Skip to main content

बन्द अवधिभरको तलब ज्याला भुक्तानी नदिन वीउवासंघको अनुरोध

वीरगंज, २५ मंसिर । अनिश्चितकाल उद्योग प्रतिष्ठान बन्दको अवस्थामा नो वर्क नो पेको सिद्धान्त अनुरुप काम नगरेको अवधिको कुनै तलब ज्याला भुक्तानी नगर्न समस्त औद्योगिक प्रतिष्ठानमा वीरगंज उद्योग वाणिज्य संघले जानकारी गराएको छ।
आज वीउवासंघले एक प्रेस विज्ञप्ति जारी गरी बन्द आह्वानकर्तालाई तत्काल बन्द फिर्ता लिएर असल औद्योगिक श्रम सम्बन्ध कायम गराउन आहवान गरेको छ।
एनेकपा माओवादी निकट भोजपुरा उपराज्य समिति तथा अखिल नेपाल टे्रड युनियन महासंघद्वारा उद्योग प्रतिष्ठानसंग कुनै सम्बन्ध नै नभएको पृथक प्रकृतिको शिक्ष्ँण अस्पताल नेशनल मेडिकल कलेजको विवादलाई आधार बनाएर उद्योग प्रतिष्ठान बन्द गराउने एक पक्षीय घोषणाको वीरगंज उद्योग वाणिज्य संघले घोर भर्त्सना गरेको छ।
एनेकपा माओवादीको केन्द्रीय तहबाट मंसिर २४ गतेको नेपाल बन्द आधिकारिक रुपबाट फिर्ता लिइसकेपछि पनि अन्य भातृ संगठनको नामबाट बन्द आह्वान गर्नु उचित नभएको ठहर विज्ञप्तिमार्फ गरिएको छ।

Comments