Skip to main content

Posts

सिमराबाट आउने ट्याक्सी रेट निर्धारणको माग

वीरगंज, ३ मंसिर। वीरगंज नगरको लागि प्रयोग हुने विमानस्थल सिमरा हो। वीरगंज नगरबाट सिमराको दुरी करिब २० कि.मि. रहेकोले पर्यटक तथा यात्रुहरुलाई अवतरण पश्चात् आफ्नो गन्तव्यमा पुग्न ट्याक्सी वा अन्य साधन चाहिने हुन्छ। हाल पर्यटक एवं आम यात्रुहरुलाई सिमरा विमानस्थलबाट वीरगंज जानका लागि ट्याक्सी भाडा गर्न खोज्दा सार्‍है कठिनाईको सामना गरि रहनु परेको कुरा यात्रुहरुले बताएका छन्। ट्याक्सीको भाडा सिण्डिकेट प्रणाली अर्न्तर्गत निर्धारित गरिएकोले वीरगंज आउनका लागि यात्रुहरुलाई अप्रत्याशित रुपले बढी भाडा तिर्नु परिरहेको छ। वीरगंजबाट सिमरा पुग्न प्रतिव्यक्ति १५० रुपैयाँ र सिमराबाट वीरगंज आउन २०० रुपैयाँ लिने गरिएको छ। त्यस्तै वीरगंजबाट सिमरा जान ट्याक्सी लिँदा ६०० रुपैयाँ तिर्नु पर्ने हुन्छ। जबकि सिमराबाट वीरगंजको लागि फुल ट्याक्सी लिँदा सिण्डिकेट प्रणालीकै कारण यात्रुबाट १००० रुपैयाँ ठठाउने गरिन्छ। एकतर्फी प्रतिव्यक्ति ट्याक्सी भाडा १०० रुपैया भन्दा बढी नहुनुपर्ने र त्यस्तै दर्ुइ तर्फी फुल ट्याक्सी भाडा रु.६०० निर्धारण गर्ने माग यात्रु वर्गको रहेको छ। सिमराबाट ट्याक्सीको उचित भाडा निर्धा...

मंसिर ५ गते बजेट पारित हुन्छर्-अर्थमन्त्रालयका सल्लाहकार आचार्य

काठमाडौं, ३ मंसिर । अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यले शुक्रबार बजेट पारित हुने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा एकीकृत नेकपा माओवादीको समेत सहमतिमा बजेट पारित हुने बताएका हुन्। 'माओवादी समेतको सहमतिमा यसै हप्ताको शुक्रबार बजेट पारित हुन्छ,' आचार्यले भने,'बजेट पारित गर्ने सहमति भइसकेको छ।' सरकारले सदनबाटै बजेट पारित गराउने बताए। अध्यादेश वा होहल्लाबाट बजेट पारितको विकल्प खोज्ननुनपर्ने बताए। बजेट पारित गर्न माओवादी समेत लचक हुनुलाई सकारात्मक रुपमा लिए। चार महिनासम्म बजेट पारित हुननसक्नुलाई दर्ुभाग्यपर्ूण्ा भने। बजेट कुनै एक दलको मात्र नभएर आम नेपाली जनताको भएकाले खेलवाड गर्न नहुने बताए। बजेट पारित नहुँदा अर्थतन्त्रमा तरलता आएको बताए। तरलताका कारण पछिल्लो समयमा राष्ट्र बैंकले ६ अर्ब रकम बजारमा दिइसकेको बताए। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं अर्थविद डा.डिल्लीराज खनालले बजेट पारित गर्न नदिएर समस्या ल्याउन नियत नरहेको बताए। प्याकेजमा सहमति खोज्नुपर...

