वीरगंज, ५ असार । मधेशी जन अधिकार फोरम पर्सा क्ष्ँेत्र नं. १ का क्षेत्रीय सदस्य विराज साह तेलीले फोरमकी नेतृ एवं सभासद करिमा बेगमले रू ५० लाख लिएर आशा चतुर्वेदीलाइ गोप्य र्समर्थन गरी मन्त्रिमण्डलमा सिफारिस गरेको आरोप लगाएका छन्।
आज तेलीले एक प्रेस विज्ञप्ति जारी गरी घटनाको रहस्योदघाटन भएपछि फोरम वडा नं. ६ इकाइ कार्यसमितिका सम्पूर्ण सदस्यले राजीनामा दिएका छन्। कार्यसमितिको बैठकले सभासद बेगमको कार्यको भर्त्सना गर्दै सामूहिक राजीनामा दिने निर्णय गरेको पत्रकार सम्मेलनमा तेलीले जानकारी गराए।
Comments
Post a Comment