Skip to main content

Posts

देशभरका सम्पुर्ण सरकारी कार्यालय बन्द

वीरगंज, २५ कार्तिक। कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात गरेको विरोधमा आज देशभरका सम्पुर्ण सरकारी कार्यालय बन्द भएका छन्। नेकपा माले पर्सा, नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामति राष्ट्रिय समिति, नेपाल निजामति कर्मचारी संगठन पर्सा, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, स्थानीय निकाय कर्मचारी संघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति, नेपाल निजामति कर्मचारी युनियन पर्सा, मधेशी निजामति कर्मचारी पर्सा, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाइ समिति पर्सा, राष्ट्रिय स्वतन्त्र निजामति कर्मचारी पर्साले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा मन्त्री बेगमलाई कारबाही नभएमा देशभरको सम्पूर्ण सरकारी कार्यालयहरु अनिश्चितकालको लागि बन्द गरिने घोषणा गरेको उल्लेख छ। उता मन्त्री बेगमले एक पत्रकारमा बोल्दै प्रमुख जिल्ला अधिकारी भण्डारीले लगाएको आरोप गलत रहेको बताएकी छन्। उनले जिल्ला प्रमुख भएर मन्त्री सांसदको फोन नउठाउने, सा“झ परेपछि रेष्टुरेण्टमा गइ मदिरापान गर्ने, आप\mनो क्ष्ँेत्रमा सुरक्ष्ँा व्यवस्था दरिल...

भाइले दाजुलाइ धारिलो हतियार प्रहार गरे

महोत्तरी, २५ कार्तिक । भाइले दाजुलाइ धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लक्ष्मीनिया-७ क्रान्तिबजार निवासी श्याम शर्मा रहेका छन्। गए राति ११ः४५ बजे लक्ष्मीनिया-७ क्रान्ति बजार निवासी रामशरण ठाकुर शर्मा बरहीको छोरा ३५ वर्षीय श्यामले आफनो दाजु कपिल देवलाइ सुतिरहेको अवस्थामा घांटीमा धारीलो हतियार प्रहार गरेका हुन्। गम्भीर घाइते कपिलदेवको स्थानीय मेडिकलमा प्राथमिक उपचार पश्चात गए राति ३ः३० बजे धरान तर्फपर्ठाईएको प्रहरीले जनाएको छ ।

आठ जना तिब्बतीयन नागरिक पक्राउ

सिन्धुपाल्चोक, २५ कार्तिक । नेपाल प्रहरीले ८ जना तिब्बतीयन नागरिकलाइ नियन्त्रणमा लिएको छ। आज बिहान ७ बजे बाह्रबिसे-१ स्थित खागदल खोलामा प्रहरीको गस्ती टोलीले बिना राहादानी ५ जना तिब्बतीयन नागरिकलाइ नियन्त्रणमा लिएको छ भने कदमबास-७ स्थित भैसे भन्ने स्थानमा ४ जना तिब्बतियन नागरिकलाई नियन्त्रणमा लिइ अध्यागमन कार्यालय काठमाण्डौमा बुझाएको प्राप्त जानकारीमा उल्लेख छ।

पर्सामा बम र गोली प्रहार, दुइ घाइते

वीरगंज, २५ कार्तिक । पर्साको वीरगंजमा बम भेटिएको छ भने धोरे गाविसमा गोली लागि दुइजना घाइते भएका छन्। आज बिहान ७ बजे वीरगंज-१९ नगवा निवासी बाबुलाल कुर्मीको घरको ढोकैमा फेला परेको सकेट बम सशस्त्र प्रहरीले बिहान ८ः३० बजे डिष्पोज गरेको थियो। यसैगरी गए राति ८ बजे धोरे-२ निवासी कामदेव पटेलले चलाएको गोली लागि सोही ठाउं बस्ने बर्ष ४५ को ब्रम्हदेव पटेल र सुरेन्द्र महतो घाइते भएका छन्। गोली चलाउने कामदेवलाइ प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ। दुवै घाइतेको वीरगंजस्थित नाउक्षे अस्पतालमा उपचार भइरहेको छ भने सुरेन्द्र महतोको अवस्था गम्भीर रहेको प्राप्त जानकारीमा उल्लेख छ।

