Skip to main content

Posts

भोलि मधेश राज्य घोषणा गर्ने

वीरगंज, १ पुष । स्वतन्त्र मधेशी युवा फोर्स पर्साले भोलि मधेश राज्य घोषणा गर्ने चेतावनी दिएको छ। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षँत्कारमा बोल्दै फोर्सका अध्यक्ष प्रदीपकुमार विश्वकर्माले माओवादीको गणराज्य घोषणाविरुद्ध मधेशी दलहरु एकजुट भइ सम्बोधन नगरे स्वतन्त्र मधेशी युवा फोर्स मधेशीहरुको मधेशमा हुने सबै कार्यक्रमको विरोध गर्दै अपरान्ह मधेश राज्य घोषणा गर्ने बताए।

गिरिजा र माधवलाइ मधेश पस्न भिषा लाग्ने

वीरगंज, १ पुष । मधेशी जन अधिकार फोरम नेपाल परित्याग गरी केही कार्यकर्ताहरु मधेश तराइ फोरममा प्रवेश गरेका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कार तराइ फोरम प्रवेश गरेका मुक्तिनारायण बैठा, अनिल गुप्ता, शम्भु श्रीवास्तव रहेका छन्। साक्षात्कारमा भाग्यनारायण बैठाले गिरिजा, माधवकुमार नेपाललाइ मधेश प्रवेश गर्दा भिषा लिएर आउनुपर्ने अवस्था सिर्जना गर्ने चेतावनी दिए।

दुबेको हत्यामा संलग्न एक पक्राउ

वीरगंज, १ पुस । वीरगंज, आदर्शनगर-१३ स्थित रहेको पशुपति रोड कैरियर्सका कर्मचारी राजेश्वर दुबेको हत्यामा संलग्न रहेको एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सर्ाा आज र्सार्वजनिक गरेको छ। गत मंसिर २३ गते बेलुका सवा पांच बजे अनटेस्ट मोटरसाइकलमा आएका तीनजना मध्ये वीरगंज -१९ इनर्वा बस्ने १८ वर्षीय सन्तोषकुमार दासलाइ प्रहरीले र्सार्वजनिक गरेको हो। दुबेको हत्यामा सात व्यक्ति संलग्न रहेको र उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दासलाइ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। यसअघि पनि दास हातहतियार तथा खरखजाना अर्न्तर्गत पक्राउ परेपछि उनले वीरगंज कारागारमा ९ महिना कैद काटेका थिए। यता दासले आफू निर्दोष रहेको र हत्या नगरेको बताए। दुबेको हत्याको घटनामा वीरगंज उद्योग वाणिज्य संघ एवं ट्रान्सपोर्ट एशोसिएसन वीरगंजले संयुक्त संर्घष्ा समिति गठन गरी दुइ दिन वीरगंज बजार बन्द गरी ढुवानी सेवाहरु ठप्प पारेका थिए । नागरिक समाजलाई शान्ति-सुरक्ष्ँाको प्रत्याभूति दिनुपर्ने लगायतका चार बु“दे मांग राखी स्थानीय प्रहरी प्रशासनको विरोधमा आन्दोलन गरेपश्चात सम्...

गणराज्य घोषणाले जातीय द्वन्द्वतिर लैजाने खतरा

काठमाडौं, १ पुस। कानुनविद्हरुले एकीकृत माओवादीको जारी गणराज्य घोषणा संविधान, कानुन र बृहत शान्ति सम्झौताको गम्भीर उल्लंघन भएको र यसले मुलुकलाई जातीय द्वन्द्वतिर धकेलेको औंल्याएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उनीहरुले यसको संवैधानिक र कानुनी हैसियत नरहने जिकिर गरे। कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीले गणराज्य घोषणा गरेर माओवादीले गृहयुद्ध निम्त्याएको बताए। उनले गणराज्य घोषणा र व्यक्तिगत सम्पत्ति कब्जा गरेर माओवादीले मुलुक र संविधानप्रति बेइमानी गरेको आरोप समेत गराए। आधुनिक राज्यमा जातविशेषको राज्य नबन्ने दाबी गर्दै उनले यस्तो घोषणाको मान्यता शून्य रहेको बताए। 'आधुनिक राज्यमा जातिविशेषलाई आर्थिक र सांस्कृतिक अधिकार दिन सकिन्छ, राजनीतिक र नागरिक अधिकारमा विभेद गर्न सकिन्न। उनले संविधान बनाउन ५ महिनाको समय यथेष्ट भएको बताउँदै दलहरुलाई छलफल गर्न बार संविधानको मस्यौदा बुझाउन तयार रहेको बताए। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रमा अधिवक्ता टीकाराम भट्टर्राईले माओवादी राजतन्त्र ब्युँताउने र संघीयता...

