Skip to main content

Posts

वीरगंजमा शव जुलुस, प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी

वीरगंज, २५ मंसिर । पशुपति क्यारियरका मैनेजर राजेश्वर दुवेको हत्या भएको विरोधमा आक्रोशित क्यारियरका कर्मचारी, मजदूरहरुले दुवे शव वीरगंजमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले वडा प्रहरी कार्यालय बिर्तामा नाराबाजी गरेका थिए। लाठी, फाटासहित निस्किएको शव जुलुसले प्रहरी-प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालका प्रमुख रिचर्ड बेनेटको भनाइ

काठमाडौं, २५ मंसिर । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालका प्रमुख रिचर्ड बेनेटद्वारा मानवअधिकार दिवसको अवसरमा मन्तव्य दिनुभएको छ । मन्तव्य यस प्रकार छ - सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय मानवअधिकार आयोगका माननीय अध्यक्ष केदारनाथ उपाध्याय, आयोगका सदस्य, माननीय मन्त्रीहरू, संविधानसभाका माननीय सदस्यहरू, महामहिम राजदूतहरू, आयोगका कर्मचारीहरू, संयुक्त राष्ट्रसङ्घका सहकर्मीहरू, नागरिक समाज तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू र महिला तथा सज्जनवृन्दः मानवअधिकार उच्चायुक्त तथा नेपालको सम्पूर्ण संयुक्त राष्ट्रसङ्घीय प्रणालीको तर्फबाट बोल्न पाउँदा म गौरवान्वित भएको छु। यस वर्षको मानवअधिकार दिवसका लागि मानवअधिकार उच्चायुक्तले छान्नुभएको नारा “विविधता अपनाऔं, विवेध अन्त्य गरौं” ले नेपालका लागि निश्चयनै धेरै ठूलो महत्त्व राखेको छ। नेपाल धेरै अर्थमा विविधतायुक्त देश हो ु यहाँ विभिन्न जाति, धर्म र भाषाका मानिसहरू छन्। यहाँ विभिन्न यौन झुकाव भएका महिला तथा पुरुषहरू छन्। त्यस्तै, सहरमा तथा गाउँमा बस्ने मानिसहरू छन्। विविधता अङ्गाल्ने प्रत्येक समाजले आफ्नो सम्पन्नत...

गोली प्रहारबाट म्यानेजरको मृत्यु

वीरगंज, २५ मंसिर । वीरगंजको एक चर्चित क्यारियरका म्यानेजरको अपराधी समूहले गोली प्रहार गरी हत्या गरेको छ। आज सांझ वीरगंजको आदर्शनगरस्थित रहेको पशुपति क्यारियरमा काम गरिरहेका मैनेजर भारत, मोतिहारी, अररिया निवासी राजेश्वर दुबेमाथि गोली प्रहार गरेको हो। घाइते दुवेको दाहिने कोखामा एक गोली लागेपछि उनको नाउक्षे अस्पताल ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको छ। हाल दुबेको शव नाउक्षे अस्पताल वीरगंजमा राखिएको छ ।

बन्द अवधिभरको तलब ज्याला भुक्तानी नदिन वीउवासंघको अनुरोध

वीरगंज, २५ मंसिर । अनिश्चितकाल उद्योग प्रतिष्ठान बन्दको अवस्थामा नो वर्क नो पेको सिद्धान्त अनुरुप काम नगरेको अवधिको कुनै तलब ज्याला भुक्तानी नगर्न समस्त औद्योगिक प्रतिष्ठानमा वीरगंज उद्योग वाणिज्य संघले जानकारी गराएको छ। आज वीउवासंघले एक प्रेस विज्ञप्ति जारी गरी बन्द आह्वानकर्तालाई तत्काल बन्द फिर्ता लिएर असल औद्योगिक श्रम सम्बन्ध कायम गराउन आहवान गरेको छ। एनेकपा माओवादी निकट भोजपुरा उपराज्य समिति तथा अखिल नेपाल टे्रड युनियन महासंघद्वारा उद्योग प्रतिष्ठानसंग कुनै सम्बन्ध नै नभएको पृथक प्रकृतिको शिक्ष्ँण अस्पताल नेशनल मेडिकल कलेजको विवादलाई आधार बनाएर उद्योग प्रतिष्ठान बन्द गराउने एक पक्षीय घोषणाको वीरगंज उद्योग वाणिज्य संघले घोर भर्त्सना गरेको छ। एनेकपा माओवादीको केन्द्रीय तहबाट मंसिर २४ गतेको नेपाल बन्द आधिकारिक रुपबाट फिर्ता लिइसकेपछि पनि अन्य भातृ संगठनको नामबाट बन्द आह्वान गर्नु उचित नभएको ठहर विज्ञप्तिमार्फ गरिएको छ।