ऐतिहासिक गढीमाई मेला आजदेखि सुरू

बारा, २५ कार्तिक । ऐतिहासिक गढीमाईको मेला यही कार्तिक २५ गते अर्थात् बुधवारदेखि सुरू हुंदैछ। मेलाको तयारी भइरहेको तथा यसपालिको मेलाको चहलपहल बढ्दै गएको प्राप्त समाचारमा उल्लेख छ। मेलामा भारतबाट खेल तमाशाहरू आइपुगेका छन्। भारत लगायत नेपालको विभिन्न स्थानबाट गढीमाइको दर्शन गर्न भक्तजनहरू आउने क्रम जारी छ। गढीमाइ मन्दिरका मूल पूजारी मंगल चौधरीका अनुसार गढीमाइ दर्शनको लागि दिनहुं दर्शनार्थीहरूको घुंइचो लाग्ने गरेको बताउनुभयो। पूजारी चौधरीका अनुसार यसपालिको मेला भव्य हुने र दर्शनार्थीहरू पनि विगत वर्षो तुलनामा बढी आउने आशा गरेका छन्। पूजारी चौधरीसंग एक प्रश्नमा उहांले भन्नुभयो बलि कुनै पनि हालतमा रोकिदैन। किनकि बलिले नै गढीमाईलाई विश्वमा चर्चित बनाएको छ। त्यसैले म ठोकुवा गर्छर्ुुक रामबहादुर बम्जन -तपस्वी)ले बलि रोक्न सक्दैन र रोक्ने शक्ति पनि छैन। यता रामबहादुर बम्जन -तपस्वी)ले पटक पटक बलि रोक्ने चेतावनी दिंदै आइरहेका छन्। मेलाको सुरक्ष्ँाको लागि मेला समितिले स्वयंसेवक धेरै मात्रामा परिचालन गरेको छ। नेपाल सरकारबाट सक्दो सहयोग हुने हिजो मन्त्री मण्डलको बैठकमा गृहमन्त्री भीम रावलले बताउनुभएको...

मन्त्री करिमा बेगमले प्रजिअको मुख चिथोरिन्

वीरगंज, २४ कार्तिक । कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई भ्रमणको बेला थोत्रो गाडी दिएर अपमान गरेको भन्दै मन्त्री बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीको मुख चिथोर्नुको साथै हातपात गरी चश्मा फुटाइदिएकी छन्। आज बिहान जिल्ला प्रशासन कार्यालयमा दलबलसहित पुगेकी मन्त्री बेगमले सोही निहुं खोजेर मेरो अपमान किन गरिस् भन्दै मुख चिथोर्न पुगेकी हुन्। जिल्ला भ्रमणको बेला सवारीसाधन मांग गर्दा प्रजिअले थोत्रो गाडी उपलब्ध गराएपछि बेगमले आक्रोशित भएकी हुन्। घटनापछि प्रजिअले सिधै गृहमन्त्रीलाइ फोन गरी जानकारी गराएका थिए भने ज्रि्रका पर्साको कामकाज ठप्प भएको छ।

अंग्रेजी भाषाको प्रभाव बढाउन खोजिएको आरोप

बीरगंज कार्तिक २४। नेपालमा अंग्रेजी भाषाको प्रभाव विस्तार गर्न साम्राज्यवादी शक्तिहरुलेे ठूलो लगानी गरिरहेको आरोप लगाउंदै राष्ट्रिय भाषाहरुको संरक्षण मञ्चका अध्यक्ष उमेश प्रसाद गुप्ताले एक विज्ञप्ति जारी गर्नु भएको छ। विज्ञप्तिमा उच्च शिक्षा प्राप्त गर्न अंग्रेजी भाषाको अनिवार्यताको कारण राष्ट्रिय भाषाहरुको विकास बाधित भएको धारणा व्यक्त गरिएको छ। अंग्रेजी भाषामा उच्च शिक्षा दिने नीतिका कारण नै नेपाल सरकारले ठूलो धनराशी खर्च गरेर शिक्षित बनाएका युवकहरु शिक्षा प्राप्त गरी सके पश्चात् विदेश पलायन भइरहेका छन्। संविधान सभाबाट नयाँ बन्ने संविधानमा अंग्रेजीलाई कुनै स्थान दिइयो सबै राष्ट्रिय भाषा भाषीहरुले ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ। प्रत्येक नेपालीले राष्ट्र भाषा नेपालीमा उच्चतम शिक्षा प्राप्त गर्ने अवसर पाउने मौलिक अधिकार नयां संविधानमा उल्लेख गरिनु पर्ने मांग समेत गरिएको छ। सरकारले राष्ट्रिय भाषाहरुमा पाठ्य पुस्तक विकसित गर्न विशेष परियोजना चलाउनु पर्ने मांग समेत विज्ञप्तिमा गरिएकोे छ। अंग्रेजी विश्व भाषा हो भन्ने भ्रम गलत हो र विश्वमा सबैभन्दा बढी बोलिने र बुझिने भाषाम...