Skip to main content

Posts

मन्त्री बेगमको समर्थनमा रयाली

वीरगंज, २७ कार्तिक । कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगममाथि लगाइएको मुद्दा खारेजीको मांग गर्दै मधेशी जन अधिकार फोरम नेपाल -लोकतान्त्रिक) पर्साले शान्ति तथा सदभाव र्‍याली प्रदर्शन गरेको छ। आज वीरगंजको घण्टाघरबाट निस्किएको रयालीले प्रमुख जिल्ला अधिकारीविरुद्ध चर्को नाराबाजी गर्दै रयाली प्रदर्शन गरेका हुन्। रयालीमा मधेशी महिला, दलित, जनजाति, आदिवासीलाई सम्मान गर, महिला जनप्रतिनिधिमाथिको दुरब्यवहार बन्द गर, झूटो मुद्दा खारेज गर, सम्प्रदायिक जनविरोधी कार्यलाई बर्खास्त गर लगायतको नारा लगाइएको थियो।

जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा त्रिजुद्ध मावि प्रथम

वीरगंज, २७ कार्तिक । जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा त्रिजुद्ध मावि वीरगंज प्रथम भएको छ । आज वीरगंजको नेराउमाविमा सम्पन्न जुनियर रेडक्रस र्सकल नेराउमाविद्वारा आयोजित जिल्लास्तरीय प्रतियोगितामा दोश्रो स्थानमा सिर्द्धार्थ मावि र तृतीय स्थान नेराउमावि र सान्तवना पुरस्कार नेपाल रेलवे माविले पाउन सफल भएको छ। प्रतियोगितामा नृत्य समेत प्रस्तुत गरिएको थियो।

विभेद र बोक्सी प्रथाबारे छलफल

वीरगंज, २७ कार्तिक । सामाजिक विभेद र बोक्सीप्रथाबारे आज एक होटलमा संयुक्त राष्ट्र संघका नेपाल स्थित प्रतिनिधि र मानव अधिकारकर्मीबीच छलफल सम्पन्न भयो। संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालय जनकपुर शाखाका अलेक्जेण्डर र विक्रम तुलाधर, बारा र पर्साका मानव अधिकारकर्मीहरुका बारेमा विभेद र बोक्सीप्रथाबारे छलफल भएको थियो।

राजधानी दैनिकमा आन्दोलन

काठमाडौं, २७ कार्तिक। राजधानी दैनिकका पत्रकार जन्मदेव जैसीलाई निलम्बन गरेको विरोधमा नेपाल पत्रकार महासंघ उपत्यकास्तरीय संघर्ष समितिले सो दैनिकको मूलगेटमा राखेको ब्यानर संस्थाका कार्यकारी अधिकृत डोलेन्द्र थापाले टुक्रा-टुक्रा पारी च्यातेर फालेका छन्। मलाई डोलेन्द्र सरले ब्यानरको छेउमा उभिएर च्यात्न लाउनुभयो, राजधानी दैनिकका एक कर्मचारीले सेक्युरिटी गार्ड चन्द्रबहादुर श्रेष्ठलाई उद्धृत गर्दै भने। गार्ड श्रेष्ठले मलाई त अह्राको गर्नैपर्‍यो के गर्नु र भनेको ती कर्मचारीले बताए। थापाको सो कार्यशैलीको नेपाल पत्रकार महासंघ उपत्यका स्तरीय संघर्ष समितिले भत्र्सना गरेको छ। समितिका संयोजक गोविन्द चौंलागाईंले निलम्बन फुकुवा एवं करारपत्र खारेजीका लागि सांकेतिक विरोध स्वरूप झुन्डयाइएको सो ब्यानर जिम्मेवार व्यक्तिबाट च्यातिनुले व्यवस्थापन पूरै गैरजिम्मेवार भएको जनाएको बताए। व्यवस्थापनको यो रवैयाबाट महासंघ कडा संर्घष्ामा उत्रिन बाध्य भएको छ, संयोजक चौंलागाईंले चेतावनी दिँदै भने, आन्दोलनबाट सिर्जित सम्पर्ूण्ा परिणाम स्वयं व्यवस्थापन पक्ष नै हुनेछ। बिहीबारमात्र सो संर्घष्ा समितिले राजधानी दैनिकक...

महोत्तरी, रौतहट र काभ्रेमा धारिलो हतियार प्रहारबाट तीनजना घाइते

वीरगंज, २७ कार्तिक। लेबर लिन आएका एक भारतीय नागरिक धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका छन्। गए राति १२ बजे महोत्तरीको लक्ष्मीनिया-७ मा रहेको धान खेतमा धारिलो हतियार प्रहारबाट भारतको कलकता घर बताउने शक्ति दास घाइते भएका छन्। सर्लाही बाँके घर बताउने र हाल भारतको तमिलनाडुको कृष्ण टेक्सटायलमा काम गर्ने निता मेहता र फयाक्ट्री मेनेजर शक्ति दास लेबर लिन भनि निताको घरमा आएपछि निताको पति प्रदिप कुमार मेहता र देवर हिरालाल मेहताले शक्तिमाथि आक्रमण गरी घाइते बनाएको हो। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचार भइरहेको छ भने हतियार प्रहार गर्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। त्यसैगरी गए राति ८ बजे रौतहटको जिङडिवा बेलविछुवा-२ बस्ने झगरु महत्तोको छोरी १८ वर्षीया प्रभा देवीलाई सोही ठाउँ बस्ने प्रभु महत्तोले कुटपिट गरी घाइते बनाएको छ। घाइते प्रभाको गौर अस्पतालमा उपचार भइरहेको छ भने प्रभु फरार रहेको प्रहरीले जनाएको छ। आपसी लेनदेनको विषयमा छिमेकीको धारिलो हतियार प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। गए राति काभे्र सरसुखर्क-४ बस्ने २३ वर्षीय भिम तामाङले बर्ष ३० क...

बारा र मकवानपुरमा दुर्घटना

वीरगंज, २७ कार्तिक। बारा, र मकवानपुरमा सडक दुर्घटना हुंदा दुइजना घाइते भएका छन्। आज बिहान वीरगंज-कलैया सडकखण्डको बाराको भलुही-३ नजिकै ना.१प ८४०१ नं.को मोटरसाइकलले ना.४प १२७७ नं.को मोटरसाइकललाई ठक्कर दिंदा फेटा-१ बस्ने २५ वर्षीय दिनेश पटेल गम्भीर घाइते भएका छन्। घाइतेको नाउक्षे अस्पतालमा उपचार भइरहेको छ। यसैगरी आज बिहान मकवानपुरको मनहरी-३ रमनटारनजिकै नारायणगढ तर्फजाँदै गरेको बा.२७प ५७९३ नं.को मोटरसाइकलले सोही ठाउँ बस्ने बर्ष १४ की बिमला सुनुवारलाई ठक्कर दिंदा र्घाईते भई उपचारको लागि भरतपुर पर्ठाईएको छ भने मोटरसाइकल चालक मोटरसाइकल छाडेर फरार छन्।

नेपाल-भारत सिमा नजिकै लाश

सर्लाही, २७ कार्तिक। नेपाल-भारतको सीमा नजिकै एक वेवारिसे शव फेला परेको छ। आज बिहान साढे ९ बजे सीमाभन्दा १५० मिटर टाढा नेपालको धानखेतमा बेवारिसे अवस्थामा तराइमूलको जस्तो देखिने करिब २३ वर्षीय युवकको शव फेला परेको हो। मृतकको नाम, थर खुल्न नसकेको प्रहरीले जनाएको छ।