Skip to main content

Posts

नयां संविधान बन्ने वेलामा माओवादीले अराजक गतिविधी गर्नु दुर्भाग्यपुर्ण -नेता देउवा

वीरगंज, १९ मंसिर । पर्साको रामगढवा गाविसमा नेपाली काग्रेसको कार्यालयको आज उद्घान कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नयां संविधान बन्ने वेलामा माओवादीले अराजक गतिविधी गर्नु दुर्भाग्यपुर्ण भएको बताउनुभयो। काग्रेस पर्साका सभापति अजय दिवेदीको सभापतित्वमा कार्यक्रममा समपन्न भएको हो। कार्यक्रममा एकीकृत नेकपा माओवादीले गर्न लागेको गणराज्य घोषणा संबिधान र शान्तिप्रक्रिया बिपरित भएको बताउनुभएको छ। उक्त कार्यक्रममा नेपाली काग्रेसका महामंत्री विमलेन्द्र निधीले अहिलेको प्रमुख आवश्यक्ता भनेको संविधान निर्माण गरी शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउनु रहेको बताउनुभयो।

पुनः पत्रिका वर्गीकरण गर्न पत्रकार संघर्ष समितिद्वारा संचारमन्त्रीलाइ ज्ञापन

वीरगंज, १९ मंसिर । प्रेस काउन्सिलले आव २०६४-६५ को पत्रपत्रिका वर्गीकरणमा पूर्वाग्रही गरी वीरगंजका आधा दर्जनभन्दा बढी पत्रिकालाइ श्रेणीविहिन गरेको विरोधमा पत्रकार संघर्ष समिति पर्साले संचारमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ। आज विहान स्थानीय पत्रपत्रिकाका संचारकर्मीहरुको एक जुलुसले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाइएको हो। प्रेस काउन्सिलले पत्रिकाको वितरण सुपरिवेक्ष्ँणमा पूर्वाग्रही ढंगले वीरगंजबाट प्रकाशित हुने आधा दर्जन दैनिक पत्रिकालाई वर्गीकरणबाट वंचित गरिएकोमा काउन्सिलको गलत नियतविरुद्ध लडाइ लडिरहनुपर्ने निकै चुनौती र कष्टपर्ूण्ा वातावरणमा समाचार र आर्थिक श्रोतको जोहा गरेर प्रकाशन हुंदै आएका वीरगंजका दैनिक पत्रिकाहरुलाई वर्गीकरणका क्रममा लगातार श्रेणीविहिन बनाएर राज्यबाट दिनुपर्ने सुविधाबाट वंचित गरिएको पुनः वर्गीकरण गर्न जोडदार मांग गरेको उल्लेख छ।

प्रहरी र गांजा तस्करबीच झडप, एकको मृत्यु

वीरगंज, १९ मंसिर । गांजा तस्कर र प्रहरीबीच झडप हुंदा एकजनाको मृत्यु भएको छ। गएराति २ः३० बजे ना २ त ९६८० नं.को टैक्टरमा गांजा लिइ भारत जांदै गरेको टयाक्टर र सुवर्णपुरको गस्ती टोलीबीच झडप हुंदा प्रहरीको गोली लागि टयाक्टर चालक जानकीटोला-३ का असर्फी महतो केवटको मृत्यु भएको हो। प्रहरीले १ सय ५० पोका गांजा ज्रि्रका पर्सामा राखेको छ भने महतोको शव नाउक्षे अस्पताल वीरगंजमा राखिएको छ। गांजा तस्करले गोली चलाएपछि प्रहरीको जवाफी कारबाहीमा टयाक्टर चालक घाइते भएपछि उपचारको क्रममा उनको वीरगंजमा मृत्यु भएको हो। प्रहरीले बरामद गरेको गांजा करिब ८-१० क्विन्टल रहेको जनाएको छ।

