Skip to main content

पक्राउ परेको ढुंगासहितको टिपर भंसार प्रमुख भण्डारीले चेकजांच बिना नै छाडे

वीरगंज, १५ असार। भंसार राजस्व छलेर भारत निकासी गर्न लागेको के. के. क्रसरको ढुंगा लोड गरेको टिपर भंसार कर्मचारी एवं सशस्त्र प्रहरीद्वारा पक्राउ गरि वीरगंज भंसार दाखिला गरेकोमा उक्त ढुंगा वीरगंज भंसारका प्रमुख केवलप्रसाद भण्डारीले चेकजांच बिना नै छाडेका छन्। 
आर्थिक विधेयक २०६५ ले ढुंगाको भंसार मूल्याकंन २.५ इन्चको ढुंगामा प्रतिघन मिटर ९० रूपैयां एवं सोभन्दा माथिको प्रति घनमिटर ३५० रूपैयां कायम गरिएकोमा विगत लामो समयदेखि उक्त क्रसर कम्पनीले वीरगंज भंसारबाट २.५ इन्चभन्दा माथिको ढुंगा ९० रूपैयांकै दरले भंसार राजस्व काट्न लगाइ भारत निकासी गर्दै आएकोमा सो दिन भंसार कर्मचारी एवं सशस्त्र प्रहरीलाई शंका लागि चेकजांच गर्दा राजस्व छली ठूलो ढुंगा भारत निकासी गर्न लागेको फेला पारेपछि वीरगंज भंसारमा दाखिला गरेका थिए। 
वीरगंजका उद्योगी, व्यवसायी पिताम्बर मुन्काले संचालन गरेको क्रसर कम्पनीको ना ३ ख २९९८, ४०३५, ६२६८, ३२७०, २९९६, ४०३३ नम्बरको टिपरबाट उक्त ढुंगा भारततर्फ लान लाग्दा पक्राउ गरिएको थियो। 
भंसारकै कर्मचारी कर्ण बहादुर विष्ट एवं बलबहादुर श्रेष्ठको मिलोमतोमा क्रसर कम्पनीका एजेण्ट, सिर्द्धार्थ क्लियरिङका  दीपक भण्डारीले कम राजस्व तिरी भंसार पास गराउंदै आएको तथ्य उजागर भएपश्चात पनि सो पक्राउ गरिएको टिपरसहितको ढुंगा बिना चेकजांच नै प्रतिवेदनका आधारमा भंसार प्रमुख केवल भण्डारीले छाडेको प्रतिक्रिया दिए। 
सो घटना सम्बन्धमा भंसार प्रमुख भण्डारीसंग  बुझ्न खोज्दा उनले उद्योगले खटाएको इन्जिनियरले टिपरमा रहेको ढुंगा अढाइ इन्च भित्रै रहेको प्रतिवेदनको आधारमा चेकजांच गरी हामीले छाडेको बताए। उनले नियमित जाने टिपरलाई अनलोड गरी चेकजांच गर्ने ठाउं समेत नरहेको हुंदा छाड्नुपरेको बताए। 
पत्रकार गुप्ताले स्थानीय संचारकर्मीहरूले टिपरमा चढी फोटो खिंचेको प्रमाण हुंदाहुंदै पनि तपाईंले ढुंगा चेकजांच नै नगरी उद्योगद्वारा खटाइएको इन्जिनियरले दिएको प्रतिवेदनकै आधारमा ढुंगा छाड्नु भंसार ऐनविपरित कार्य गर्नुभएको त होइन भनी प्रश्न गर्दा भंसार प्रमुखले मैले आज बिहान जथाभावी समाचार प्रकाशित एवं प्रशारण भएको सुनें, पत्रिका हेरेको छैन, एक-दुइवटा ढुंगा टिपरमा ठूला साइजका होलान्, त्यस्कै आधारमा टिपर र ढुंगा जफत गर्नु भएन भन्ने प्रतिक्रिया दिए। 

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...