Skip to main content

खडेरीबाट आहत कृषकहरू

वीरगंज, ९ असार । लामो समयदेखि पानी नपरेपछि खडेरीबाट आहत भएका छन् कृषकहरु । आज बिहान कालो बादल आकाशमा मडारिएर पानी पर्ला जस्तो गरेपनि बादलहरु हराएर गयो। आज पनि पानी परेन र दिउंसोसम्म प्रचण्ड गर्मी  भयो।
नेपाल एक कृषि प्रधान देश हो तर कृषि जीवन निर्वाहका लागि मात्र गरिन्छ । वैज्ञानिक खेती प्रणाली अपनाएर व्यवसायिक खेती गरी खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने योजना, नीति र कार्यक्रम छैन । कूल जनसंख्याको लागि ५ महिनालाई पुग्ने खाद्यान्न मात्र नेपालमा उत्पादन हुन्छ, बा“की नपुग खाद्यान्न भारतबाट वैध र अवैध रूपमा आयात भइ आपर्ूर्ति भइरहेको छ । नेपालमा भारतमा जस्तो एक वर्षा लागि आप\mनो देशको कूल जनसंख्यालाई आवश्यक पर्ने खाद्यान्नको बफर स्टक राख्ने नीति आजसम्म छैन । हिजोआज लामो खडेरीका कारण खाद्यान्न संकटको प्रबल संभावनालाई जाने बुझेका ठूला खाद्यान्न व्यापारीले खाद्यान्नको स्टक गरी दिन गुना रात चौगुनाले मूल्य वृद्धि गरी उपभोक्ताको नाजायज शोषण गरी मुनाफा कमाइरहेका छन् । बजार अनुगमन गर्ने निकाय मौन छ भने असंगठित रूपमा रहेका उपभोक्ताहरू पनि खाद्यान्न विक्रेताले कायम गरेको मूल्यलाई सहज ढंगले स्वीकार गरीरहेका छन् । उपभोक्ता आन्दोलनलाई हा“क्दै आएका उपभोक्ता संघ, संस्थाहरू पनि बढ्दो मूल्य वृद्धि, खाद्यान्नको संकट र लामो खडेरी प्रति अलिकति पनि चिन्तित देखिदैनन् । 
खडेरीको मारमा परेर आहत भएका हिमाल, पहाड र तर्राईका कृषक जनताहरूलाई तत्काल राहतका लागि प्याकेज कार्यक्रम कृषि मन्त्रालयले दिइ खडेरीबाट उत्पन्न हुने खाद्यान्न संकटको जोहो बेलैमा गरी उपभोक्ताहरूलाई राहत दिन नेपाल सरकारले विशेष चासो दिने बेला आएको छ । 
यतिखेर हिमाल, पहाड र तर्राई पूरै सुख्खा छ । मनसुन वषर्ामा भर परेर खेती गर्नुपर्ने नेपालको अवस्थामा मनसुन परिवर्तन, जलवायू परिवर्तनको ठूलो असर यतिखेर परिरहेको छ । खडेरीले खानेपानीको मुहान, खोलाको पानी सुक्दै गइरहेको छ । पानीको मात्रा खोलामा सुक्दै गएबाट जलविद्युत् उत्पादनमा समेत ठूलो असर परि लोडसेडिङको समय बढ्दै गइरहेको छ । खानेपानीको जताततै हाहाकार मच्चिएको छ । खेतबारीमा वषर्ात् नहुनाको कारण बाझैं छन्, कतिपय स्थानमा लगाइएको तरकारी, मकैबाली, धानको ब्याड सुकेको छ । 
मनसुन वषर्ा असार महिनाको १५ गते आइपुग्न लाग्दा समेत नभएबाट मुलुकभर र्सर्ूयको तापक्रम बढेर जमिन तातेर सहन नसक्ने प्रचण्ड गर्मीको पीडा सहेर नेपाली जनताहरू बा“चीरहेका छन् । प्रचण्ड गर्मीसंगै घाउ, खटिरा, नानाथरिका रोगको महामारी भइरहेको छ । पशुपंक्षी, गाइबस्तु र वनस्पति सबै प्रचण्ड तापमा पिल्सिरहेका छन् । मनसुन वषर्ा पर््रयाप्त हुनुमा श्रावण महिना पर्खनुपर्ने स्थिति छ । श्रावण महिनासम्म गर्मीको पीडाबाट धेरै मानिसको मृत्यु समेत हुन सक्दछ । खेतबारीमा लगाइएको बाली सुक्दै जाने र नया“ बाली लगाउन पानी नभएको कारण खाद्यान्न संकटसंगै र मूल्य वृद्धि हु“दा पनि सरकार जवाफदेहिता र उत्तरदायित्वबाट पन्छिरहेको पाइन्छ । 
वषर्ात्को अभावमा घा“ससमेत नउम्रिनाले गाइवस्तु समेत आहारा खान र पानी पिउन नपाएर मर्ने अवस्था आउ“दैछ । यस्तो गम्भीर र विषम अवस्था आउ“दा समेत माधव कुमार नेपालले नेतृत्व गरेको नेपाल सरकार आम कृषक, उपभोक्ताहरूको हितमा भन्दा आप\mनो निहित स्वार्थमा सम्पर्ूण्ा समय खेर फालेर नेपाली जनताहरूलाई जीवन-मरणको दोसा“धमा पुर्‍याइरहेको छ । 
खडेरी पीडित किसानहरूलाई राहत दिने सरकारी निर्ण्र्ााकेवल बालुवामा पानी खन्याउने जस्तो मात्र हुनेछ । उपलब्धिमूलक हुनै सक्दैन । राहतका नाममा सिमित व्यक्तिहरूलाई भ्रष्टाचार गर्ने ढोका भने अवश्य खुल्नेछ । 
सरकारले र्सवप्रथम बजारको अनुगमन गरेर खाद्यान्न स्टक र बजार मूल्य, आपर्ूर्तिको अवस्थाका बारेमा आम नागरिकलाई यथार्थ जानकारी गराइ दूखको विपत्तिको घडीमा धर्ैयता अपनाउन, खाद्यान्न संकट र खडेरीबाट उत्पन्न हुने परिस्थितिलाई शान्तिपर्ूण्ा र सामान्य बनाउन अग्रिम तयारी गर्नु पर्दछ । पाखोमा लगाइएको मकैबाली सुकेको छ भने खेतमा धानको रोपाइ“ हुने अवस्था नै छैन, अनि कसरी हुन्छ खाद्यान्न संकटको समाधान - मुठी खाएर मुरी उब्जाउने असार महिनामा धान रोप्ने खेतमा कमिला हिंड्दछ भने यो भन्दा ठूलो प्राकृतिक विपत्ति के होला - 

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।