वीरगंज, २२ मंसिर । हतियारधारी समूहले वीरगंजका एक व्यापारीलाई गोली चलाउने क्रममा व्यापारीले छलेपछि उल्टै एक अपराधीको गोली लागि मृत्यु भएको छ। आज सांझ ६ बजे वीरगंज ४ स्थित कार्यालयमा बसेका सदन तुलस्यानलाई चार जना हतियारधारीले गोली चलाउने क्रममा तुलस्यान छलेपछि अपराधीलाई गोली लागेको हो। मृतकको नाम, ठेगाना खुल्न सकेको छैन भने घटनास्थलबाट प्रहरीले एक थान कटुवा पेस्तोल र सोमा लाग्ने एक थान गोली बरामद गरेको छ। गोली हान्ने तीनजना फरार भएका छन्।