Skip to main content

स्वास्थ्य मन्त्रालयको गलत निर्णयका कारण चीनस्थित मेडिकल विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाइ ठूलो मर्का

वीरगंज, १५ असार। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको अव्यवहारिक र गलत निर्णयका कारण छिमेकी राष्ट्र चीनस्थित मेडिकल विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई ठूलो मर्का परेकोमा पीडित अभिभावकहरूले निर्णय फिर्ता लिनका लागि चर्को दबाब दिइरहेका छन्। 
चीनस्थित मेडिकल विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले एक वर्षस्वदेशकै अस्पतालहरूमा प्रि-इण्टरनलसीप गर्न पाउने साविकको नीतिमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले रोक लगाउने निर्णय गरेपछि चीनमा एमबीबीएसमा अध्ययन गरीरहेका झण्डै डेढसय विद्यार्थीहरू प्रत्येकलाई थप ५ लाख आर्थिक व्यय भार पर्न गएको छ। जुन २३, २००९ सम्ममा स्वास्थ्य मन्त्रालयले आप\mनो निर्णय सच्याएन भने विद्यार्थीहरूले चीनका अस्पतालहरूमा नै अनिवार्य रूपमा प्रिइण्टरनलसिप -प्राक्टिस) गर्नुपर्ने हुन्छ। 
प्रिइण्टरनलसीप सम्बन्धी सरकारी गलत नीतिको विरोध गर्दै प्रेस विज्ञप्ति जारी गर्ने ४७ जना सभासद्मध्येका बारा निवासी उमाकान्त चौधरी अहिले स्वास्थ्य मन्त्री भएका छन्। विद्यार्थीको अभिभावकहरुले मन्त्री चौधरीलाई भेटेर निर्णय बदर गर्ने कुरा उठाउंदा उनले निर्णय बदर गर्न आनाकानी गर्दै मन्त्रालयबाट बाहिरिएकोमा अभिभावकहरूले मन्त्रीको दोहोरो मापदण्ड र चरित्रप्रति तीब्र आक्रोश व्यक्त गरेका छन्। 
४ वर्षो एमबीबीएसको थ्योरी पूरा गरी एक वर्षप्रिइण्टरनलसीप गर्नुपर्ने ७ जना महिला विद्यार्थी वीरगंज नगरकै छन्। स्थानीय एमाले नेता चिरन्जिवी आचार्य, इन्जिनियर रामचन्द्र मिश्र, महाप्रबन्धक रमेशकुमार भट्टराइ, केशव गिरी लगायतका छोरीहरू चीनस्थित विभिन्न मेडिकल विश्व विद्यालयमा अध्ययन गरी हाल स्वदेशमा नै प्रिइण्टरनलसीपको व्यवस्थाको पर्खाइमा छन्। चीनको मेडिकल विश्वविद्यालयमा वाषिर्क ४ हजार डलर ब्यहोरेर आप\mना छोराछोरी पढाइरहेका नेपालका अभिभावकहरूलाई सरकारको अव्यहारिक नीतिका कारण एक वर्षा लागि करिब ४ हजार डलर थप व्यय गर्नुपर्ने बाध्यता आएको छ। 
शिक्षा मन्त्रालयले ँनो अब्जेक्सन र्सर्टिफिकेट’ दिएकै कारण चीनमा मेडिकलमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरू स्वदेशमा प्रिइण्टरनलसीप गर्न नपाउंदा निकै मर्का पर्ने देखिन्छ। चीन र नेपालको वातावरण फरक भएकोले रोग, औषधिमा निकै अन्तर छ। भाषागत समस्या आप\mनो ठाउंमा छंदैछ। चीनमा पढ्न गएका एमएमबीएसका विद्यार्थीहरूले डाक्टर बनेर आखिर नेपालमा नै सेवा गर्ने हुन्। उनीहरूलाई प्रिइण्टरनलसीपको सुविधा, सहुलियत सरकारले नदिनु भनेको मर्ूखता हो भनि एक अभिभावकले बताएका छन्। 
नेपालका अस्पतालहरूमा विदेशबाट डाक्टरी पढेर आएका विद्यार्थीहरूले प्रिइण्टरनलसीप गर्दा कुनै पनि शुल्क बुझाउन नपर्ने पर्ूवको नीतिलाई खारेज गरी पर्ूवमन्त्री गिरिराजमणी पोखरेलले वीर अस्पताल लगायत सरकारी अस्पतालमा प्रिइण्टरनलसीप गराउंदा एक वर्षो ७२ हजार लिने निर्णय गरेका छन्। 
चीनमा मेडिकल विषय पढीरहेका नेपाली विद्यार्थीहरूलाई स्वदेशमा प्रिइण्टरनलसीप गर्न नपाउने सरकारी निर्णय गराउन नेपालस्थित मेडिकल कलेजका डाइरेक्टरहरूले मोटो रकम पर्ूवमन्त्री गिरिराजमणी पोखरेललाई बुझाएको चर्चा छ। नेपालस्थित निजी क्षेत्रको कुनै पनि मेडिकल कलेजलाई भारतको मेडिकल काउन्सिलले मान्यता नदिएबाट भारतीय विद्यार्थीहरू नेपालको मेडिकल कलेजमा अध्ययन गर्न नगन्य रुपमा आउने गरेका छन्। नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेज र अध्ययनरत विद्यार्थीहरूलाई पर्न गएको मर्काप्रति कुनै चिन्ता र चासो लिएको पाइदैन। एक सूत्रले चीनमा मेडिकल अध्ययन गर्न नेपाली विद्यार्थीहरू नजाउन् भनेर भारतको दबाब र व्यक्तिगत स्वार्थमा स्वास्थ्यमन्त्रीले गलत निर्णय गरेको जानकारी गराएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।