Skip to main content

निशुल्क स्वास्थ्य शिविरको उद्घाटन

वीरगंज, २२ मंसिर । निशुल्क स्वास्थ्य शिविरको उद्घाटन श्री १००८ स्वामी श्री कालीदास बाबाले गरेका छन्।
आज वीरगंजमा रौनियार बदर्स वेलफेयर ट्रष्टले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगको निशुल्क उपचारको साथै निशुल्क औषधि समेत वितरण गरिएको थियो।
कार्यक्रममा भारतका महावाणिज्य दूतावास एसटि मेहता, नेशनल मेडिकल कलेजका प्रेसिडेन्ट डा. जैनुद्दिन अन्सारीलगायतको उपस्थिति थियो।

Comments