Skip to main content

Posts

ठाकुर राम बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

वीरगंज, ४ मंसिर । क्याम्पस प्रशासनले असंवैधानिक तरिकाले कर्मचारी नियुक्ति गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनले ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजको तीनवटा कार्यालयमा अनिश्चितकालको लागि तालाबन्दी गरेको छ। आज बिहान संयुक्त विद्यार्थी संगठनले क्याम्पसको प्रशासन कक्ष्ँ, लेखा शाखा तथा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो। मधेशी विद्यार्थी फोरम नेपालका अमोद यादव, अखिल माओवादीका राकेश यादव, अखिल क्रान्तिकारीका प्रभाकर गुप्ता, तराइ मधेश विद्यार्थी प|mण्टका सन्दीप चौरसियाले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी १२ घण्टे अल्टिमेटम दिइ सके पनि क्याम्पस प्रशासनबाट कुनै पहल नभएपछि तालाबन्दी गरेको उल्लेख छ।

शुक्रवारसम्म मन्त्री बेगमलाइ कारबाही नभए देशभरि आन्दोलन

वीरगंज, ४ मंसिर । पर्साका सीडीओलाई थप्पड हान्ने कृषि राज्यमन्त्री करिमा बेगमलाई कारबाही गर्न दुई दिनको अल्टिमेटम दिइएको छ। नेपाल राष्ट्रिय कर्मचारी महासंघले शुक्रबारसम्म कारबाही नभए आइतबारदेखि देशभर प्रशासनिक कामकाज ठप्प पारेर आन्दोलनमा उत्रने चेतावनी दिएको छ। यसैगरी पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि दुव्र्यवहार गर्ने कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई कारबाही गर्न माग गर्दै अदालतमा मुद्दा दायर गरिएको छ । मकवानपुर जिल्ला बार एसोसिएसनका अध्यक्षसमेत रहनुभएका अधिव्यक्ता ईश्वरराज ढकालले राज्यमन्त्री बेगमविरुद्ध हेटौडामा मुद्दा दायर गर्नुभएको हो ।

चर्चित तस्कर राजकुमार अब एमालेको नेता बन्ने

वीरगंज, ४ मंसिर। राजनीति पार्टीको संरक्षणमा वर्षौवर्षेखि व्यापकरुपमा तस्करी धन्दा संचालन गर्दै आएका वीरगंजका चर्चित तस्कर राजकुमार गुप्ताले पर्साको क्षेत्र नं. ३ बाट नेकपा एमाले पार्टीको क्ष्ँेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने बुझिन आएको छ। विगत लामो समयदेखि र्सलाहीको बरहथवा एवं पर्साको वीरगंजबाट खाद, चिनी, स्टीलका भाडा, कपडाको तस्करीमा सक्रिय रहेका तस्कर गुप्तामा नेता बनेर तस्करी गर्ने रहर पलाएको उनका निकट सूत्रबाट खुलेको छ। नेकपा एमाले पार्टी निकट रहेका तस्कर गुप्ता सो पार्टीका केही स्थानीय र उच्च पदस्थ नेताहरूको सहयोगमा क्षेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिंदा आप\mनो तस्करी कार्य सफल हुने विश्वास लिएकाले नै गुप्ताले सो उम्मेदवारी दिने भएका हुन्। राजस्व विभागको लिस्टमा १ नम्बर ँराजस्वमारा’ को नाम दर्ज गराइ सकेका गुप्ताले क्षेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने हल्लाबाट नेकपा एमाले पार्टीको छविमा समेत प्रभाव पार्न सक्ने अवस्था रहेको बताइंदैछ। भरपर्दो स्रोतका अनुसार तस्कर गुप्ताको मुद्रामोहमा फसेका सो पार्टीका केही स्थानीय नेताको सहयोग र र्समर्थनमा अध्यक्ष बन्ने सपना देखेका...

गढीमाई मेलामा नेपाल- भारतका दर्शनार्थीहरूको घुंइचो

बारा, ४ मंसिर। बारा जिल्लाको बरियारपुर स्थित गढीमाईको पञ्चवषर्ीय मेलामा नेपाल तथा भारतका दर्शनार्थीहरू आउने क्रम जारी छ । मेलामा प्रत्येक दिन नरनारीहरूको अपार घुंइचो लाग्ने गरेको छ। मेलामा भारत लगायत नेपालका कुनाकुनाबाट दर्शनार्थीहरू आइपुगेका छन्। मेलाको सुरक्ष्ँा स्थिति एकदमै कडा बनाइएको छ। दर्शनार्थीहरूका लागि खान, बस्न र स्नानको व्यवस्था विभिन्न संघसंस्थाले गरेका छन्। बरियारपुरलाई अहिले दुलहीझैं सिंगारिएको छ। मेलालाई आकर्ष बनाउन मेला समितिले तीब्र रूपले काम गरिरहेको छ। मेलाको सम्पर्ूण्ा तयारीहरु धमाधम भइरहेको छ। मेलाका केही दर्शनार्थीहरूसंग राष्ट्रिय दैनिकले राखेको अरू सालको तुलनामा यसपालिको मेला कस्तो छ - भन्ने प्रश्नको जवाफमा उनीहरूले अरू सालको तुलनामा मेलामा उल्लेखनीय दर्शनार्थीहरुको उपस्थिति रहेको र अन्य व्यवस्था ठिकै रहेको बताएका छन्। भारत, मोतिहारी घर बताउने श्याम सुन्दर कुमारले मेला एकदमै राम्रँे रहेको तर मेला समितिको कमी कमजोरी रहेको बताएका छन्। मेलामा २ करोडभन्दा बढी आम्दानी हुने मेला समितिले जनाएको छ। मेलालाई ध्यानमा राखी नेपाल-भारतको सिमानामा रेखदेख कडा बनाइएको छ...

