Skip to main content

Posts

१९५० को सन्धि पुनरावलोकन होइन, प्रतिस्थापन ः माओवादी

सीमा, तटबन्धलगायत समस्यामा कांग्रेस सहमत काठमाडौं, माघ ४। एकीकृत नेकपा माओवादीका स्थायी समितिका सदस्य वर्षान पुनले सन् १९५० को शान्ति तथा मैत्री सम्बन्धको पुनरावलोकन होइन, प्रतिस्थापन आवश्यक भएको बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा नेता पुनले आफ्नो पार्टी विगतका असमान सन्धिलाई नयाँ राजनीतिक सर्न्दर्भमा नयाँ सन्धि गर्ने पक्षमा रहेको बताए। 'भारतीय विदेश मन्त्री एसएम कृष्णाले विना कूटनीतिक भाषामा स्पष्ट आफ्ना कुरा सोझै राखेका छन्। हामीले पनि स्पष्ट रुपमा राखेका छौं,' उनले भने- तर, माओवादी आन्दोलन र नेपाली जनताको संवेदना डार्इभर्ट गर्न खोजेको होइन भने यसलाई हामीे सकारात्मक रुपमा लिन चाहन्छौं। भारतसँग हामीले सम्बन्धै चाहिँदैन भनेका होइनौं, समानताका आधारमा नयाँ ढंगले सम्बन्धलाई परिभाषित गर्न खोजेका हौं। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेता पुनले भारतीय स्थल सेनाध्यक्ष दीपक कपुरले सेना समायोजनबारे स्पष्ट धारणा राख्नुपर्ने बताए। 'सेना समायोजनबारे विवादास्पद धारणा दिने भारतीय स्थल सेनाध्यक्ष ...

अर्न्तक्रिया तथा सम्मान कार्यक्रम, राकँ गाविसको गाउँ परिषद विभिन्न खेलकूद प्रतियोगिता

ज्ञानेन्द्र शर्मा रोल्पा, ४ माघ। चन्द्र माडी युवा क्लव बाजाबाङ  रोल्पालेे माघे सक्रान्तिको अबसर पारेर आयोजना गरेको बिभिन्न खेलकुद प्रतियोगिताहरु आज सम्पन्न भएका छन्।     कार्यक्रममा भलिबल, हाजिरी जवाफ, घैटाफोर, रस्साकसीँ र भाले छोपार्ँइ प्रतियोगिता संचालन गरिएको थियो।     १२ टिमको बिचमा प्रतिस्पर्धा भएको भलिवल प्रतियोगितामा सिर्जनशील युवा क्लव महेन्द्री प्रथम, समाज सेवी युवा क्लव कोछाप दोस्रो र सल्लीबोटको टिम तेस्ा्रो भएका छन्।     यसैगरी हाजिरी जवाफ तर्फचन्द्र माडी युवा क्लवको ए टिम प्रथम, सुस्मीता स्मृती युवा क्लव हरीगाउँ दोस्रो र चन्द्र माडी युवा क्लवको बि टिम तेस्रो भएका छन्।     घैटाफोर प्रतियोगिता तर्फहरिगाउँ रोल्पाका अरुण थापाले प्रथम स्थान हासिल गरेका छन्।     रस्साकसी प्रतियोगिता तर्फसल्लीबोटको टिम प्रथम, लेकाली युवा क्लव खेवासेको टिम दोस्रो र चन्द्रमाणी युवा क्लव बाजबाङको टिम तेस्रो भएका छन्।     भाले छोपार्ँइ प्रतियोगिता तर्फबाजबाङका टेक बहादुर र्घर्ति प्रथम भएका छन्।  ...

महाशिवरात्री महामहोत्सवको उदघाटन

वीरगंज, ४ माघ । महाशिवरात्री महामहोत्सव महायात्रा २०६६ को उदघाटन भएको छ।     आज वीरगंजको इटियाही गाविसमा आयोजना भएको शिव महायज्ञको प्रमुख अतिथि परमपूज्य परमहंस शिरोमणी गलेश्वर आश्रम पीठाधीश्वर  श्री १००८ स्वामी आनन्दजी महाराजले उदघाटन गरेका हुन्।     आजदेखि माघ २७ गतेसम्म महायज्ञ, पूजापाठका साथै भव्य मेला लाग्ने हुंदा र १००८ मूर्ति कलश शिवरात्रीका दिन काठमाडौंको पशुपतिनाथमा विर्सजन गरिने छ।     सो स्थानमा १००८ देवीदेवताको मूर्ति एवं विश्वप्रसिद्ध १२ ज्योतिलिङको एकै स्थानमा दर्शन गर्ने व्यवस्था छ।

चितवन र रौतहटमा दुर्घटना

वीरगंज, ४ माघ । चितवन र रौतहटमा सडक दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ भने आधा दर्जन घाइते भएका छन्।     आज बिहान चितवनको  र.न.पा.-६ मोहना नजिकै ना.२त ९९२९ नं.को ट्याक्टरको ठक्करबाट सोही ठाउं बस्ने बर्ष १३ की रोशनी श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो। प्रहरीले चालकलाई पक्राउ गरेको छ।     यसैगरी आज बिहान रौतहटको च.पुर-१ नजिकै ना.२ख ८५६४ नं.को बस र विपरित दिशाबाट आईरहेको ना.२ख ७५३१ नं.को बस एक आपसमा ठक्कर खांदा आधा दर्जन घाइते भएका छन्।     घाइते हुनेहरुमा ना.२ख ८५६४ नं.को बस चालक ज.न.पा.-७ बस्ने बिजय दास, लालगढ-८ बस्ने शंकर भुजेल, बालकुमार भुजेल, सर्लाही हजरीया-७ बस्ने अकल बि.क., रौतहट सन्तपुर-८ बस्ने किरण तिमल्सिना र हरिवन-६ बस्ने बृषराज महत घाइते भएका छन्। उनीहरुको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

