Skip to main content

Posts

पूर्वराजा ज्ञानेन्द्र दिल्लिमा

-मातृका दाहाल- काठमाडौं, २१ मंसिर। पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल तथा आफ्ना अन्य सहयोगीका साथ आइतवार भारतको राजधानी नयांदिल्ली प्रस्थान गरेका छन्। आइतवार दिउंसो तीन वजे जेट एयरको विमानवाट दिल्ली प्रस्थान गरेका पूर्वराजा ज्ञानेन्द्रका साथमा उनका नीजि सचिव सागर तिमल्सिना,अंग रक्षक श्र्रीजन तिमल्सिना लगायत रहेका छन। भारतको उडिसामा आफ्ना फूपूका छोराकोे विवाह समारोहमा सरिक हुन त्यसतर्फप्रस्थान गरेका ज्ञानेन्द्र करिव एक महिना भारतमा रहने पूर्वराजा निकट श्रोतले जनाएको छ। उनी आफ्ना फूपुका छोराको विवाहमा सरिक हुंन भारत गएका हुंन्। उनको भारत भ्रमण नितान्त पारिवारिक भनिएपनि भारतमा रहंदा उनले भारतका प्रधानमन्त्री मनमोहन सिंह,सत्तारुढ गठवन्धन कांगे्रस आइकी अध्यक्ष सोनिया गान्धी, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, विपक्षि दलका नेता लालकृष्ण आडवाणी लगायत भारतीय उच्च स्तरीय व्यक्तित्व हरुसंग पनि भेटघाट हुनसक्ने स्रोतले जनायो। पूर्वराजाको भारत भ्रमण सके लगत्तै उनको युरोपका विभिन्न मुलुककोे समेत भ्रमण हुनसक्ने स्रोतले जनायो। संविधान सभाको पहिलो वैठकले दर्ुइसय चालीस वर्षपुरानो...

माओवादी बन्दका कारण संबिधान सभा प्रभावित

-मातृका दाहाल- काठमाडौं, २१ मंसिर। एकिकृत माओवादीको एकदिने नेपाल बन्दका कारण आइतवार बस्ने भनिएको संविधानसभा लगायत विभिन्न समितिहरुका बैठक स्थगित भएका छन्। कैलाली घटनामा प्रहरी प्रशासनले सुकुम्वासीमाथी निर्मम पर्ूवक दमन गरेको भन्दी माओवादीले आइतवार एक दिने नेपाल बन्द आहृवान गरेपछि संविधान सभाको बैठक सोमवार सम्मकालागि स्थगित भएको संविधान सभा सचिवालयले जनाएको छ। बन्दले गर्दा संविधानसभा भवन नया“ वानेश्वरमा माओवादीका सभासद्हरु अनुपस्थित रहेपछि बैठक स्थगित गरिएको हो। माओवादी बन्दले गर्दा अन्य दलका सभासद्हरुपनि समयमा आउन नसेपछि कार्यव्यवस्था पर्रार्मश समितिको बैठकले संविधान सभाको बैठक सूचना टासी स्थगित गरिएकोे सचिवालयले उल्लेख गरेको छ।माओवादी वन्दका कारण आइतवार पहिलो पटक संविधानसभा वैठक स्थगित भएको हो। यसैगरी संविधान सभा अर्न्तगतको संवैधानिक समितिको बैठकपनि माओवादीका तर्फाट संवैधानिक समितिमा रहेका सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ। संवैधानिक समितिले जनाएअनुसार बैठकमा माओवादीका सभासद्हरु नआएपछि बैठक स्थगित गरिएको हो। त्यस्तै माओवादीको बन्दका कारण संसद अर्न्तगतको...

सरकारलाई सडकबाटै वर्खास्त् गर्र्छौ - रायमाझी

सडकबाट हटाउन सम्भव छैनः कांग्रेस एमाले नेताहरु काठमाडौं, २१ मंसिर। एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकारलाई सडकबाटै बर्खास्त गर्ने चेतावनी दिनुभएको छ। रिपोर्र्टर्स क्लब नेपालद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले सहजरुपमा प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिने ठोकुवा गर्दै सडक आन्दोलनबाट ढाल्ने चेतावनी दिनुभएको हो। 'हामी मिति नै त तोक्दैनौँ, तर सडक आन्दोलनको एउटा उत्कर्षछि सरकारलाई ज्ञानेन्द्र हटाएजस्तै गरी हटाइदिन्छौँ' क्लब अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा नेता रायमाझीले भन्नुभयो, 'जसरी ज्ञानेन्द्रलाई सत्ताच्युत गर्‍यौँ, यसलाई पनि त्यसै गरिदिन्छौँ। त्यसबाहेक हामीसँग अब अर्को बिकल्प छैन। माधव नेपालको हालत पनि छिट्टै ज्ञानेन्द्रको जस्तै हुनेछ।' कैलाली घटना नियोजित र षड्यन्त्रमूलक ढंगले सरकारद्धारा सिर्जना भएको भन्दै नेता रायमाझीले यसको सम्पर्ूण्ारुपमा दोषी सरकार रहेको आरोप लगाउनुभयो। 'यो घटना देशका लागि कलंक र दर्ुभाग्यको पराकाष्टा भएको छ, देश विदेशका माओवादी विर...

