Skip to main content

ट्रेडमार्क चोरी गर्नेलाइ कारबाहीको मांग

वीरगंज, २० असार। टे्रडमार्क चोरी गरी गहुं, मकै पिस्ने चक्की पत्थर नक्कली उत्पादन र विक्री गर्ने उद्योगमाथि कारबाहीको मांग गरेको छ। 
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा एक पत्रकार सम्मेलन गरी गुडविल कमाएको उद्योगको टे्रडमार्क चोरी गरी गहुं, मकै पिस्ने चक्की पत्थर नक्कली उत्पादन र बिक्री गर्ने एक उद्योगको उत्पादित चक्की पत्थर बरामद गरी आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको जानकारी गराएको छ। 
पत्रकार सम्मेलन पूर्व हामीलाइ प्राप्त जानकारी अनुसार वीरगंज-९ स्थित मणी एभरी स्टोन उद्योगले पेटेण्ट, डिजाइन र टे्रडमार्क ऐन २०२२ अर्न्तर्गत दर्ता गराइ उत्पादनमा ल्याएको पुखराज, ग्राण्ड कुलर बालाजी, पंकज आदि टे्रडमार्क चोरी गरी हुबहु नक्कली उत्पादन गरी बिक्रीमा ल्याउने रौतहट, गरुडा गाविस-८ स्थित जयसवाल एभरी स्टोन उद्योगले उत्पादन गरेको चक्की पत्थर पर्सर्ााजल्ला सुरक्ष्ँा पोष्टका डिएसपी नारायणराम हुमागाइले नेतृत्व गर्नुभएको सशस्त्र प्रहरी टोलीले बरामद गरी आवश्यक कानूनी कारबाही अगाडि बढाउनुभएको छ। 
आदर्शनगरस्थित पशुपति रोड क्यारियर्स प्रालि मार्फ विराटनगर पठाउन लागिएको जयसवाल एभरी स्टोन उद्योग, गरुडाको नक्कली उत्पादन पुखराज १४ सेट र पंकज १२ सेट अन्दाजी मूल्य १७ हजारको चक्की पत्थर ट्रान्सपोर्टको गोदाममा छापामारी गरी बरामद गरिएको थियो। 
मणी एभरी स्टोन उद्योग वीरगंजका प्रोप्राइटर अध्यानन्दप्रसाद कलवारले गत असार ११ गते उद्योग विभाग, टे्रडमार्क शाखा त्रिपुरेश्वरमा जयसवाल एभरी स्टोन उद्योग गरुडा-८ का प्रोप्राइटर विजय जयसवाल उपर आफूले टे्रडमार्क लिएको उद्योगको टे्रडमार्क हुबहु गरी चक्की पत्थर उत्पादन गरी नेपालका विभिन्न स्थानमा विक्री वितरण गर्दै आएकोले कारबाही गरी क्षतिपर्ूर्ति पाउ भनि उजुरी दिएका थिए। 
गत असार १३ गते उद्योग विभागले जयसवाल एभरी स्टोन उद्योग गरुडा-८ रौतहटलाई अन्तर्रर्ााट्रय वर्ग ७ अर्न्तर्गत गहुं, मकै पिस्ने चक्की पत्थर ग्रेण्डर स्टोनमा प्रयोग गर्नका लागि ँपुखराज’ टे्रडमार्क दर्ता गरीदिएकोमा सोसंग मिल्दोजुल्दो गरी नक्कली ँपुखराज’ बजारमा बिक्री वितरण गरी मणी एभरी स्टोनलाई हानी-नोक्सानी पुर्‍याएको भनि उजुरी परेको आधारमा अनधिकृत तवरबाट टे्रडमार्क राखि के कति कारणबाट सामान विक्री वितरण गरेको हो सोको स्पष्ट लिखित जवाफका लागि बाटोको म्याद बाहेक ७ दिनभित्र पेश गर्न भनि पत्र पठाएको थियो। 
मणी एभरी स्टोन उद्योगले २०५४ सालमा पुखराज, ग्राण्डकुलर, बालाजी नामको टे्रडमार्क उद्योग विभाग त्रिपुरेश्वरमा दर्ता गराएको थियो। सो उद्योगले बजार प्रवर्द्धन गरी गुडबील समेत कमाइसकेको अवस्थामा रौतहट, गरुडास्थित जयसवाल एभरी स्टोन उद्योगले सम्बन्धित निकायबाट टे्रडमार्क दर्ता नगराइ साबु इण्डष्ट्रिज, कुचामन रोड राजस्थान  ISO 9001 टे्रडमार्क र मणी एभरी स्टोन वीरगंजको ँपुखराज’ टे्रडमार्क चोरी गरी हुबहु उत्पादन, बिक्री गर्दै आइरहेको छ। सो उद्योगबाट उत्पादित नक्कली चक्की पत्थर वीरगंज, मलंगवा, गाइघाट, विराटनगर, जनकपुर, लहान, राजविराज आदि स्थानमा बिक्री वितरण गरिरहेको पाइएको छ। 
२०६४ पुस १० गते उद्योग विभागले आंटा पिस्ने चक्की पत्थर अनधिकृत सामानको भारतबाट आयातमा रोक लगाएको भनि वीरगंज, विराटनगर, कृष्णनगर, भैरहवा, भंसार कार्यालयलाई जानकारी गराएको थियो। 

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।