Skip to main content

परीक्षाफलले शिक्षामा नयां उत्साह जगायो - शिक्षाविद

काठमाडौं, असार १५। परिक्षा नियन्त्रक वीरेन्द्रकुमार झाले परिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता औल्याएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै परम्परागत शैलीमै परिक्षा प्रणाली अपनाइदा थेग्नै कठिन हुनेगरी समस्याहरु आएको बताए।
परीक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ, झाले भने, केही सुधारका कार्यक्रम ल्याएका छौं, त्यतिले मात्र पुग्दैन। परिक्षा प्रणालीको हालको संरचनाले बढ्दो परिक्षार्थी र चुनौतीको सामना गरिरहननसक्ने बताए। ३० हजारले एसएलसी दिदा र तीन लाख भन्दा बढीले एसएलसी परिक्षामा सहभागिता जनाउदाको संरचना उही हुनुले कमजोरीहरु देखिएको उल्लेख गरे। देश संघीयतामा जान लागेकाले एसएलसी परिक्षा प्रणालीलाई तदअनुरुप बदल्दै लानुपर्नेमा जोड दिए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा परीक्षा नियन्त्रक झाले उल्लेख्य मात्रामा परिक्षार्थी उत्तर्ीण्ा हुनुलाई सकारात्मक भने। उत्तरपुस्तिकाहरुमा समस्या आएको, विद्यालयबाट प्रयोगात्मक नतिजा समेत नआउने समस्या देखिएको उल्लेख गरे। विद्यार्थीहरुलाई पांच अंक ग्रेस दिएर उत्तर्ीण्ाहरुमा चार प्रतिशत वृद्धि भएको खुलाए।
त्रिभुवन विश्वविद्यालयका पर्ूव उपकुलपति केदारभक्त माथेमाले एसएलसी परिक्षाफलले आशा जगाएको बताए। विगतमा धेरै विद्यार्थीहरु असफल हुने परम्पराले निराशा बढाउने गरेको उल्लेख गर्दै भने, यसपटकबाट आशा जगाउने काम भएको छ। परिक्षालाई अनुसन्धानको विषय बनाएर आगामी वर्षरुमा शिक्षाको गुणस्तर वृद्धिमा काम गर्नुपर्नेमा जोड दिए। लोडसेडिड., बन्द हडतालका बाबजुद पनि परिक्षाफल राम्रो आएकाले आफू उत्साही भएको बताए। बोर्ड र टप टेन प्रथा हटाउनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए। प्रतिष्पर्धा गराउने अन्य शैलीहरु उल्लेख गर्नुपर्नेमा जोड दिए।
उच्च माध्यमिक विद्यालय संघका अध्यक्ष उमेश श्रेष्ठले एसएलसीमा परिक्षार्थीहरु बढी उत्तर्ीण्ा हुनुलाई सकारात्मक भने। उत्तर्ीण्ा विद्यार्थीका लागि पढ्ने उच्चमाविका बारेमा चिन्ता लिनुपर्ने बताए। श्रेष्ठले भने, लाखौं विद्यार्थी उत्तर्ीण्ा भएका छन्, उनीहरु कहाँ पढ्ने भन्ने विषयमा केन्द्रित हुनर्ुपर्छ। उच्च माविको संख्या बढाउनेतर्फकुनै काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। सरकारले शिक्षामा लगानी गर्ने र निजी क्षेत्रलाई प्रोत्साहित गर्ने भूमिका निभाइरहेको बताए। एसएलसीमा बोर्ड प्रणाली हटाएर अनियमितताको सम्भावना हटेको बताए। आउदा दिनमा एसएलसीको नजिता स्तर प्रणाली अपनाएर प्रकाशित गर्नुपर्ने सुझाव दिए।
एन प्याब्सनका अध्यक्ष गीता राणाले एसएलसीको नतिजाले शैक्षिक क्षेत्रको विकासको अवस्था देखिएको बताइन्। शिक्षामा गुणस्तर वृद्धिमा लाग्नुपर्ने बताइन्। उनले भनिन्, शिक्षामा लगानी वृद्धि गरी निजी क्षेत्रलाई उत्साही बनाउने काम हुनर्ुपर्छ। टप टेन हटाएर अस्वस्थ प्रतिष्पर्धा अन्त भएको बताइन्। विद्यार्थीहरु विशिष्ट श्रेणीका लागि जोड दिएर पठनपाठनमा लागेबाट गुणतस्तर बढेको बताइन्।
शिक्षाविद तिर्थ खनियांले बढी प्रतिशत उत्तर्ीण्ा भएबाट शिक्षामा लगानीको राम्रो प्रतिफल आएको बताए। टप टेन नराख्दा विद्यार्थीहरुमाथि अन्याय भएको बताए। परिक्षा नियन्त्रण कार्यालयले पांच अंक ग्रेस दिएको भन्दै आलोचना गरे। उनले भने, ग्रेस दिने काम प्राज्ञिक अभ्यासभित्र पर्दैन। शिक्षाको हालको अवस्थालाई विश्लेषण गरी भावी कार्यक्रम तयार गर्नुपर्ने बताए।
शिक्षा मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद खत्रीले सरकार गुणात्मक शिक्षाको विकासमा केन्द्रित भएको बताए। एसएलसीको परिणामले धेरै आशा जगाएको उल्लेख गर्दै भने, विद्यार्थीहरुलाई शुरुको अवस्थाबाटै गुणस्तरीय शिक्षा दिन सरकार केन्द्रित हुन्छ। पाठ्यक्रमहरु आवश्यकता अनुसार परिवर्तन गर्दै लाग्नुपर्ने आवश्यकता महशुश गरिएको बताए।
अभिभावक संघका अध्यक्ष शुप्रभात भण्डारीले ६८ प्रतिशत विद्यार्थी उत्तर्ीण्ा हुदैमा उत्साही हुनुनपर्ने बताए। बांकी ३२ प्रतिशत विद्यार्थी अनुत्तर्ीण्ा हुनुको जिम्मेवारी सरकारले लिनुपर्ने बताउदै भने, ३२ प्रतिशत किन अनुत्तर्ीण्ा भए भन्ने मुख्य सवाल हो। परिक्षा प्रणाली पुरातनवादी भएकाले काम नलाग्ने भइसकेको बताए। विद्यार्थीहरुको उत्तरपुस्तिका पर्ुनजाँच हुनुपर्नेमा उनको जोड थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...