-भरत पाण्डे । चितवन, ०१ असार/ नेपाली कांग्रेशका कार्यकर्ता गोविन्द पौडेलको हत्यारालाई तत्काल कारवाहि गर्न माग गर्दै दवाव समुहले गरेको बन्दका कारण चितवन विहानै देखि ठप्प छ। हत्यारालाई पक्रन र कारवाही गर्न प्रशासनले नसकेको भन्दै आज एक दिनका लागि दवाव समूहले जिल्ला बन्दको आह्वान गरेको हो । बन्दका कारण चितवनका बजार क्षेत्रमा यातायातका साधनहरु चलेका छैनन् । त्यस्तै शिक्षण संस्था, बजार, कलकारखाना सवै बन्द छन् । भरतपुर-१० निवासी "गोपी" भनिने गोविन्दको हत्या भएको एक महिना बितिसक्दा पनि प्रशासनले हत्यारा पत्ता लगाउन सकेको छैन । हत्या भए लगत्तै पटक-पटक प्रशासनलाई घचघच्याउँदा पनि यसको बेवास्ता गरिएको आरोप समूहले लगाएको छ । दवाव समूहले भोलि विहान सांढे १० वजे चितवन जिल्ला अदालतमा धर्ना दिने कार्यक्रम समेत तय गरेको छ । गत जेठ ४ गते हतियारधारी समूहको आक्रमणबाट गोविन्दको ज्यान गएको थियो।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment