Skip to main content

महाशिवरात्री महामहोत्सवको उदघाटन

वीरगंज, ४ माघ । महाशिवरात्री महामहोत्सव महायात्रा २०६६ को उदघाटन भएको छ।
    आज वीरगंजको इटियाही गाविसमा आयोजना भएको शिव महायज्ञको प्रमुख अतिथि परमपूज्य परमहंस शिरोमणी गलेश्वर आश्रम पीठाधीश्वर  श्री १००८ स्वामी आनन्दजी महाराजले उदघाटन गरेका हुन्।
    आजदेखि माघ २७ गतेसम्म महायज्ञ, पूजापाठका साथै भव्य मेला लाग्ने हुंदा र १००८ मूर्ति कलश शिवरात्रीका दिन काठमाडौंको पशुपतिनाथमा विर्सजन गरिने छ।
    सो स्थानमा १००८ देवीदेवताको मूर्ति एवं विश्वप्रसिद्ध १२ ज्योतिलिङको एकै स्थानमा दर्शन गर्ने व्यवस्था छ।

Comments