Skip to main content

दुबेको हत्यामा संलग्न एक पक्राउ


वीरगंज, १ पुस । वीरगंज, आदर्शनगर-१३ स्थित रहेको पशुपति रोड कैरियर्सका कर्मचारी राजेश्वर दुबेको हत्यामा संलग्न रहेको एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सर्ाा आज र्सार्वजनिक गरेको छ।
गत मंसिर २३ गते बेलुका सवा पांच बजे अनटेस्ट मोटरसाइकलमा आएका तीनजना मध्ये वीरगंज -१९ इनर्वा बस्ने १८ वर्षीय सन्तोषकुमार दासलाइ प्रहरीले र्सार्वजनिक गरेको हो।
दुबेको हत्यामा सात व्यक्ति संलग्न रहेको र उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दासलाइ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यसअघि पनि दास हातहतियार तथा खरखजाना अर्न्तर्गत पक्राउ परेपछि उनले वीरगंज कारागारमा ९ महिना कैद काटेका थिए।
यता दासले आफू निर्दोष रहेको र हत्या नगरेको बताए।
दुबेको हत्याको घटनामा वीरगंज उद्योग वाणिज्य संघ एवं ट्रान्सपोर्ट एशोसिएसन वीरगंजले संयुक्त संर्घष्ा समिति गठन गरी दुइ दिन वीरगंज बजार बन्द गरी ढुवानी सेवाहरु ठप्प पारेका थिए । नागरिक समाजलाई शान्ति-सुरक्ष्ँाको प्रत्याभूति दिनुपर्ने लगायतका चार बु“दे मांग राखी स्थानीय प्रहरी प्रशासनको विरोधमा आन्दोलन गरेपश्चात सम्बन्धित सुरक्ष्ँा निकायले तत्काल उक्त घटनामा संलग्न रहेका दोषीलाई एक हप्ताभित्र र्सार्वजनिक गर्ने प्रतिबद्धता समेत गरेको थियो । सोही प्रतिबद्धतालाई पुष्टि गर्ने अभ्रि्राय अनुरुप आज सो घटनामा संलग्न रहेको एक अभियुक्तलाई प्रहरीले र्सार्वजनिक गरेको हो।
यसैवीच २० थान स्काइ मोबाइल सेट सहित एक भारतीय नागरिकलाइ पक्राउ गरेको जनाएको छ। भारत मोतिहारी संग्रामपुर घर भइ हाल हेटौडा बस्ने वर्ष २० को अर्जुन शर्मालाइ गए राति प्रहरीले पक्राउ गरेको थियो, पक्राउ परेको मोबाइलको मूल्य ५० हजार रहेको जनाइएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।