Skip to main content

गोली प्रहारबाट म्यानेजरको मृत्यु


वीरगंज, २५ मंसिर । वीरगंजको एक चर्चित क्यारियरका म्यानेजरको अपराधी समूहले गोली प्रहार गरी हत्या गरेको छ।
आज सांझ वीरगंजको आदर्शनगरस्थित रहेको पशुपति क्यारियरमा काम गरिरहेका मैनेजर भारत, मोतिहारी, अररिया निवासी राजेश्वर दुबेमाथि गोली प्रहार गरेको हो।
घाइते दुवेको दाहिने कोखामा एक गोली लागेपछि उनको नाउक्षे अस्पताल ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको छ। हाल दुबेको शव नाउक्षे अस्पताल वीरगंजमा राखिएको छ ।

Comments