प्रेस काउ_िन्सलले पक्षपातपूर्ण वर्गीकरण गरेको विरोधमा सूचना तथा संचारमन्त्रीको पुतला दहन गरिने

वीरगंज ३० मंसिर । प्रेस काउन्सील नेपालले पत्रपत्रिका वर्गीकरणमा पक्षपात विभेद धाँधलीपूर्ण निर्णय गरेको विरुद्ध सम्पादक प्रकाशक राष्ट्रिय संघर्ष समितिले आज सूचना तथा संचार मन्त्रालयमा घेराउ गर्ने क्रममा एक दर्जन पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा संयोजक विष्णुकुमार प्रसाइ धीरेन्द्र झा मैथिल नेपाल प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोत्तम भटराइ पत्रकार सुदर्शन राज पाण्डेलगायत एघार जना रहेका छन्। त्यसैगरी संघर्ष समितिले भोलि रत्नपार्कमा सूचना तथा संचार मन्त्री शंकर पोखरेलको पुतला दहन गर्नेछ भने सूचना तथा संचार अन्तर्गत प्रेस काउ_िन्सलको मापदण्ड नीति दहन गर्ने पसर्ि लालटेन जुलुस रिले अनसन र आमरण अनसन गर्ने जनाएको छ । धर्नामा बसिरहेको बेलामा संचारमन्त्रालयले वार्तामा बोलाए पनि आज वार्ता हुन सकेन । यस न्यायपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्ण पीडित पत्रकारहरुलाई आन्दोलनमा आउन संघर्ष समितिले आग्रह गरेको छ। यसैवीच रिपोर्टस क्लब नेपाल पर्साका वरिष्ठ सल्लाहकार एवं पर्साका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको विरोधमा रिपोर्टस क्लब नेपाल पर्साले घोर भत्सर्ना गरेको छ। आज ...

ब्राउनसुगरसहित एकजना पक्राउ

वीरगंज, ३० मंसिर । ब्राउन सुगर सहित पर्सा प्रहरीले एकजना पक्राउ गरेको छ। जिउमा लुकाई बीरगंजबाट काठमाण्डौ तर्फजाँदै गरेको अवस्थामा बिषेश सुराकीको आधारमा गण्डक प्रहरीले चेक जाँचको क्रममा १० ग्राम ब्राउन सुगर सहित एक जनालाइ पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्ला काभ्रे बनेपा नगरपालिका ६ निवासी २३ बषर्ीय राज कुमार मान्नधर रहेका छन्। पक्राउ परेका मान्नधरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी निरीक्षक भुवनेश्ार साहले बताएका छन्।

नेकपा एमाले पर्सामा दुइ गुट

वीरगंज, ३० मंसिर । नेकपा एमाले पर्सा दुइ गुटमा विभाजन भएको छ। एमालेको सातौँ जिल्ला कमिटी अधिवेशनमा अध्यक्ष पदको दाबेदारी गर्ने विजय महतो र जयप्रकाश थारुबीच चर्काे विवाद उत्पन्न भएको छ। आज आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै जयप्रकाश थारुले आफू अध्यक्षमा निर्वाचित भएको दाबी गरे भने अर्का गुट विजय महतोले जिल्ला अधिवेशनबाट आफू अध्यक्षमा चुनिएका विज्ञप्तिमार्फ जनाएका छन्।