ट्राफिक इन्चार्ज कोइरालालाइ कारबाहीको मांग

वीरगंज, २५ मंसिर । एक पंजाबी व्यक्तिको दारी समातेर दुव्र्यवहार गरेको विरोधमा वीरगंजका पंजाबी समुदायले जिल्ला प्रहरी कार्यालय पर्सालाई एक ज्ञापनपत्र बुझाई ट्राफिक प्रहरीलाई कारबाहीको मांग गरेको छ । आज गुरुद्वारा गुरुनानक सतसंग श्रीपुर वीरगंजले आज बुझाएको ज्ञापनपत्रमा गत मंसिर २२ गते घडिअर्वा पोखरी छेउ पंजाबी व्यक्ति त्रिलोचन सिंह सिखलाई ट्राफिक प्रहरी इन्चार्ज एकनारायण कोइराराले सामान्य गल्तीमा उनको दाह्री समातेर अपमान गरेको उल्लेख छ।

वीरगंजमा ट्राफिक समस्या

-प्रणय कुमार, वीरगंज २५ मंसिर/ उपभोक्ताका लागि आवश्यक पार्किङ्गको क्षेत्रको व्यवस्था नगरिकनै वीरगंजमा खुलेका बैंकिङ्ग प्रतिष्ठानहरुका कारण यहांको ट्राफिक व्यवस्था अस्तब्यस्त बनेको छ। वीरगंजको मुटु मानिने अर्थात मुख्य बजार क्षेत्र आदर्शनगरमा रहेका अधिकांश बैंकहरुले विना पार्किङ्ग क्षेत्रकै बैंक संचालन गरिरहेका छन्। आदर्शनगरको यस रोडको दुवै छेउमा गरेर एक दर्जन भन्दा बढि बैंकहरु संचालनमा रहेका छन्। तर यी मध्ये एउटा वीरगंज फाईनान्स बाहेक कुनै बैंकले पनि पार्किङको सुविधा दिएका छैनन्। पार्किङ र नो पार्किङ क्षेत्र नै नछुट्याईको वीरगंजमा बैंकिङ प्रतिष्ठानहरुले पार्किङको व्यवस्था नगरेर अथवा भएकाले पनि उपभोक्तालाई प्रयोग गर्न नदिएकाले अन्य सवारी चालकलाई अप्ठेरो पर्ने र सवारी दर्ुघटना हुनसक्ने जान्दाजान्दै पनि बाध्य भएर वीच बाटोमै पार्किङ गर्नु परेको स्थानीयबासीको गुनासो छ । वीरगंजमा सरर्सर्ती हर्ेदा तीन वटा मात्र निजी बैंंकमा पार्किङ क्षेत्र भएको पाईयो तर तीनले पनि उपभोक्तलाई भने सो पार्किङ क्षेत्र उपलब्ध गराएका छैनन् । यस विषयमा कुरा उठाउंदा बैंकका संचालकहरु विभिन्न पक्षलाई दोष दिदै पन्छिने गर...

पत्रकारद्वारा सभाध्यक्षलाइ ज्ञापनपत्र

वीरगंज, २५ मंसिर । रुकुमका पत्रकार टिका विष्टमाथि सांघातिक हमला गर्नेहरुमाथि कारबाही र बाराका पत्रकार वीरेन्द्र साहको हत्यारालाइ कारबाहीको मांग गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले संविधानसभा अध्यक्षलाई एक ज्ञापनपत्र बुझाएको छ । आज बिहान पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपालको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी यादव कोइरालालाई ज्ञापनपत्र बुझाएको हो।