Skip to main content

देशभरका सम्पुर्ण सरकारी कार्यालय बन्द


वीरगंज, २५ कार्तिक। कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात गरेको विरोधमा आज देशभरका सम्पुर्ण सरकारी कार्यालय बन्द भएका छन्।
नेकपा माले पर्सा, नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामति राष्ट्रिय समिति, नेपाल निजामति कर्मचारी संगठन पर्सा, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, स्थानीय निकाय कर्मचारी संघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति, नेपाल निजामति कर्मचारी युनियन पर्सा, मधेशी निजामति कर्मचारी पर्सा, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाइ समिति पर्सा, राष्ट्रिय स्वतन्त्र निजामति कर्मचारी पर्साले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा मन्त्री बेगमलाई कारबाही नभएमा देशभरको सम्पूर्ण सरकारी कार्यालयहरु अनिश्चितकालको लागि बन्द गरिने घोषणा गरेको उल्लेख छ।
उता मन्त्री बेगमले एक पत्रकारमा बोल्दै प्रमुख जिल्ला अधिकारी भण्डारीले लगाएको आरोप गलत रहेको बताएकी छन्। उनले जिल्ला प्रमुख भएर मन्त्री सांसदको फोन नउठाउने, सा“झ परेपछि रेष्टुरेण्टमा गइ मदिरापान गर्ने, आप\mनो क्ष्ँेत्रमा सुरक्ष्ँा व्यवस्था दरिलो पार्न असक्षम रहेको र सिडिओले आफूलाई औंला देखाएको कारण कुटेको संचारकर्मीहरुलाई बताएकी छन् । मन्त्री बेगमले आफूले गरेको क्रियाकलापप्रति कुनै खेद नरहेको भन्दै सम्पूर्ण सरकारी कार्यालयका कर्मचारीहरुले बन्द फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी समेत दिएकी छन्। उनले कार्यालय प्रमुखहरुले गर्ने भ्रष्टाचारको जरो उखाल्न सशक्त रुपले अगाडि बढ्ने पत्रकार सम्मेलनमा बताएकी छन्।
आफूलाई एयरपोर्टमा लिन थोत्रो गाडी पठाएको भन्दै राज्यमन्त्री बेगमले प्रजिअ भण्डारीलाई चार थप्पड हानेकी हुन्। प्रजिअको गालामा घाउ लागेको र चश्मा फुटेको छ।
प्रजिअ माथि हातपात गरेको लगत्तै स्थानीय संचारकर्मीहरुसंग मन्त्री बेगमले भनिन् म मन्त्री हु, पहिले मन्त्रीको आदेश नमान्ने सिडिओलाई कारबाही हुनर्ुपर्छ, अनि मात्र मैले गल्ती गरेकी छु कि छैन त्यो बहसको कुरा हुन्छ। प्रजिअ भण्डारीले म मन्त्रीको स्वागतमा तयार हुंदै थिए, मेरो कुरै नसुनेर एकैपटक हातपात गर्नुभयो भनेका छन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।