Skip to main content

आदर्श थारू छात्रावासमा समेत भ्रष्टाचार

वीरगंज, १९ मंसिर। वीरगंज उपमहानगरपालिका वडा नं. ६ कुम्हालटोलस्थित थारू जातिहरूको ऐतिहासिक धरोहर आदर्श थारू छात्रावासमा समेत भ्रष्टाचार भएको तथ्य र्सार्वजनिक भएको छ।
सो छात्रावासकी कोषाध्यक्ष शान्ति चौधरी, विद्यार्थी नेता विकास चौधरी, थारू बुद्धिजीवी बाराका भागवतप्रसाद चौधरी, अधिवक्ता इन्द्रदेव चौधरीले एक अपिल गरी अनिवार्य बैठकको मांग गर्दै भ्रष्टाचार र हिनामिनाको भण्डाफोर गरेका छन्।
२००९ सालमा बारा, रौतहटको थारू बस्तीहरूबाट चन्दा संकलन गरी स्थापित गरिएको आदर्श थारू छात्रावासको अवस्था यतिखेर नाजुक बनेको छ। थारूहरूले नै थारू छात्रावासलाई लथालिंग, भताभुंग पार्न खोजेका छन्। सो छात्रावासमा भए गरेका भ्रष्टाचार, लापरवाहीको वर्णन गरेर साध्य छैन।
सो छात्रावासकी कोषाध्यक्ष शान्ति चौधरीले थारू छात्रावास संचालनमा भएको अनियमितता र आर्थिक हिनामिनाको विरोध गर्दै पदबाट राजीनामा दिनुभएको छ।
सो छात्रावासको अध्यक्ष लक्ष्मण चौधरी, गिरधारी चौधरीले धेरै व्यक्ति र पसलको उधारो पैसा नतिरेको पाइएको छ। विद्युत, खानेपानी, टेलिफोनको शुल्क बांकी बक्यौता रहेको छ। साल बसाली हुनुपर्ने अडिट भएको छैन। थारू छात्रावासको आम्दानी केही व्यक्तिहरूको लागि पकेट खर्च बनेको छ।
विगत १६ वर्षेखि एउटै संचालक समितिले निरन्तरता पाएको छ। साधारण सभा प्रत्येक वर्षहुनुपर्नेमा नहु“दा अपारदर्शीताले स्थान पाएको छ। सो छात्रावास ठिक ढंगले संचालन नभएकै कारण सरकारी अनुदान रोक्का गरिएको छ।
छात्रावासको दाल, चामल र बेडशुल्क हिनामिना भएका छन्। थारू छात्रावासको हाताभित्र मास्कोट स्कूललाई भवन टहरा बनाउन दिइएको छ। भूमाफियाहरूले सो छात्रावास र्सार्वजनिक संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गराइसकेका हुन् कि भन्ने आशंका पैदा भएको छ।
कार्तिक महिनामा बोलाइएको अनिवार्य बैठकमा संचालक समितिका कुनै पनि पदाधिकारी उपस्थिति भएनन्। मास्कोट स्कूललाई विद्यालय संचालन गर्न दिइए वापतको मासिक भाडाको पनि कुनै हिसाब किताब छैन। हार्दिक अपिलमा सो संस्थाको सम्पुर्ण कारोबार रोक्का राखी अनिवार्य बैठकमा सबै पदाधिकारी उपस्थित गराइ नया“ संचालक समिति गठन गरी थारू छात्रावासलाई सुव्यवस्थित गर्न र संरक्षण गर्न सम्पुर्ण थारूहरू तथा वीरगंज नगरका सम्पुर्ण नागरिकहरूमा अनुरोध गरिएको छ।
सो छात्रावास जर्जर बनाउनमा अध्यक्ष्ँ लक्ष्मण चौधरी, पर्ूव कोषाध्यक्ष लक्ष्मीनारायण बण्ठा, सचिव देवपूजन गौरो, सहसचिव देवेन्द्र चौधरी, सदस्य द्वारिका चौधरी, उपाध्यक्ष गिरधारी चौधरीको प्रमुख हात रहेको बुझिएको छ।
पुरानो ऐतहासिक थारू छात्रावासको संरक्षण र संचालनका लागि बृहत भेलाबाट नया“ कार्य समिति निर्माण गर्न सरोकारवालाहरूले आवश्यक पहल गर्न नितान्त जरूरी रहेको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...