Skip to main content

दिनहुं पैसा राख्न र झिक्न व्यस्त छन् महिलाहरु

-हरि हुमागाई
नेवारपानी , १२ असार/मकवानपुरको बसामाडी गाविस नेवारपानी निवासी सीता सापकोटा महिला परिवर्तन सहकारी संस्थासंग आवद्ध हुनुहुन्छ । एक वर्षअघि सहकारी संस्थामा नबसुन्जेल उहांलाई खेतीपानी र पशुपालन गर्न पनि ऋण लिनको समस्या पथ्र्यो । तर, अहिले सहकारीमा आवद्ध भएपछि ऋण लिन निकै सजिलो भएको सापकोटा बताउनुहुन्छ ।
एक वर्षअघि मात्रै सुरु भएको सहकारी संस्थाले दिनहुं पैसा बचत र आफूलाई चाहे जति ऋण लिन पाएकोमा खुसी व्यक्त गर्दै उहां भन्नुहुन्छ-"सहकारी संस्थाले बैंंकको जस्तै सुविधा दिएपछि हामीहरु गाउंमा बसेर काम गर्नेलाई पनि निकै सजिलो भएको छ ।"
सृजनशील महिला समूहकी अध्यक्ष सावित्री विष्ट पनि सहकारीमा आवद्ध भएपछि सानोतिनो कारेाबारका लागि बैंक धाउनु पर्ने समस्या हटेको बताउनुहुन्छ ।
नेवारपानीकै सृजनशील महिला समूहकी सचिव संजिता न्यौपाने भर्खर सुरु गरेको महिला समूहमा आवद्ध महिलाहरुले सहकारी संस्थाबाट निकै राहत पाएको बताउंदै अगाडि भन्नुहुन्छ-"सहकारीमा आवद्ध नहुन्जेल हामी महिलालाई कसैले पनि ऋण पत्याउदैनथिए तर अहिले महिलाहरुसंग हारगुहार गरेर पुरुषहरुले ऋण माग्ने गर्छन् ।"
बसामाडी गाविस नेवारपानीकी ६५ वषर्ीय ठूलीमाया घलान सहकारी संस्था र समूहमा आवद्ध हुनुहुन्न । सहकारीमा आवद्ध महिलाहरुले दिनहुं पैसा बचत गर्ने र झिक्ने गरेकोमा अहिले निकै पछुताउनु भएको छ ।
घरको कामधन्दा नभ्याएकै कारण सहकारीमा नबस्नुभएकी घलानलाई सहकारीले बैंंकको जस्तै काम गरेको देखेर निकै खुसी लागेको छ । घरको कामधन्दा घटाएरै भएपनि अब सहकारीमा आवद्ध हुनु पर्छ भन्ने उहांलाई लागेको छ ।
नेवारपानी को सहकारीमा मात्र होइन,मकवानपुरको टिष्टुङ गाविसको महिला शक्ति बचत तथा ऋण सहकारी संस्थामा पनि बैंकको जसरी नै कारोबार गर्ने गरिएको सहकारीकी अध्यक्ष सुभद्रा गुरुङ बताउनुहुन्छ ।
कुनै पनि बैंकबाट ऋण लिन धितो राख्नै पर्ने प्रावधान छ । तर, सहकारीबाट ऋण लिन धितो राख्न नपरेकाले उन्नत क्षेत्रमा लगानी गर्न सजिलो भएकोमा खुसी व्यक्त गर्दै महिला जनशक्ति ऋण तथा बचत सहकारी संस्था चुरियामाईकी अध्यक्ष मेनुका दाहाल भन्नुहुन्छ-"बैंकमा त ऋण लिनलाई लालपर्ुजा वा गहना राख्नर्ुपर्छ तर, सहकारीबाट ऋण लिन सहकारीकै २/३ जना दिदीबहिनी साक्षी बसे हुन्छ ।"
बसामाडी, टिस्टुङ र चुरियामाई गाविसका सहकारी संस्थाले मात्र होइन, मकवानपुरका विभिन्न गाविसमा रहेका २० वटा सहकारी संस्थाहरुले बैंकले दिने सबै सुविधा दिएको ग्रामीण महिला सेवा केन्द्र मकवानपुरकी अध्यक्ष भगवती पुडासैनी बताउनुहुन्छ ।
