Skip to main content

आज उपत्यकाको विद्यालय बन्द

काठमाडौं, जेठ ३१ । काठमाडौंको बनस्थलीबाट बालिका अपहरणको प्रयास भएको विरोधमा अभिभावक संघ नेपालले आज उपत्यकाभरका विद्यालय बन्द आव्हान गरेको छ। विद्यालय पढ्ने विद्यार्थी अपहरण हुनेक्रम बढ्दा पनि सरकारले सुरक्षा दिननसकेको भन्दे बन्द आव्हान गरेको संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए।
भण्डारीले अपहरणकारीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने भन्दै घटनामा संलग्न अन्यमाथि पनि कारबाही हुनुपर्ने माग गरे। अपहरणका घटनाले विद्यार्थीहरु आतंकित हुनथालेको भन्दै शतर्क हुनुपर्ने बताए।
कार्यक्रममा अपहरण हुनलागकी बालिकालाई जोगाउने दर्ुइ युवकलाई सम्मान गरिएको छ । अभिभावक संघले रामप्रसाद छत्कुली र बलराम बोहरालाई सम्मान गरेको हो।
अपहरणबाट जोगिन सफल बालिका मोनिका पियाले अपराधीमाथि कडा कारबाहीको माग गरिन् । आफू जस्तै अन्यले अपहरणको खतरा मोल्नुनपरोस् भन्दै अगाडि भनिन्, सरकारले हाम्रो सुरक्षा गरोस् । अर्का विद्यार्थी इश्वर छत्कुलीले बालबालिकामाथि अपराध गर्नेमाथि हदैसम्मको सजाय हुने कानुन बन्नुपर्ने बताए । बालबालिका अपराधीबाट सबैभन्दा बढी पिडित हुनेगरेको भन्दै सरकारले ध्यान पुर्याउनुपर्ने बताए।

Comments