Skip to main content

Posts

मधेशी मुक्तिको लागि माघ २ गते तेश्रो चरणको आन्दोलन- यादव

वीरगंज, २८ पुस । मधेशी जन अधिकार फोरम नेपालले मधेशी समुदायको मुक्तिका लागि तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन्। आज मधेशी मुस्लिम फोरम नेपालले वीरगंजको टिवडेवाला धर्मशाला वीरगंजमा आयोजित स्वागत-सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै उनले संघीयता एवं गणतन्त्र विरोधीहरुले षडयन्त्र गरिरहेको हुँदा माघ २ गतेदेखि संघर्षका कार्यक्रम अगाडि सार्ने बताए। उनले मुस्लिम समुदायको जायज मांग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिए। विभेद रहुन्जेल शान्ति हुंदैन समयमा संविधान बनेपछि सबैलाइ समान अधिकार पाएपछि मुलुकमा शान्ति स्थापना हुने समेत बताए। कार्यक्रममा सभासदहरु, स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति थियो ।

नेपाल शिक्षक संगको मध्यपश्चिमाञ्चल क्षेत्रिय भेला रोल्पामा

-ज्ञानेन्द्र शर्मा- रोल्पा, २८ पुस। नेपाल शिक्षक संगको मध्यपश्चिमाञ्चल क्षेत्रिय भेला आजदेखी रोल्पाको लिवाङमा सुरु भएको छ। भेलाको उद्घाटन नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष मोहन ज्ञावालीले गर्नुभएको छ। कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष मोहन ज्ञावाली, पर्ूव राज्य मन्त्रि भिम कुमारी बुढा, पर्ूव सभासद लेखनाथ आचार्य, सहयाक प्रमुख जिल्ला अधिकारी धन बहादुर केसी, निमित्त स्थानिय बिकास अधिकारी महेन्द्र सापकोटा, एकिकृत नेकपा माओवादीका प्रतिनिधी, नेपाली काग्रेसका प्रतिनिधी, नेकपा एमालेका प्रतिनिधी, बिभिन्न संघ सस्थाका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको छ। केही बेर अगाडीबाट सुरु भएको कार्यक्रममा अहिले प्रमुख अतिथी तथा अतिथीहरुले शुभकामना मन्तव्य दिने क्रम चलिरहेको छ। भोलीसम्म चल्ने भेलामा मध्यपश्चिमाञ्चल बिकास क्षेत्रका १५ वटा जिल्लाका शिक्षक प्रतिनिधीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ।

आगलागी हुदाँ ३ लाख बराबरको क्षति

ज्ञानेन्द्र शर्मा/लिवाङ लिवाङ रोल्पा पौष २८ गते रोल्पाको राङ्कोट गाविस वडा नं ५ दाउन्ने भिर निवासी बुवे खड्काको घरमा हिजो बेलुकी आगलागी हुदाँ ३ लाख बराबरको क्षति भएको छ । आगलागी बाट मानबिय क्षति नभएपनि घर जलेर नष्ट भएको छ । आगलागी के कसरी भएको भन्ने बारेमा खुल्न सकेको छैन । केही दिन यतो मयमा पनि रोल्पा र प्युठान जिल्लाका केही स्थानहरुमा आगलागीको घटना दिनानुदिन बढिरहेको छ ।

रामचन्द्र पौडेलद्वारा बेलायतमा सम्वोधन

बेलायत, २८ पुस । नेपाली काँग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले आज बेलायत स्थित चाथम हाउस -रोयलर् इन्सिचीयूट अफर् इन्टरनेशनल एफेएरस) मा आयोजित कार्यक्रममा नेपालको जारी शान्ति प्रकृया र प्रजातन्त्रको भविश्यको बारेमा सम्बोधन गरेका छन्। उक्त कार्यक्रममा नेपालको शान्ति प्रकृया र संविधान निर्माणमा भएको प्रगतीको बारेमा बेलायती बुद्धिजीविहरुले जिज्ञाशा राखेका थिए। बेलायत सरकारले नेपाल सरकारलाई दिदै आएको सहयोगको सराहना गर्दै दुइ देश विचको सम्वन्ध आगामी दिनमा अझ प्रगाढ हुनुपर्ने कुरामा जोड दिए। उनी गत पौष २६ गते वेलायत सरकारको निमन्त्रणामा बेलायतको १० दिने भ्रमणमा गएका थिए। पौडेलसंग नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशी पनि सहभागी भएको प्राप्त जानकारीमा उल्लेख छ।