सञ्जालको क्षेत्रीय भेला पोखरामा हुने

पोखरा, ४ मंसिर/ साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालको यही मंसीर ६ गते पर्यटकीय नगरी पोखरामा पश्चिमाञ्चल क्षेत्रीय स्तरको भेला हुने भएको छ। भेलामा पश्चिमाञ्चल क्षेत्रबाट प्रकाशित साप्ताहिक तथा पाक्षिक पत्रिकाका प्रकाशक तथा सम्पादकहरुको सहभागिता रहने सञ्जाल पश्चिमाञ्चल क्षेत्रीय संयोजक राजबहादुर गुरुङले जानकारी दिनु भयो। भेलामा मोफसलमा रहेका साप्ताहिक-पाक्षिक पत्रपत्रिकाको अवस्था तिनका समस्या, परिवर्तित सर्न्दर्भमा साप्ताहिक-पाक्षिक पत्रपत्रिकाको भूमिका र श्रमजीवी पत्रकार ऐन तथा सूचनाको हक जस्ता विषयमा छलफल गरिने कार्यक्रम रहेको छ। भेलाबाट प्राप्त सुझाव, निचोड र निष्कर्ष कार्यन्वयन गर्न दवावस्वरुप सम्बन्धित निकायमा पेश गरिने पनि क्षेत्रीय संयोजक गुरुङले जानकारी दिनुभयो। भेला को नेपाली कांग्रेस संसदिय दल का नेता रामचन्द्र पौडेल ले उदघाटन गर्ने भउको छ। यसैबीच साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल केन्द्रीय समितिको बैठक पनि पोखरामै हुने भएको छ। मंसीर ५ गते लुम्ले कृषि अनुसन्धान केन्द्रमा हुने बैठकमा भाग लिन सञ्जालका पदाधिकारीहरु पोखरा आउने क्रम सुरु भएको छ।

सिमराबाट आउने ट्याक्सी रेट निर्धारणको माग

वीरगंज, ३ मंसिर। वीरगंज नगरको लागि प्रयोग हुने विमानस्थल सिमरा हो। वीरगंज नगरबाट सिमराको दुरी करिब २० कि.मि. रहेकोले पर्यटक तथा यात्रुहरुलाई अवतरण पश्चात् आफ्नो गन्तव्यमा पुग्न ट्याक्सी वा अन्य साधन चाहिने हुन्छ। हाल पर्यटक एवं आम यात्रुहरुलाई सिमरा विमानस्थलबाट वीरगंज जानका लागि ट्याक्सी भाडा गर्न खोज्दा सार्‍है कठिनाईको सामना गरि रहनु परेको कुरा यात्रुहरुले बताएका छन्। ट्याक्सीको भाडा सिण्डिकेट प्रणाली अर्न्तर्गत निर्धारित गरिएकोले वीरगंज आउनका लागि यात्रुहरुलाई अप्रत्याशित रुपले बढी भाडा तिर्नु परिरहेको छ। वीरगंजबाट सिमरा पुग्न प्रतिव्यक्ति १५० रुपैयाँ र सिमराबाट वीरगंज आउन २०० रुपैयाँ लिने गरिएको छ। त्यस्तै वीरगंजबाट सिमरा जान ट्याक्सी लिँदा ६०० रुपैयाँ तिर्नु पर्ने हुन्छ। जबकि सिमराबाट वीरगंजको लागि फुल ट्याक्सी लिँदा सिण्डिकेट प्रणालीकै कारण यात्रुबाट १००० रुपैयाँ ठठाउने गरिन्छ। एकतर्फी प्रतिव्यक्ति ट्याक्सी भाडा १०० रुपैया भन्दा बढी नहुनुपर्ने र त्यस्तै दर्ुइ तर्फी फुल ट्याक्सी भाडा रु.६०० निर्धारण गर्ने माग यात्रु वर्गको रहेको छ। सिमराबाट ट्याक्सीको उचित भाडा निर्धा...

मंसिर ५ गते बजेट पारित हुन्छर्-अर्थमन्त्रालयका सल्लाहकार आचार्य

काठमाडौं, ३ मंसिर । अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यले शुक्रबार बजेट पारित हुने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा एकीकृत नेकपा माओवादीको समेत सहमतिमा बजेट पारित हुने बताएका हुन्। 'माओवादी समेतको सहमतिमा यसै हप्ताको शुक्रबार बजेट पारित हुन्छ,' आचार्यले भने,'बजेट पारित गर्ने सहमति भइसकेको छ।' सरकारले सदनबाटै बजेट पारित गराउने बताए। अध्यादेश वा होहल्लाबाट बजेट पारितको विकल्प खोज्ननुनपर्ने बताए। बजेट पारित गर्न माओवादी समेत लचक हुनुलाई सकारात्मक रुपमा लिए। चार महिनासम्म बजेट पारित हुननसक्नुलाई दर्ुभाग्यपर्ूण्ा भने। बजेट कुनै एक दलको मात्र नभएर आम नेपाली जनताको भएकाले खेलवाड गर्न नहुने बताए। बजेट पारित नहुँदा अर्थतन्त्रमा तरलता आएको बताए। तरलताका कारण पछिल्लो समयमा राष्ट्र बैंकले ६ अर्ब रकम बजारमा दिइसकेको बताए। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं अर्थविद डा.डिल्लीराज खनालले बजेट पारित गर्न नदिएर समस्या ल्याउन नियत नरहेको बताए। प्याकेजमा सहमति खोज्नुपर...