ग्रामीण महिला सेवा केन्द्र हेटौंडा अन्तरगत रहेका २२ गाविसका २५ सहकारी संस्थाहरुमा आवद्ध महिलाहरु संगठित भएर बचत गर्ने बानीले गर्दा आर्थिक क्षेत्रमा राम्ररी सुधार भएको बताउंदै ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष भगवती पुडासैनी भन्नुहुन्छ-"ग्रामीण क्षेत्रका महिलाहरु संगठित भएर बचत गर्ने बानीले सबै क्षेत्रमा सुधार आएको छ ।"
सहकारी संस्थाहरुले गर्दा सानो रकम जम्मा गरेर ऋण सुविधा नपाएकाहरुलाई सजिलो भएको बताउंदै ग्रामीण महिला सेवा केन्द्रकी लघु वित्त अधिकृत कान्छी श्रेष्ठ भन्नुहुन्छ-"पहिले मासिक ३० रुपैयां कसरी समूहमा जम्मा गर्न सकिन्छ भनेर पछि हटेका महिलाहरु अहिले सहकारी संस्थाहरुबाट नै आर्थिक क्रान्ति ल्याउन अगाडी बढेका छन् ।"
गाउंका सहकारी संस्थाहरुले हेटौंडाका ठूला बैंकहरुभन्दा पनि माथि उठेर दिनहुं थोरै रकम बचत गर्ने कार्यक्रम पनि राखेका छन् । अनि दिनहुं चाहे जति रकम सजिलैसंग झिकेर आफ्नो समस्या र्टार्न पाएपछि महिलाहरुमा आर्थिक स्तरमा ठूलै परिवर्तन आएको बताउंदैं संघकी अध्यक्ष सुलोचना स्याङ्तान भन्नुहुन्छ-"महिलाहरुले दिनहुं थोरै बचत गर्ने बानीले राखेको पैसाको
पनि व्याज पाएका छन् । यता घरमा पैसा राख्नु पर्ने समस्या पनि हटेको छ ।"
सहकारीमा आवद्ध भएपछि गाउंका विपन्न वर्गहरु सबैभन्दा बढी लाभान्वित भएका छन् । सहकारीमा आवद्ध महिलाहरुले बैंकको सुविधा त पाएका छन् नै । सहकारीमा आवद्ध भएका महिलाहरु राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा उत्तिकै अग्रसर भएको प्लान नेपाल मकवानपुरका प्रेम साम्व्यू बताउनुहुन्छ ।
सहकारीमा आवद्ध महिलाहरुको अहिले साधनस्रोत माथि पहुंच बढेको छ । सम्मानित पनि हुंदै गएका छन् । अहिले महिलाहरु सहकारीबाट अग्रसर भएपछि बालबालिकाहरुलाई पठनपाठनमा पनि सजिलो भएको बताउंदै प्लान नेपाल मकवानपुरका प्रेम साम्व्यू भन्नुहुन्छ-"सहकारीले महिलाहरुको त क्षमता बढ्यो नै यता छोरीछोरालाई निरन्तर पर्ढाई रहनर्ुपर्छ भन्ने चेतना समेत जागेको छ ।"
सहकारीमा आवद्ध मकवानपुरका हजारौंं महिलाहरु घरबाहिर आफ्नो पहुंच बढाउन सक्षम बन्दै गएको बताउंदै सहमती संस्थाका होमनाथ सुवेदी भन्नुहुन्छ-"सहकारीमा आवद्ध महिलाहरुको आर्थिक स्तरमा सुधारसंगै साधनस्रोतमा पनि पहुंच बढेको छ।"

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।