Skip to main content

अंग्रेजी भाषाको प्रभाव बढाउन खोजिएको आरोप

बीरगंज कार्तिक २४। नेपालमा अंग्रेजी भाषाको प्रभाव विस्तार गर्न साम्राज्यवादी शक्तिहरुलेे ठूलो लगानी गरिरहेको आरोप लगाउंदै राष्ट्रिय भाषाहरुको संरक्षण मञ्चका अध्यक्ष उमेश प्रसाद गुप्ताले एक विज्ञप्ति जारी गर्नु भएको छ। विज्ञप्तिमा उच्च शिक्षा प्राप्त गर्न अंग्रेजी भाषाको अनिवार्यताको कारण राष्ट्रिय भाषाहरुको विकास बाधित भएको धारणा व्यक्त गरिएको छ। अंग्रेजी भाषामा उच्च शिक्षा दिने नीतिका कारण नै नेपाल सरकारले ठूलो धनराशी खर्च गरेर शिक्षित बनाएका युवकहरु शिक्षा प्राप्त गरी सके पश्चात् विदेश पलायन भइरहेका छन्। संविधान सभाबाट नयाँ बन्ने संविधानमा अंग्रेजीलाई कुनै स्थान दिइयो सबै राष्ट्रिय भाषा भाषीहरुले ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ। प्रत्येक नेपालीले राष्ट्र भाषा नेपालीमा उच्चतम शिक्षा प्राप्त गर्ने अवसर पाउने मौलिक अधिकार नयां संविधानमा उल्लेख गरिनु पर्ने मांग समेत गरिएको छ। सरकारले राष्ट्रिय भाषाहरुमा पाठ्य पुस्तक विकसित गर्न विशेष परियोजना चलाउनु पर्ने मांग समेत विज्ञप्तिमा गरिएकोे छ।

अंग्रेजी विश्व भाषा हो भन्ने भ्रम गलत हो र विश्वमा सबैभन्दा बढी बोलिने र बुझिने भाषामा पहिलो स्थान चीनिया भाषाको रहेको छ। चाइनिज, रसीयन, कोरियन, जापानी, फ्रेंच आदि यस्ता थुप्रै भाषा छन जस्मा सम्बन्धित सरकारहरुले आफना नागरिकहरुलाई उच्च शिक्षा प्रदान गरी रहेका छन। नेपाली भाषाले प्रयोग गर्ने देवनागरी लिपी विश्वकै सबैभन्दा वैज्ञानिक र सम्भवतः अधिक प्रयोग हुने लिपी रहेको छ। देवनागरी लिपी प्रयोग गर्ने संस्कृतनिष्ठ भाषाहरु बीच द्वन्द बढाउन समेत विदेशी गैससहरु सक्रिय रहेकोले उनीहरुको कुचेष्टा प्रति जागरुक रहने आवश्यकता छ। नेपाली, भोजपुरी, हिन्दी, मैथली, मराठी, बंगाली, उर्दु, आदि एकै परिवारका भाषा हुन र हाम्रो शब्दकोष र व्याकरण करीब करीब समान भएकोले हाम्रो गन्तव्य एकै दिशामा लक्षित छ। हामी बीच द्धन्द आत्मघाती छ र साम्राज्यवादी शक्तिहरुले षडयन्त्रपर्ुवक हामी बीच झगडा लगाउने काम गरी रहेका छन।

अंग्रेजी भाषा सिक्न गाउँले ग्रामीण युवकहरुलाई ठूलो कठिनाई हुने गरेको छ र यस कारण राम्रो मष्तिष्क भएका नेपालीहरु उचित अवसर पाउनबाट वञ्चित भइरहेका छन्। हालसालै वीरगंजमा अंग्रेजी भाषा सम्बन्धी एक सम्मेलन भएको थियो। देशमा अंग्रेजी भाषाको भाषिक उपनिवेश खडा गर्न विभिन्न कामहरु भइरहेका छन। देशका शिक्षा नीति निर्माताहरुको विदेश परस्त नीतिका कारण नेपालीहरुको भविष्य अन्धकारमय बन्ने देखिएकोले बौद्धिक वर्गलाई साम्राज्यवादी शक्तिहरुले अंग्रेजीको प्रभाव बढाउन खोजेको कुरा प्रति सचेत गर्न राष्ट्रिय भाषाहरुको संरक्षण मञ्च सक्रिय भएको कुरा पनि विज्ञप्तिमा भनिएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।