चमेरोघारीमा पर्यटक रमाए

भक्तपुर, ३ मंसिर । चमेरो बिश्व कै एकमात्र उड्न सक्ने स्तनधारी हो। उड्ने सक्ने भएकोले यसलाई आम मानिसहरुले पक्षीको रुपमा लिने गर्दछन्। बैज्ञानिकहरुको मतमा भने यो मानिस जस्तै स्तनधारी हो। भक्तपुरको सैनिक स्कुल र दुग्ध बिकास संस्थानको बीचमा रहेको डाँडामा पनि चमेरो घारी रहेको छ। स्थानीय युवाहरुको लागि पहिले देखि डेटिङ स्पट रहदै आएको सो घारीमा कार्तिक २१ गते भने हल्याण्डको एक टोली पर्यटकहरुले रमाइलो गरे। यहाँबाट चार श्रृखला पहाडहरुको पछाडि उपत्यका कै सबैभन्दा अग्लो फुलचोकी डाँडाहरु हेर्दै उनीहरुले नयां अनुभव गरेको कुरा सुनाए। जाडोयाममा घामताप्न चाहने पर्यटकीय गन्तब्यको रुपमा सो डाँडालाई बिकास गर्न सकिने देखेर टेलिट्रान्स नामको ट्राभल कम्पनीका गाइड अनिल गोर्खालीले पर्यटकलाई पहिले पनि घुमाउन ल्याउने गरेको जानकारी गराए। सल्लाको मुढामाथि बसेर हरिया पहाड हर्ेन पाउदा पर्यटक निकै रमाइलो भएको कुरा पर्यटकहरुले भने। नेपाल कै पहिलो ६ लेनको अरनिको राजमार्ग भन्दा करीब एक मिटर उत्तरमा रहेको सो डाँडा भबिष्यमा रिर्र्सोटको रुपमा बिकास गर्न सकिने पर्यटक ब्यबसायीहरुको मत रहेको छ। डाँडामुनि रहेको हनुमन्ते...

दुर्घटनामा चारजना घाइते

बीरगंज, २ कार्तिक । बारा र मकवानपुरमा दुर्घटनामा परी चार जना घाइते भएका छन्। आज बिहान बाराको लिपनीमाल-४ नजिकै बीरगंजबाट पथलैया तर्फआउदै गरेको बा.१झ ५६४९ नं.को कार ना.३ख ४८२० नं.को रोकी राखेको ट्रकमा ठक्कर खाँदा एकजना घाइते भएका छन्। घाइते हुनेमा पराराष्ट्र मन्त्रालय पर्साकार् इन्चार्ज कुमार राज खरेल रहेका छन्। उनको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ । यसैगरी आज बिहान मकवानपुरको भिमफेदी-३ नजिकै कुलेखानीबाट हेटौडा तर्फतरकारी ल्याउदै गरेको ना.४ख १९०१ नं.को मिनीट्रक ६० मिटर तल खस्दा चालक कुलेखानी-१ बस्ने बिशाल लामा, बुद्ध थिङ र जित थिङ र्घाईते भएका छन्। उनीहरुको स्वास्थ्य चौकी भिमफेदीमा उपचार भइरहेको प्राप्त जानकारीमा उल्लेख छ।