घरको छतबाट खसेर मृत्यु

ज्ञानेन्द्र शर्मा रोल्पा पौष २७ गते। रोल्पा जिल्ला संग सिमाना जोडिएको प्युठानको भिगृ गाविसमा आज एक जना बिद्यार्थीको घरको छतबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा भिगृ गाविस किमिचौर निवासी १२ बर्षा कमल बहादुर र्घर्तिमगर रहेका छन्। मृतक कमल र्घर्ति श्री अमर उच्च माध्यामिक बिद्यालय भिगृमा कक्षा ७ मा अध्ययन गर्दै आएका थिए।

थारु कल्याणकारी सभाले अवधारणा र मस्यौदालाइ चलाउने

वीरगंज, २७ पुस । संविधानसभाले अहिलेसम्म तयार पारेका ९ वटा समितिका अवधारणा र मस्यौदालाइ थारु कल्याणकारिणी सभाले देशभरि जलाउने चेतावनी दिएको छ। आज सभाका महामन्त्री राजकुमार लेखीले जारी गरेको विज्ञप्तिमा सरकारसंग गत चैत १ गते भएको सहमति कार्यान्वयनका लागि आन्दोलनका थप कार्यक्रमहरु पछि र्सार्वजनिक गरिने उल्लेख छ।

बहराइनमा २५९४ औं तो (बाघ) ल्होसार भव्यरुपमा सम्पन्न

-सन्तोष दाहाल बहराइन, २७ पुस। जनवरी ७ तारीखको साँझ उम अल-हसन स्थित होटल प्यालेसइनमा बहराइनमा कार्यरत तमुहरूले भव्यरुपमा २५९४ औं तो ल्होसार मनाए। तीन सय भन्दा बढि दर्शकहरूले खचाखच भरिएकोर् इम्पेरियल हलमा आयोजित साँस्कृतिक कार्यक्रमले सबैलाई भरपूर मनोरञ्जन दिएको थियो। र रात्रिभोजपछि सामूहिक नाचसँगै गाई -ल्हों) वर्गलाई बिदा गर्दै नयाँ तोंल्हो -बाघ वर्ग)को स्वागत गरिएको थियो। प्रमुख अतिथि भूपू कर्नेल पूर्ण बहादुर तमूले दीप प्रज्जवलन गरी कार्यक्रमलाई औपचारिक रुपमा शुरु गर्नु भएको थियो। त्ामू समाज बहर्राईन्ाको वर्तमान अध्यक्ष दिपक तमूलेे यस कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएको थियो। तमू समाजकै संस्थापक अध्यक्ष गम तमू, प्रवक्ता कृष्ण तमूको उपस्थितीमा बहर्राईमा सक्रिय अन्य थुप्रै संगठनका पदाधिकारीहरू आमन्त्रित थिए। साथै, सहयोगकर्त्तर्ााथा आयोजक संघसंस्थानका प्रमुखहरू पनि कार्यक्रममा उपस्थित थिए। संगठनकै लगभग तीसओटा जति सदस्यहरू स्वयंसेवक खटिएका थिए। चेलीद्वय माया तमूस्यो र राधा तमूस्योले अतिथि तथा पाहुनाहरूलाई ब्याज वितरण गरी स्वागत गरेका थिए। नियोजित समयभन्दा ढिलो शुरु हुन गएको कार्यक्रमम...