वीरगंज, १९ माघ । राप्रपा नेपालले उपत्यका केन्द्रीत आन्दोलन घोषणा गरेको छ। आज वीरगंजमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समयमा संविधान घोषणा नभए फागुन ७ गतेदेखि ११ गतेसम्म आन्दोलनको घोषणा गरेका हुन्।
उनले फागुन ७ र ८गते घरदैलो प्रचार-प्रसार, ९ गते मशाल जुलुस, १०गते उपत्यका बन्द, कोणसभा, ११ गते सत्याग्रह र सिंहदरबार घेराउ गर्ने बताउनुभयो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज बाराको कलैयामा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै संविधान सभाको म्याद थप्ने र माधव नेपाल नेतृत्वको सरकार फर्ेर्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन्।
उनले आगामी जेठ १४ मा संविधान घोषणा नभए मुलुकमा गृहयुद्ध हुने र विदेशी हस्तक्षेप निम्तिने चेतावनी दिए। आफूले बिपीको नीतिलाई आत्मसात गर्ने बताउँदै राजसंस्थालाई संविधानमा स्थान नदिए लोकतान्त्रिक शक्तिलाई परास्त गर्ने चेतावनी दिए।
अहिले थापा वीरगंजको होटल सूरजमा कार्यकर्ता भेलामा सहभागी भएका छन्।

Comments
Post a Comment