बारा र रौतहटबाट चार डांका पक्राउ

वीरगंज, ३ मंसिर । बारामा डांका समूहसंग प्रहरीको भिडन्त भएपछि एकजनालाइ पक्राउ गरेको छ भने रौतहटमा तीन लुटेरालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। गए राति ८ बजे बाराको गन्जभवानीपुर गा.वि.स. स्थित पसाहा खोलाको खरघारीमा लुकेर बसेका ४-५ जना डांका र अस्थायी प्रहरी पोष्ट गन्जभवानीपुरको गस्ती प्रहरी टोलीले दोहोरो गोली हानाहान भएको छ। प्रहरीले जवाफी कारबाही स्वरुप ८ राउन्ड गोली प्रहार गरेपछि एक डांका पक्राउ गरेको छ। यसैगरी गए राति ८ बजे सिराहबाट काठमाण्डौ तर्फजादै गरेको ना.३ख ९१९७ नं.को बसमा चढेका तीनजना लुटेरालाइ प्रहरीले जुडिबेला-९ मा पक्राउ गरी इलाका प्रहरी कार्यालय चपुरमा बुझाएको छ। पक्राउ पर्नेमा सर्लाही कर्मैया-१ बस्ने बर्ष २५ को बिरबहादुर वाइबा, बर्ष २४ को सन्दिप पन्थ र बर्ष २६ को नारायण थापा रहेका छन्। तीनैजनाले बसमा यात्रुलाइ लुटिरहेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
वीरगंज, १ मंसिर । कृषि तथा सहकारी राज्य मन्त्री करिमा बेगमले सरकारको अंग जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाइ चार झापड लगाएर दुव्यर्वहार गरेपछि नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्री बेगमलाइ कारबाही नगर्न निर्देशन दिएपछि पर्साका बुद्धिजीवी, नागरिक समाज तथा न्यायप्रेमीहरु अचम्ममा परेका छन्। यसरी सरकारको न्यायिक अंग तथा गरिमामय पदमा बसेका सिडिओले के त्यस्तो करतुत गरे कि करिमा बेगमलाइ कारबाही भएन, सरकारले राज्यमन्त्री बेगमलाई कारवाही गर्ने आश्वासन दिए पछि कर्मचारीहरूले शनिबार सँंझ देखि आन्दोलन स्थगित गरेपछि आइतवारदेखि यहांका सरकारी कार्यालयको कामकाज सुचारु भएको थियो। पांच दिनभित्रमा सरकारले राज्यमन्त्री बेगमलाई कारबाही नगरे पुनः आन्दोलन थाल्ने कर्मचारी संगठनको चेतावनी हुंदा हुंदै पनि सरकारले मन्त्री बेगमलाइ कारबाही नगरेमा वीरगंज भन्सारका कार्यालय प्रमुखलाइ कुटपिट गर्ने माओवादी -मातृका यादव) का कार्यकर्ता धु्रव यादवलाई पनि कारबाही नगर्नुपर्ने बुद्धिजीवीहरुको राय छ। प्रधानमन्त्री माधबकुमार नेपालले कृषि तथा सहकारी राज्यमन्त्री करिमा ब...

नेपाल विकास बैंकका शेयर धनी तथा निक्षेपकर्ताहरुद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, १ मंसिर । नेपाल विकास बैंकका शेयर धनी तथा निक्षेपकर्ताहरुले आन्दोलनको चेतावनी दिएका छन्। राष्ट्र बैंकले नेपाल विकास बैंकलाई खारेजीको लागि अदालती कारवाही गरेपश्चात पीडित भएका साना निक्षेप कर्ता तथा साना शेयरधनीहरु मर्कामा परेको भन्दै आन्दोलनको चेतावनी दिएको हो। आज राजधानीको रिपोर्र्टर्स क्लबमा नेपाल विकास बैंक पीडित संघले पत्रकार सम्मेलन गरि सो कार्यक्रम घोषणा गरेको हुन्। उनीहरुले र्सवसाधरणको शेयर र निक्षेप कर्ताको रकम फिर्ता नभएकोले आन्दोलनमा उत्रन बाध्य भएको तदर्थ समितिका अध्यक्ष कर्ीर्तिमदन जोशिले जानकारी दिनुभयो। कमर्यक्रममा बोल्दै अध्यक्ष जोशीले यसको लागि हामीले तीन चरणको आन्दोलन घोषणा रेकाछौं। बैंकलाई पून सञ्चाल, र्सवसाधरणको रकम फिर्ता दिने लगायतको माग रहेको बताउनुभयो। हामी यसको लागि नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायलाई ध्यानाकर्षा गर्राई सकेको छौं। पीडितहरु करीव ३२ हजारको संख्यामा रहेको र यस मध्य २७ हजार शेयरहोलडर र ५ हजार निपेक्षप रहेको प्रष्ट पार्नुभयो। नेपाल विकास बैंकको मुद्धा अदालतमा बुधबार सम्ममा फैसला हुने जानकारी प्रेसलाई गराउनुभयो।