Skip to main content

बहराइनमा २५९४ औं तो (बाघ) ल्होसार भव्यरुपमा सम्पन्न

-सन्तोष दाहाल
बहराइन, २७ पुस। जनवरी ७ तारीखको साँझ उम अल-हसन स्थित होटल प्यालेसइनमा
बहराइनमा कार्यरत तमुहरूले भव्यरुपमा २५९४ औं तो ल्होसार मनाए। तीन सय
भन्दा बढि दर्शकहरूले खचाखच भरिएकोर् इम्पेरियल हलमा आयोजित साँस्कृतिक
कार्यक्रमले सबैलाई भरपूर मनोरञ्जन दिएको थियो। र रात्रिभोजपछि सामूहिक
नाचसँगै गाई -ल्हों) वर्गलाई बिदा गर्दै नयाँ तोंल्हो -बाघ वर्ग)को
स्वागत गरिएको थियो।
प्रमुख अतिथि भूपू कर्नेल पूर्ण बहादुर तमूले दीप प्रज्जवलन गरी
कार्यक्रमलाई औपचारिक रुपमा शुरु गर्नु भएको थियो। त्ामू समाज
बहर्राईन्ाको वर्तमान अध्यक्ष दिपक तमूलेे यस कार्यक्रमको सभापतित्व
ग्रहण गर्नु भएको थियो। तमू समाजकै संस्थापक अध्यक्ष गम तमू, प्रवक्ता
कृष्ण तमूको उपस्थितीमा बहर्राईमा सक्रिय अन्य थुप्रै संगठनका
पदाधिकारीहरू आमन्त्रित थिए। साथै, सहयोगकर्त्तर्ााथा आयोजक संघसंस्थानका
प्रमुखहरू पनि कार्यक्रममा उपस्थित थिए। संगठनकै लगभग तीसओटा जति
सदस्यहरू स्वयंसेवक खटिएका थिए। चेलीद्वय माया तमूस्यो र राधा तमूस्योले
अतिथि तथा पाहुनाहरूलाई ब्याज वितरण गरी स्वागत गरेका थिए।
नियोजित समयभन्दा ढिलो शुरु हुन गएको कार्यक्रममा दर्शकहरूले निकै
रमाईलो गरे। अमृत तमूले शुरुवात दिएको कार्यक्रमलाई कलाकारहरूले "औंसो
प्रदो तमूमे विकास लबरी" गीतले अगाडि बढाएका थिए। त्यसपछि पदम सुन्दर
तमूले स्वागत मन्तव्य राखेका थिए। यस कार्यक्रमलाई चन्द्र तमू, पदम
सुन्दर तमू तथा किरण तमूले संञ्चालन गरेका थिए। कार्यक्रमभरी थुप्रै
नाचगानआदीले दर्शक तथा पाहुनाहरूलाई भरपूर मनोरञ्जन दिएको थियो। गायनमा
राम तमू, किरण तमू, संगम तमू होम तमू, बिना पुन तथा श्रावण मिक्चन आदिको
प्रदर्शन सराहनीय थिए। साथै नृत्यमा अमृत तमू, राम तमू, चाँदनी तमूस्यो,
कला श्रेष्ठ, विश्वास, सबिना, तथा अनीता शर्मा आदीले कार्यक्रमलाई
अन्त्यसम्म पुर्‍याएका थिए। कार्यक्रमपछि विशेष सहयोगको लागि
कलाकारहरूलाई प्रमुख अतिथि श्री पूर्ण बहादुर तमू, संस्थापक अध्यक्ष र
संरक्षक गम तमू, प्रवक्ता श्री कृष्ण तमू , संगठनका अध्यक्ष दिपक तमू
साथै नेपाली क्लबका संस्थापक अध्यक्ष दिपक खड्का, नेपाली क्लबका वर्तमान
अध्यक्ष दर्ुगा गिरी तथा ख्ाोटाङ जनकल्याणकारी उद्घार समितिका दर्ुगा
थापा जस्ता मान्यजनहरूको हातबाट प्रमाण-पत्र प्रदान गरिएको थियो।
बहराइनमा निकै लामो समय अन्तरालपछि आयोजित यस नेपाली तमूहरूको
कार्यक्रममा दर्शकहरूको उपस्थिती उलेख्नीय थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।