खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क
ज्ञानेन्द्र शर्मा लिवाङ माघ २१ गते। नेपाली काग्रेसका कार्य बहाक सभापती शुसिल कोईराला आज रोल्पाको लिवाङ आइपुग्ने कार्यक्रम रहेको छ। कार्य बहाक सभापती कोईरालाले भोली नेपाली काग्रेसले रोल्पाको लिवाङमा गर्न लागेको आम सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भोली रोल्पाको लिवाङमा नपाली काग्रेसले बिशाल आम सभा गर्ने जनाएको छ। बिगतको समयमा रोल्पाका २ वटै क्षेत्रबाट आफ्नो सिट सुरक्षित गर्न सफल भएको नेपाली काग्रेसले संबिधान सभाको चुनावमा भने नराम्रो संग हार बेहोर्नु परेको थियो। नेपाली काग्रेसले रोल्पामा केही दिन यता पार्टर्ीींगठन बिस्तारलाई त्रि्रता दिएको छ भने पार्टर्ीीार्यकर्ताको लागि नबिकरण गर्ने अन्तिम समय पनि आज सम्म राखेको छ। नेपाली काग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पनि रोल्पामा आफ्नो संगठन बिस्तार गरेको छ।