उद्योगी व्यापारीका बीच कालीदास बाबा

वीरगंज, २१ मंसिर/ उद्योग वाणिज्य संघमा सन्त श्री कृष्णानन्द परमहंस श्री १००८ स्वामी श्री कालीदास बाबाको एक समारोह बीच सम्पन्न भयो। उद्योग, व्यापार, कृषि लगायतका क्षेत्रको विकासबाट मात्रै राष्ट्रको समुन्नति हुन सक्ने भएकोले यी क्षेत्रहरुको समुचित विकासमा सबै पक्ष लाग्नुपर्ने उपदेश बाबाले व्यक्त गर्नुभएको थियो। मुलुकमा व्याप्त अराजकता, उदण्डतालाई सदाका लागि समाप्त गर्न हामी सबै बीच एकता, अखण्डता, भाइचारा र शिष्टाचारको आवश्यकता रहेको बाबाले बताउनुभयो। उहाँले शान्ति सुव्यवस्था आजको प्रमुख आवश्यकता भएकोले हामी सबैले मिलेर शान्ति स्थापनामा लाग्नुपर्ने धारणा समेत राख्नु भएको थियो। उक्त समारोहमा संघका कार्यवाहक अध्यक्ष श्री गोपाल केडियाले स्वागत मन्तव्य गर्दै बाबाले देखाउनु भएको मार्ग र्सब प्राणीका लागि उपयोगी हुने बताउनुभयो। संघका सचिव दीपक टिबडेवालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहको संचालन मनोज उपाध्यायले गर्नुभएको थियो। कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा स्थानीय उद्यमी, व्यवसायी लगायत विभिन्न क्षेत्रका महानुभावहरुको बृहत् उपस्थिति ...

सरकार विकास निर्माणमा प्रतिबद्ध

रौतहट, २१ मंसिर । प्रधानमन्त्री माधवकुमार नेपालले सरकार विकास निर्माणको कार्यमा प्रतिबद्ध रहेको बताएका छन्। आज रौतहटको सरुठआ गाविसमा मोटर पुलको उद्घाटन गर्दै उनले मुलुकको प्रमुख समस्या समाधान गर्न सरकार लागि परेको बताए। नेकपा एमाले रौतहटको सातौं जिल्ला अधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री नेपाल रौतहट पुगेका छन्।

तीन दिने निशुल्क उपचार शिविर

वीरगंज, २१ मंसिर । इम्प्याक्ट नेपालको सहयोगमा हात-खुट्टा बाङ्गो, पोलियो, हात जोर्नीमा इन्फेक्सन भएको रोगीहरूको निःशुल्क अप्रेशन शिविर आजदेखि नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजमा सुरु भएको छ। मंसिर २३ गते हुने सो शिविरमा पीडित रोगीहरुको निशुल्क अप्रेसन तथा बिना अप्रेशन वा प्लाष्टरद्वारा उपचार गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। सो शिविरमा नेपालको पर्सर्ााबारा, रौतहट र्सलाही तथा भारतको बिहारबाट रोगीहरु आइपुगेका छन्। तीन दिनसम्म हुने सो शिविरमा सम्पूर्ण गरिब असहायहरुले लाभ उठाउन आह्वान समेत गरेको छ।

माओवादी- प्रहरीबीच झडप, एक दर्जन घाइते

वीरगंज, २१ मंसिर। एनेकपा माओवादीले आहवान गरेको एक दिने नेपाल बन्दको क्रममा माओवादी र प्रहरीबीच झडप हुंदा एक दर्जनभन्दा बढी घाइते भएका छन्। आज बिहान वीरगंजको घण्टाघरमा माओवादीले टायर बाल्दा प्रहरीले लाठीचार्ज गरेपछि हीरा साह, विकास साह, गगन देव पटेल, मुक्ति साह, प्रभाकर गुप्ता, इसरायल मियां, रन्जय साह, मनोज कुमार, सुरेन्द्र गुप्ता लगायत घाइते भएका छन्। घाइतेहरुको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ। बन्दको क्रममा वीरगंज बजार ठप्प भएको छ भने छिटपुट मोटरसाइकल संचालनमा आएका छन्।