Skip to main content

समाज सेवामा सक्रिय सामजिक संस्था जिल्ला समन्वय समिति

वीरगंज, ११ असार। २०५१ सालमा स्थापित ४० वटा गैरसरकारी संस्थाहरू सदस्य रहेको सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा विविध समाजसेवामा सक्रिय रहेको छ। 
रामनरेशप्रसाद यादव अध्यक्ष रहनुभएको १२ सदस्यीय सामाजिक संस्थ जिल्ला समन्वय समिति पर्साले वाषिर्क झण्डै दुइ करोड बजेट खर्च गर्दै आइरहेको छ। समितिले युनिसेफ नेपाल, जागृत नेपाल, जिल्ला विकास समिति पर्सा, जिल्ला शिक्ष्ँा कार्यालय पर्सा, खानेपानी तथा सरसफाइ डिभिजन आदिसंग समन्वय गरी २२ वटा सदस्य संस्था र १८ वटा गैर सदस्य संस्थाहरूमार्फ विविध कार्यक्रम संचालन गरी पर्सावासीमा सेवा पुर्‍याउंदै आइरहेको छ। 
८२ वटा गाविस र एक उपमहानगरपालिका रहेको पर्सा जिल्लामा डकाव अर्न्तर्गत आकस्मिक सेवा कोष संचालन, सासु -बुहारी भेला, सामुदायिक परिचालिका क्ष्ँमता अभिवृद्धि तालिम, महिला-पुरूष सम विकास कार्यक्रम, अन्तर्रर्ााट्रय नारी दिवस, बच्चा तौल कार्यक्रम, समूह गठन, बचत तथा ऋण परिचालन, अध्यक्ष/मैनेजर भेला, बाल अधिकार, बाल केन्द्रीत शिक्ष्ँा कार्यक्रम, बाल विकास केन्द्र संचालन, एचआइभी, एडस कार्यक्रम, प्राथमिक विद्यालय सुधार योजना विद्यालय सरसफाइ कार्यक्रम, आदि सासंजिसस 
-एनिजिओसीसी) पर्साको आधारभूत सिद्धान्त र आदर्शलाई आत्मसात गरी सामाजिक भावनाको माध्यमबाट सामाजिक सेवालाई स्थानीयस्तरसम्म पुर्‍याएको छ। 
सो समितिले दैवि प्रकोप, असहाय, गरिब, रोगी र पीडितहरूलाई सक्दो सहयोग र उद्धार गर्ने, सामुदायिक कार्य प्रक्रियामा जोड दिने, सरसफाइ तथा खानेपानीका कारण उत्पन्न हुने रोगहरूको प्रकोप न्यूनीकरण गर्ने कार्यक्रम, बालबालिका तथा महिला अधिकारको संरक्षण, महिला तथा पिछडिएका समूहहरूलाई गुणस्तरीय आधारभूत शिक्ष्ँामा पहुंच बढाउने, स्थानीय श्रोत साधन र जनशक्ति परिचालन गरी विविध सेवा तथा विकासमूलक कार्यक्रम अगाडि बढाउने, वातावरण संरक्षण, महिला सशक्तिकरण, भ्रष्टाचार निवारण, लैंगिक सचेतना कार्यक्रम, संस्थागत विकासका लागि क्षमता विकास, कार्यक्रम र गतिविधिहरूमा जिम्मेवारीपर्ूण्ा सहभागिता र स्वयंसेवक परिचालन आदि गर्ने ध्येय लिएको छ । यस समितिको १४ औं साधारणसभा भइसकेको छ। यस समितिले समाज सेवाको क्ष्ँेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका प्रभावकारी ढंगले निर्वाह गर्दै आइरहेको छ। 

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...