Skip to main content

मंसिर ५ गते बजेट पारित हुन्छर्-अर्थमन्त्रालयका सल्लाहकार आचार्य

काठमाडौं, ३ मंसिर । अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यले शुक्रबार बजेट पारित हुने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा एकीकृत नेकपा माओवादीको समेत सहमतिमा बजेट पारित हुने बताएका हुन्।
'माओवादी समेतको सहमतिमा यसै हप्ताको शुक्रबार बजेट पारित हुन्छ,' आचार्यले भने,'बजेट पारित गर्ने सहमति भइसकेको छ।' सरकारले सदनबाटै बजेट पारित गराउने बताए। अध्यादेश वा होहल्लाबाट बजेट पारितको विकल्प खोज्ननुनपर्ने बताए। बजेट पारित गर्न माओवादी समेत लचक हुनुलाई सकारात्मक रुपमा लिए। चार महिनासम्म बजेट पारित हुननसक्नुलाई दर्ुभाग्यपर्ूण्ा भने। बजेट कुनै एक दलको मात्र नभएर आम नेपाली जनताको भएकाले खेलवाड गर्न नहुने बताए। बजेट पारित नहुँदा अर्थतन्त्रमा तरलता आएको बताए। तरलताका कारण पछिल्लो समयमा राष्ट्र बैंकले ६ अर्ब रकम बजारमा दिइसकेको बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं अर्थविद डा.डिल्लीराज खनालले बजेट पारित गर्न नदिएर समस्या ल्याउन नियत नरहेको बताए। प्याकेजमा सहमति खोज्नुपर्ने भएकाले बजेटको विषय पनि एकैपटक सल्टाउन जोड दिएको बताए। उनले भने,'बजेट पारित गर्नुपर्छ भन्नेमा हाम्रो प्रमुख जोड हो, त्यसका लागि सहमति खोज्नर्ुपर्छ।' सहमतिका लागि राष्ट्रपतिको सेनापति थमौतीको कदमबारे सदनमा संकल्प प्रस्ताव मार्फ छलफल हुनुपर्ने जिकिर गरे। बजेट पारित भएपनि राजनीतिक अस्थिरता रहे आर्थिक क्षेत्र डामाडोल हुने बताए। राजनीतिक सहमतिसंगै बजेटबारे सहमति खोज्नुपर्ने बताए।
नेपाली कांग्रेसका नेता एवं अर्थविद् डा.नारायण खड्काले कुनैपनि बाटोबाट यसै हप्ता बजेट पारित हुने बताए। सकेसम्म सहमतिमा बजेट पारित गराउने उल्लेख गर्दै भने,'सहमति नभए ध्वनी मतबाट बजेट पारित हुन्छ, नभए अध्यादेश ल्याइन्छ।' बजेट देशको अस्तित्वसँग जोडिएको भन्दै खेलवाड नगर्न आग्रह गरे। माओवादीलाई तत्काल सहमतिमा आउनुको विकल्प नभएको बताए। बजेट पारित नहुँदा समग्र अर्थतन्त्र तहसनहस हुने अवस्था आएको भन्दै माओवादी समेत प्रत्यक्ष प्रभावित हुने बताए।
र् अर्थविद् डा.विश्वम्भर प्याकुरेलले बजेट पारित नहुँदा देश असफल राष्ट्रको बाटोतिर बढेको बताए। बजेट पारित नहुँदा आर्थिक क्षेत्रका अलावा सामाजिक क्षेत्रमा समेत नकारात्मक प्रभाव परेकाले गम्भीर हुन आग्रह गरे। उनले भने,'देशलाई असफल हुनबाट जोगाउन तत्काल बजेट पारित गर्न माओवादीले सहयोग पुर्‍याउनर्ुपर्छ।' युद्ध र राजनीति गर्ने अन्य बाटो भएको तर बजेटमा नखेलन भने। देशको आर्थिक अवस्था राम्रो नभएको टिप्पणी गरे। कृषि उत्पादन घट्ने, मुद्रास्पिmती दोहोरो मापदण्डमा रहेको बताए। संकलित रकम खर्च नभएकाले थप समस्या आउने बताए।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारले बजेट तत्काल पारित गर्न आग्रह गरे। आर्थिक क्षेत्र धराशायी हुने अवस्था आएको भन्दै दलहरुलाई मतभेद थाती राखेर बजेट पारित गर्न केन्द्रित हुन भने। समग्र अर्थतन्त्र तहसनहस हुनलागेकाले निजी क्षेत्र समस्यामा पर्नलागेको बताए। दलहरुबीच सहकार्य र एकतामा जोड दिए।
र् अर्थविद् डा.चिरञ्जीवी नेपालले बजेटमा राजनीति नगर्न आग्रह गरे। माओवादीले जिम्मेवार राजनीतिक दलका रुपमा प्रस्तुत गरेर बजेट पारित गर्ने ढोका खोलिदिनुपर्ने बताए। बजेट पारित गर्न ढिलाई गरे देश असफल हुनसक्ने खतरा औल्याए। उनले भने,'बजेट जनतामाथि राजनीति गर्ने दस्तावेज हो, बजेटनै अड्काएर केमार्फ् राजनीति गर्नुहुन्छ।' सांसदहरुले बजेटको महत्व नबुझेको टिप्पणी गरे।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।