मुस्लिम मुक्ति मोर्चाद्वारा चक्काजाम

वीरगंज, १९ मंसिर । नागरिक सर्वोच्चताको मांग राख्दै मुस्लिम मुक्ति मोर्चाले दुइ घण्टा वीरगंज तथा परवानीपुरमा चक्काजाम गरेका छन्। आज बिहान ९ बजेदेखि ११ बजेसम्म वीरगंजको घण्टाघर र परवानीपुर सडकखण्ड पनि प्रदर्शनकारीले अवरुद्ध गरेका हुन्। चक्काजामको क्रममा उनीहरुले साइकललाइ समेत गुडन दिएको थिएन।

आदर्श थारू छात्रावासमा समेत भ्रष्टाचार

वीरगंज, १९ मंसिर। वीरगंज उपमहानगरपालिका वडा नं. ६ कुम्हालटोलस्थित थारू जातिहरूको ऐतिहासिक धरोहर आदर्श थारू छात्रावासमा समेत भ्रष्टाचार भएको तथ्य र्सार्वजनिक भएको छ। सो छात्रावासकी कोषाध्यक्ष शान्ति चौधरी, विद्यार्थी नेता विकास चौधरी, थारू बुद्धिजीवी बाराका भागवतप्रसाद चौधरी, अधिवक्ता इन्द्रदेव चौधरीले एक अपिल गरी अनिवार्य बैठकको मांग गर्दै भ्रष्टाचार र हिनामिनाको भण्डाफोर गरेका छन्। २००९ सालमा बारा, रौतहटको थारू बस्तीहरूबाट चन्दा संकलन गरी स्थापित गरिएको आदर्श थारू छात्रावासको अवस्था यतिखेर नाजुक बनेको छ। थारूहरूले नै थारू छात्रावासलाई लथालिंग, भताभुंग पार्न खोजेका छन्। सो छात्रावासमा भए गरेका भ्रष्टाचार, लापरवाहीको वर्णन गरेर साध्य छैन। सो छात्रावासकी कोषाध्यक्ष शान्ति चौधरीले थारू छात्रावास संचालनमा भएको अनियमितता र आर्थिक हिनामिनाको विरोध गर्दै पदबाट राजीनामा दिनुभएको छ। सो छात्रावासको अध्यक्ष लक्ष्मण चौधरी, गिरधारी चौधरीले धेरै व्यक्ति र पसलको उधारो पैसा नतिरेको पाइएको छ। विद्युत, खानेपानी, टेलिफोनको शुल्क बांकी बक्यौता रहेको छ। साल बसाली हुनुपर्ने अडिट भएको छैन। था...

हतियारसहित वाइसिएल र भारतीय नागरिक पक्राउ

वीरगंज, १८ मंसिर । हतियारसहित एक वाइसिएल र भारतीय नागरिक पक्राउ परेका छन्। आज दिउंसो ३ बजे भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेका सिन्धुलीको जरायोटार-२ बस्ने शेरबहादुर राना र भारत, मोतिहारी मलाही गाउंका कृष्ण यादवलाई प्रहरीले नियमित चेकजांच गर्ने क्रममा अवस्थामा वीरगंज-१९ इनरवाबाट पक्राउ गरेको हो। पक्राउ परेका राना वाइसिएल सिन्धुलीका एसिएम तथा पार्टी सदस्य रहेको प्रहरीले जनाएको छ। भारतको बेतिया नजिकैबाट रु १५ हजार ५ सयमा १ थान अमेरिकन पेस्तोल, २ थान म्यागजिन र सोमा लाग्ने १० वटा गोलीसहित प्रहरीले पक्राउ गरेको हो।

कांग्रेसका नेता देउवाद्वारा हेल्थ पोष्टको उदघाटन

बीरगंज १८ मंसिर। पर्साको निचुटा गाविसमा रहेको निचुटा हेल्थ पोष्टको एक समारोह बीच नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादु देउवाले उदघाटन गर्नु भएको छ। स्थानिय समाज सेवी प्रमेशवर चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी देउवाले हेल्थ पोष्टको उदघाटन गर्नु भएको हो। साथै हेल्थ पोष्टलाइ ५ कठा जग्गा प्रदान गर्ने गाविसका पूर्व गाविस अध्यक्ष शिव शंकर चौधरीलाई नेता देउवाले दोसल्ला ओर्ढाई सम्मान गर्नु भएको थियो।