Skip to main content

पर्सामा लहलहाउंदो गांजा र प्रहरी

वीरगंज, २२ मंसिर। हिजोआज ८२ गाउं विकास समिति रहेको पर्सा जिल्लामा लगभग सबैजसो गाविसका कृषकहरुले नगदेबाली गांजा धेरेथोर लगाएका छन्। एक महिनापछि गांजा खेती तयार हुन्छ। गांजा खेतीलाई अवैध मानिएको छ। नेपाल सरकारको कानूनले प्रतिबन्ध लगाएको छ। कानून कार्यान्वयन गर्ने निकाय सशस्त्र प्रहरी, जनपथ प्रहरीको विभिन्न गाउंमा रहेको प्रहरी पोष्टले अवैध र प्रतिबन्धित गांजा खेती नष्ट गर्नुलाई आफनो कर्तव्य नठानेर गांजा खेती संरक्षणमा सहयोग पुर्‍याउने हिसाबले गांजा खेती गर्ने कृषकहरुबाट प्रति कठ्ठा रु. २०० देखि ५०० सम्म नगद नारायण उठाइरहेको यथेष्ट प्रमाण फेला परेको छ। पर्सा जिल्लामा लगाइएको गांजा खेतीबाट केही पत्रकार र राजनीतिक दलका नेताहरुले पनि फायदा लिएको चर्चामा छ। पर्सा जिल्लामा गांजा राजनीति कायम छ। गांजा नष्ट गर्नु पर्दछ भन्नेहरु थोरै छन्, जसलाई गांजा खेतीबाट कुनै लाभ र सरोकार छैन। गांजा खेती संरक्षण हुनु पर्दछ भन्नेहरु धेरै छन्। जसलाई गांजा खेतीबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा फाइदा छ। यतिखेर पर्सा जिल्लामा ५ हजार विघामा गांजा खेती अनुमान गरिएको छ। नेपालमा उत्पादित गांजाहरुको प्रमुख बजार भारत हो। भारतमा पनि गांजा खेती गर्न, ओसारपसार र बेचबिखन गर्न प्रतिबन्ध छ तर गांजाका कारोबारीहरुले प्रत्येक वर्षनेपालमा उत्पादित ठूलो परिमाणको गांजा, अफिम भारतमा चोरी निकासी गरी मनग्गे रकम कमाइरहेका छन्। पर्सा जिल्लामा गांजा खेती र काठको तस्करी गर्ने ग्रामीण क्ष्ँेत्रका सबै व्यक्तिको पक्की घर र मोटरसाइकल छ। समग्रमा भन्नुपर्दा जोखिम धेरै मोलेर भए पनि गांजा कृषकहरुले आफनो आर्थिक स्थिति मजबुत पारेका छन्। प्रत्येक वर्षगांजा नष्ट गर्न प्रहरी टोली खटाइन्छ। कतै गांजा काटेर, पोलेर नष्ट गरिन्छ भने कतै जोगाइन्छ। यो खेल यसपटक अलि भइसकेको छैन। स्थानीय प्रहरी र प्रशासनलाई अवैध गांजा खेती नष्ट गर्ने आदेश माथिबाट आइसकेको छ, स्थानीय अन्य कामको बोझले प्रहरी र प्रशासनको ध्यान गांजा खेती फडानी गर्नेतर्फ आकृष्ट हुन सकेको छैन।
गत वर्षउत्पादित गांजा लोड भएको ट्रयाक्टरलाई नियन्त्रणमा लिन खोज्दा पर्साको जानकीटोलामा प्रहरी र गांजा तस्कर समूहबीच दोहोरो गोली हानाहान हुंदा ट्रयाक्टर चालकको मृत्यु भएको छ। गांजा लोड भएको ट्रयाक्टर जिल्ला प्रशासन कार्यालय पर्साको हातामा रहेको छ। प्रत्येक वर्षगांजाको विषयलाई लिएर प्रहरी र गांजा तस्करबीच झडप हुन्छ, मानिस घाइते हुन्छन्, मृत्यु हुन्छ तर न गांजा खेती गर्न कृषकहरुले छाड्दछन्, न प्रहरीले गांजा खेती गर्ने कृषकहरुलाई पूर्णरुपमा हतोत्साहित पार्ने नीति, कार्यक्रम र योजना नै ल्याउन सकेको छ। प्रहरीले पैसा संकलन भने प्रत्येक साल गर्दै आएको छ। गांजा खेतीले पर्सामा द्वन्द्व र तनाव बढाएको छ। गांजाको उत्पादन, ओसारपसार र बेचबिखन दण्डनीय हो, यो अपराध हो। अपराधसंग सम्झौता गर्नु अर्को महाअपराध हो। गांजा खेती कि त पूर्णरुपमा नष्ट हुनुपर्‍यो होइन भने गांजा खेतीतर्फप्रहरी प्रशासनले हस्तक्षेप छाड्नुपर्‍यो। प्रहरीले पैसा पनि लिने, गांजा नष्ट गर्ने, बरामद पनि गर्ने, दोहोरो चरित्र र मापदण्ड अपनाउंदा दोहोरो झडप बढ्ने गांजा खेतीमा नियन्त्रण नआउने स्पष्ट छ। गांजा खेती पूर्णरुपमा हुन नदिने हो भने गांजा खेती गर्ने, बेचबिखन र ओसारपसार गर्नेसंग एक पैसा पनि लिनु हंुंदैन। इमान्दातिराका साथ सशक्त अभियानमा प्रहरी अघि बढ्यो भने गांजा खेती गर्नेहरु अवश्य हतोत्साहित हुन्छन्। अवैध गांजा खेतीको स्थायी समाधान खोज्ने हो भने वर्तमान सरकारको नीति, कारबाहीबाट सम्भव छैन। कृषकहरुलाई विकल्प दिएर मात्र गांजा खेतीका बारेमा ठोस योजना बनाउनु पर्दछ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।