Skip to main content
वीरगंज, १ मंसिर । कृषि तथा सहकारी राज्य मन्त्री करिमा बेगमले सरकारको अंग जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाइ चार झापड लगाएर दुव्यर्वहार गरेपछि नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्री बेगमलाइ कारबाही नगर्न निर्देशन दिएपछि पर्साका बुद्धिजीवी, नागरिक समाज तथा न्यायप्रेमीहरु अचम्ममा परेका छन्।
यसरी सरकारको न्यायिक अंग तथा गरिमामय पदमा बसेका सिडिओले के त्यस्तो करतुत गरे कि करिमा बेगमलाइ कारबाही भएन, सरकारले राज्यमन्त्री बेगमलाई कारवाही गर्ने आश्वासन दिए पछि कर्मचारीहरूले शनिबार सँंझ देखि आन्दोलन स्थगित गरेपछि आइतवारदेखि यहांका सरकारी कार्यालयको कामकाज सुचारु भएको थियो।
पांच दिनभित्रमा सरकारले राज्यमन्त्री बेगमलाई कारबाही नगरे पुनः आन्दोलन थाल्ने कर्मचारी संगठनको चेतावनी हुंदा हुंदै पनि सरकारले मन्त्री बेगमलाइ कारबाही नगरेमा वीरगंज भन्सारका कार्यालय प्रमुखलाइ कुटपिट गर्ने माओवादी -मातृका यादव) का कार्यकर्ता धु्रव यादवलाई पनि कारबाही नगर्नुपर्ने बुद्धिजीवीहरुको राय छ।
प्रधानमन्त्री माधबकुमार नेपालले कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई कारबाही नगर्न गृहमन्त्री भीम रावललाई निर्देशन दिनुभएको छ । स्रोतअनुसार कारबाही अघि बढाउँदा सत्तारुढ पार्टीबीचको अन्तरसम्बन्ध र सरकारमा असर पर्ने भएकोले तत्काल केही नगर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । बेगमलाई कारबाही गर्न एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए भने फोरमका केही नेताहरुले नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका थिए । कारबाहीका लागि मन्त्रालयभित्रैबाट र अन्य निजामति संघ/संगठनबाट दबाब बढ्दै गएपछि गृहमन्त्री रावलले परामर्श गर्दा प्रधानमन्त्रीबाट कारबाही नगर्न निर्देशन आएको स्रोतले जनाएको छ । राज्यमन्त्रीलाई कारबाहीको सट्टा उल्टै पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई काठमाडौं झिकाएको छ । भण्डारीलाई पर्सामै रहँदा बेगममाथि कारबाहीको दवाव बढ्दै जाने देखेपछि उहाँलाई काठमाडौं झिकाइएको स्रोतले बतायो । मौखिक आदेशमा शनिबार काठमाडौं बोलाइएका भण्डारीले आइतबार मन्त्रालयमा हाजिर गरेर सात दिनको बिदा लिनुभएको छ । प्रमुख जिल्ला अधिकारी भण्डारीलाई हातपात गरेकी राज्यमन्त्री बेगमलाई पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर काठमाडौं प्रहरीले कारबाहीबारे गोलमटोल जवाफ दिन थालेको छ ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।