Skip to main content

राजधानी दैनिकमा आन्दोलन

काठमाडौं, २७ कार्तिक। राजधानी दैनिकका पत्रकार जन्मदेव जैसीलाई निलम्बन गरेको विरोधमा नेपाल पत्रकार महासंघ उपत्यकास्तरीय संघर्ष समितिले सो दैनिकको मूलगेटमा राखेको ब्यानर संस्थाका कार्यकारी अधिकृत डोलेन्द्र थापाले टुक्रा-टुक्रा पारी च्यातेर फालेका छन्।
मलाई डोलेन्द्र सरले ब्यानरको छेउमा उभिएर च्यात्न लाउनुभयो, राजधानी दैनिकका एक कर्मचारीले सेक्युरिटी गार्ड चन्द्रबहादुर श्रेष्ठलाई उद्धृत गर्दै भने। गार्ड श्रेष्ठले मलाई त अह्राको गर्नैपर्‍यो के गर्नु र भनेको ती कर्मचारीले बताए। थापाको सो कार्यशैलीको नेपाल पत्रकार महासंघ उपत्यका स्तरीय संघर्ष समितिले भत्र्सना गरेको छ। समितिका संयोजक गोविन्द चौंलागाईंले निलम्बन फुकुवा एवं करारपत्र खारेजीका लागि सांकेतिक विरोध स्वरूप झुन्डयाइएको सो ब्यानर जिम्मेवार व्यक्तिबाट च्यातिनुले व्यवस्थापन पूरै गैरजिम्मेवार भएको जनाएको बताए।
व्यवस्थापनको यो रवैयाबाट महासंघ कडा संर्घष्ामा उत्रिन बाध्य भएको छ, संयोजक चौंलागाईंले चेतावनी दिँदै भने, आन्दोलनबाट सिर्जित सम्पर्ूण्ा परिणाम स्वयं व्यवस्थापन पक्ष नै हुनेछ।
बिहीबारमात्र सो संर्घष्ा समितिले राजधानी दैनिकको मूलगेटमै तीन सूत्रीय मांग राखी कालो ब्यानर राखेको थियो। संर्घष्ा समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सचिव पर्ूण्ा वराइलीको नेतृत्वमा सो ब्यानर राखिएको थियो।
पत्रकार जैसीलाई बिना र्सत तत्काल निलम्बन फुकुवा गर्नुपर्ने, जबर्जस्ती वितरण गरिएको करारपत्र खारेज गरी काम सुरु गरेको मितिदेखिको स्थायी नियुक्तिपत्र प्रदान गर्नुपर्ने र श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयन गर्नुपर्ने माग राखी समितिले सांकेतिक आन्दोलन सुरु गरेको हो।
समितिका सदस्य वराइलीले ब्यानर च्यात्नुले वार्ता र संवादको सट्टा समस्यालाई झन् चर्काउने व्यवस्थापनको नियत प्रस्ट भएको बताए।
यसैबीच, पत्रकार जैसीको निलम्बन विनार्सत फुकुवा हुनुपर्ने भन्दै राजधानी दैनिकमा कार्यरत कर्मचारी, पत्रकार एवं मजदुरहरूले पनि संर्घष्ामा जाने बताएका छन्।
उनीहरूले प्रचारात्मक आन्दोलनको सुरुवातका लागि राजधानी दैनिकको कार्यालयमा भित्तेलेखन, पर्चा पम्पलेट टाँस्ने, कालो झन्डा पर््रदर्शन गर्नेलगायतका कार्यक्रमहरू पनि तय गरिसकेका छन्। त्यस्तै, लेखाशाखामा कार्यरत सहलेखापाल राजिन पोखरेललाई बिनाकारण निष्कासित गरेको भन्दै कर्मचारीहरूले उनको तत्काल पर्ुनर्वहालीको मागसमेत गरेका छन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...