Skip to main content

पूर्वराजा ज्ञानेन्द्र दिल्लिमा

-मातृका दाहाल-
काठमाडौं, २१ मंसिर। पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल तथा आफ्ना अन्य सहयोगीका साथ आइतवार भारतको राजधानी नयांदिल्ली प्रस्थान गरेका छन्।
आइतवार दिउंसो तीन वजे जेट एयरको विमानवाट दिल्ली प्रस्थान गरेका पूर्वराजा ज्ञानेन्द्रका साथमा उनका नीजि सचिव सागर तिमल्सिना,अंग रक्षक श्र्रीजन तिमल्सिना लगायत रहेका छन।
भारतको उडिसामा आफ्ना फूपूका छोराकोे विवाह समारोहमा सरिक हुन त्यसतर्फप्रस्थान गरेका ज्ञानेन्द्र करिव एक महिना भारतमा रहने पूर्वराजा निकट श्रोतले जनाएको छ। उनी आफ्ना फूपुका छोराको विवाहमा सरिक हुंन भारत गएका हुंन्।
उनको भारत भ्रमण नितान्त पारिवारिक भनिएपनि भारतमा रहंदा उनले भारतका प्रधानमन्त्री मनमोहन सिंह,सत्तारुढ गठवन्धन कांगे्रस आइकी अध्यक्ष सोनिया गान्धी, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, विपक्षि दलका नेता लालकृष्ण आडवाणी लगायत भारतीय उच्च स्तरीय व्यक्तित्व हरुसंग पनि भेटघाट हुनसक्ने स्रोतले जनायो।
पूर्वराजाको भारत भ्रमण सके लगत्तै उनको युरोपका विभिन्न मुलुककोे समेत भ्रमण हुनसक्ने स्रोतले जनायो। संविधान सभाको पहिलो वैठकले दर्ुइसय चालीस वर्षपुरानो राजतन्त्रको अन्त्य गरेपछि सामान्य नागरिक सरह जीवन यापन गरिरहेका पूर्वराजा यसअघि गतवर्षआफन्तकै विवाह समारोमा सहभागी हुंन भारत गएका थिए।
गत वर्षभारत भ्रमणमा रहंदा उनले कांग्रेस आईकी अध्यक्ष गान्धी, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, लगायतका नेता हरुसंग भेटघाट गरेका थिए।
पूर्वराजा भारत भ्रमणमा निस्कनु अघि सयौंको संख्यामा रहेका राजावादीले निर्मल निवास तथा त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थल गेट वाहिर राजा आउ, देश वचाउ भन्दै राजसंस्थाको पक्षमा नारावाजी गरेका थिए।
माओवादीले आहृान गरेको एकदिने नेपालवन्दको वावजुद पनि उल्लेख्य मात्रामा राजावादीहरु निर्मल निवास र विमानस्थल वरपर पूर्वराजाको स्वागतार्थ भेला भएका थिए।
माओवादीको एकदिने नेपाल वन्दका कारण सवारी साधन आवागमनमा अवरोध भएको भएपनि शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको स्कटिङवाट पूर्वराजा विमानस्थल पुगेका थिए।
यसैबीच पूर्वराजाको भारत भ्रमण हुनु एकदिन अगावै शनीवार नै उनका सहयोगी भरतकेशर सिंह र प्रभाकर शमशेर राणा दिल्लि पुगिसकेका छन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।