Skip to main content

प्रकाशन समाजद्वारा ज्ञापन पत्र पेश

काठमाण्डौं, २ असार । प्रकाशन समाज रुपन्देहीको प्रतिनिधी मण्डलले मंगलवार न्यनतम पारीश्रमिक कार्यान्वयन समितिका अध्यक्ष सुरेश आचार्य सहितका पदाधिकारीहरु र सूचना तथा संचार मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मीलाई भेटेर ५ बुंदे ज्ञापन पत्र बुझाएको छ।
समाजका अध्यक्ष वालकृष्ण चापागाईको नेतृत्वमा गएको टोलीले रुपन्देहीमा श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन भएको जानकारी गराउंदैं बुझाएको ज्ञापन पत्रमा सरकारले मोफसलका सञ्चारगृहहरुको समस्यालाई पहिचान गरी संस्थागत तथा दिगो विकासको नीति अवलम्बन गर्नु पर्ने, जिल्ला स्थित सरकारी तथा गैहृसरकारी कार्यालयहरु र उद्योग व्यवसायी प्रतिष्ठानका विज्ञापनहरु स्थानीय सञ्चार माध्यमलाई दिईने व्यवस्था हुनु पर्ने,गुणस्तरीय पत्रकारिताका निम्ति योग्यता, दक्षता, अनुभवका आधारमा पत्रकारहरुको पनि वर्गीकरण हुनु पर्ने , पत्रकारहरुको काम, कर्तव्य र अधिकार सहितको आचारसंहिता प्रष्ट रुपमा मुखरित हुने गरी कार्यान्वयन हुनु पर्ने तथा संचार संस्थाको स्थापनामा न्यूनतम मापदण्ड के हुने र स्थापना भैसके पछि त्यसलाई कसरी बचाउन भन्ने वारे राज्यले उचित निति लिनुपर्ने उल्लेख गरिएको छ।
समाजका उपाध्यक्ष नर्वुलामा, सचिव नवराज कुंवर, सदस्य कर्ण्र्ााहादुर कार्की , सदस्य विष्णु भण्डारीलगायतको प्रतिनिधि मण्डलले भेटका क्रममा नेपाल सरकारद्धारा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हेतु गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार संस्थासंग सम्बद्ध विभिन्न क्षेत्रको राय सुझाव लिई मेहनतका साथे प्रतिवेदन तयार पारी सरकारलाई बुझाएकोमा समितिलाई धन्यवाद दिएको छ।
समाजले समितिले दिएको प्रतिवेदन कार्यान्वयन तर्फसरकारले ध्यान केन्द्रित गरी ऐनको कार्यान्वयनका लागि अनुगमन गरी रहेको र यसले सञ्चार गृहहरुलाई कानूनी दायरामा ल्याउन सघाउ पुर्याउनुका साथै पत्रकार तथा पत्रकारीताको दायित्वबोध गराउनमा पनि महत्वपर्ूण्ा भूमिका खेलेको जनाएको छ।
न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य स्नेही सायमीको समेत उपस्थिति रहेको कार्यक्रममा ज्ञापनपत्र बुझेपछि वोल्दैं समितिका अध्यक्ष सुरेश आचार्यले देशभरनैं न्युनतम पारिश्रमिक लागु गर्ने क्रम सुरु भैरहेको अवस्थामा रुपन्देहीका प्रकासन समाजहरु संगठित भएर लागु गरेकोमा आभार व्यक्त गर्नुभयो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...