शनिवार सरकारी सवारीमा सयर

भक्तपुर, ४ माघ। सरकारी गाडीहरुको चरमा दुरुपयोग माधब कुमार नेपाल सत्तामा पुगे पछि ह्वात्तै बढेको छ। एमालेका नेता शंकर पोख्रेल माघ २ गते सनिवार सरकारी गाडी नम्बर बा १ झ ८८३६ चढेर भक्तपुर सयरमा आएका थिए। सोमबजागाईको बाषिर्क उत्सबमा भाषण सुनाउन उनी एघार बजे सुर्यबिनायक आइपुगे। सञ्चार मन्त्रीको हैसियतमा आएका मन्त्रीका चालकलाई बिदामा पनि फर्ुसद मिलेन।     नेता पोख्रेल भाषण सुनाउन दुर्गन्धित ढलको किनारामा रहेको सुर्यबिनायक पार्टर्ीीयालेसमा पुगेका थिए। उनका चालकले २ घण्टा बढी समय दुर्गन्ध सहेर बस्नु पर्यो।     सोही दिन माधब कुमार नेपाल दिउँसो दुइ बजे जावालाखेलमा भुकम्प दिवसको वसरमा, सल्लाकारले दिएको चीट पढ्न गएका थिए। कुमारले पनि गाडी नम्बर १०३० को दुरुपयोग गरे। भीम रावल पनि सरकारी सवारीको दुरुपयोग गर्दै चिडियाघर अगाडि हजारौं सुरक्षाकर्मीको घेराभित्र बसेर शान्ति सुब्यस्थाको बारेमा भाषण छाँटे। असुरक्षित देशका यी नेताहरुलाई सरकारी सवारीको दुरुपयोग गरेर आफु मात्र सुरक्षाको घेरा भित्र बस्न दिनु मानसिब देखिदैन। सनिवार सरकारी सवारीमा सयर गर्ने परम्परा रोकियोस। रविन राच...

युवा क्लव तालावाङ रोल्पाले आफ्नो तेस्रो बाषिर्क उत्सव सम्पन्न, धमाधम गाउँ परिसद बैठक सम्पन्न , थबाङमा फलामको चुलो प्रर्दशन

ज्ञानेन्द्र शर्मा रोल्पा, ३ माघ। नेपाल सरकार वैकल्पिक उर्जा प्रर्वद्धन सेवा केन्द्र तथा नवीकरणीय उर्जा सहयोग कार्यक्रम अर्न्तर्गत थबाङमा फलामको चुल्हो प्रर्दशन कार्यक्रम सम्पन्न भएको छ। धुवा कम, जादो याममा राम्रो हुने फलामको चुल्हो प्रदर्शन कार्यक्रमा थबाङ बासीको भिड नै थियो। धमाधम गाउँ परिसद बैठक सम्पन्न ज्ञानेन्द्र शर्मा रोल्पा, ३ माघ। रोल्पा जिल्लामा आज भोली धमाधम गाउँपरिसद बैठक सम्पन्न भइरहेको छ। स्थानियबासिन्दाले गाउँपरिषदको अधिकाशं बजेट सडक निमार्ण्र्ाा बिनियोजन गर्ने निर्णय गरेका छन्।     यसैक्रममा रोल्पाको डुब्रिङ गाविसको गाउँ परिषद सम्पन्न भएको छ। स्थानिय बासीन्दाहरुले राष्ट्रको बिकासको लागि स्थानिय स्तरमै दिगो बिकास आवश्यकता भएको बताएका छन्।     कुल बजेट २५ लाख रकमलाई डुब्रिङ गाविसको ९ वटा वडाहरुलाई समेट्ने गरी सडक, शिक्षा, स्वास्थ्य, यातायात र पिछडिएको बर्गको उत्थ्ाान लगायतका कार्यमा बिनियोजन गरेको छ।     गाविस सचिव कम्नन गिरीको अध्यक्षतामा सम्पन्न परिषदमा बिभिन्न राजनैतिक दलका प्रतिनिधी, सुरक्षाकर्मी, बिभिन्न सरकारी तथा ग...

घरमा आग्लागी

ज्ञानेन्द्र शर्मा रोल्पा, ३ माघ।कुरेली मार्केका जयबहादुर रोकाको घरमा हिजो बेलुकी आगलागी भएको छ। सो आगलागीमा १ लाख ५० हजार बराबरको धनसम्पत्ति नष्त भएको छ।     जयबहादुर रोका उपचारको लागि लिबाङमा आएको समयमा उनका अन्य परिवारहरु काम गर्न वनमा गएको समयमा केता केटीले आगो बाल्दा आगलागी भएको हो।     प्रहरी चौकीका कुरेलीको प्रहरीले घटनाको मुचुल्का समेत बनाएको छ।