दोलनको एक सय दिनमा चियापान कार्यक्रम

वीरगंज, २३ कार्तिक । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजका आन्दोलनरत कर्मचारीले विभिन्न ३ सूत्रीय मांग राखी आन्दोलन गर्दै आएकोमा आज एक सय दिन पुगेको अवसरमा चियापान कार्यक्रम गरेको छ। आज बिहान एवं अखिल नेपाल स्वास्थ्य श्रमिक संघ इकाइ नेशनल मेडिकल कलेजमा आबद्ध आन्दोलन कर्मचारीले अस्पतालको मूलगेटमा चियापान कार्यक्रमको आयोजना गरेको हो। उनीहरुले निष्काशित कर्मचारीहरुलाई निर्सत पूर्ण बहाली, माघ २४ गते भएको सहमति लागू र शान्ति सुरक्ष्ँाको ग्यारेण्टीको मांग गर्दै आन्दोलनमा उत्रिएका हुन्। तस्बिर- जीवनलाल श्रेष्ठ

गैडाको आक्रमणबाट दुइ घाइते

वीरगंज, २३ कार्तिक । जंगली गैडाको आक्रमणबाट खेतमा जांदै गरेको दुइ र्सवसाधारण घाइते भएका छन्। आज बिहान ५ बजे पर्साको उदयपुर घुर्मी-९ नजिकै गैडाको आक्रमणमा परी दशौली टोल बस्ने कलौटी देवी तत्मा र जंग बहादुर तत्मा घाइते भएका हुन्। घाइते दुवैको ना.उ.क्षे.अस्पताल, वीरगंजमा उपचार भइरहेको छ।

मोटरसाइकलको ठक्करबाट वृद्धा घाइते

वीरगंज, २३ कार्तिक । मोटरसाइकलको ठक्करबाट एक वृद्धा घाइते भएकी छन्। आज बिहान पौने ६ बजे वीरगंजको वडा नं. १७ गण्डक चोक नजिकै ना.३ प ९८०६ नं.को मोटरसाइकलको ठक्करबाट वीरगंज- १७ बस्ने ५० वर्षीया अफरीजा खातुन घाइते भएकी हुन्। उनको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्राप्त जानकारीमा उल्लेख छ।