Skip to main content

नीति तथा कार्यक्रमबाट भुटानी शरणार्थीहरु हर्षित

वीरगंज, २६ असार । राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ँनेपालमा शरणार्थी जीवन बिताइरहेका भूटानी नागरिकहरूलाई ससम्मान स्वदेश फर्काउन एकतावद्ध प्रयत्न गरिनेछ’ भनी घोषणा भएपछि स्वदेश र्फकन लालयित भूटानीहरूलाई हर्षित तुल्याएको छ। 
आज नेसलन प|mन्ट फर डेमोक्रेसी भूटानले घोषणाको स्वागत गर्दै  कार्यान्वयनतर्फ पनि यथाशीघ्र कदम बढाइनेछ भन्ने अपेक्ष ा गरेको उल्लेख छ।
     नेसनल प|mन्ट फर डेमोक्रेसीका सभापति बलराम पौडेलले जारी गरेको विज्ञप्तिमा विगतमा भूटानी शरणार्थी समस्या समाधान गर्ने ठोस उपाय अवलम्बन नहुंदा अन्तर्रर्ााट्रय सक्रियतामा तेस्रो मुलुक पुनर्वास गराउने प्रक्रिया सुरू भैसकेको छ ।  शरणार्थी समस्या समाधान गराउने बारे सन् १९५१ को रिफयुजी कन्भेन्सनअनुसार पहिलो स्वदेश फिर्ति, दोस्रोमा शरणभूमिमा समायोजन र अन्त्यमा तेस्रो मुलुक पुनर्वासको ढोका खोलिनु पर्नेमा भूटानीहरूका लागि तेस्रो विकल्पलाई मात्र प्राथमिकता दिइएकोहुँदा स्वदेश र्फकन चाहने भूटानीहरूमाथि ठूलो अन्याय पर्न गएकोछ । अन्तर्रर्ााट्रय सक्रियतामा तेस्रो मुलुक पुनर्वास गराउने प्रक्रिया सुरू भए पनि भूटानी राजनीतिक कर्मी, दलका नेता र कार्यकर्तासहित ठूलो संख्याले तेस्रो मुलुक जान नचाहेकोहुँदा त्यस्ता राजनीतिक कर्मी, दलका नेता तथा कार्यकर्ता एवं मानवअधिकार कर्मीहरूका हकमा नेपाल सरकार, नेपाली जनता र दलहरूसँग हाम्रो निम्न अनुरोध छ ः-
भूटानी राजनीतिक कर्मी, दलका नेता र कार्यकर्ताहरूलाई राजनीतिक कर्मीका रूपमा हेरियोस् एवं नेपालमा बस्ने र काम गर्नसक्ने वातावरण मिलोस् । त्यस्ता व्यक्तिहरूको सुरक्षाप्रति नेपाल सरकार सम्बेदनशील बनोस् । त्यस्ता व्यक्तिहरूलाई अन्तर्रर्ााट्रय मापदण्डअनुसार नेपालमा बसेर राजनीतिक गतिविधि गर्ने अधिकार मिलोस् र उनीहरूको व्यक्तिगत सुरक्षाका लागि समस्या समाधान नभएसम्म या स्वदेशफिर्तीको वातावरण नबनेसम्म राजनीतिक शरण प्रदान गरियोस् ।  
शरणार्थी भूटानीहरूलाई स्वदेश फर्काउने सम्बन्धमा विगतमा भएमा प्रयासहरूमा भूटानको धुर्त्यार्ँइ र नेपाल आफैको गृहकार्य कमजोर हुँदा असफल भएका छन् । यर्सथ राजनीतिक दलहरूको पहलबाट विविध विषयहरूमा गहन अध्ययन, परामर्श र गृहकार्य गरी समस्याको स्वीकार्य, स-सम्मान र स्थायी समाधानको निम्ती सुझाव र मार्गदर्शन गर्नका लागि यथा श्रि्र एक उच्चस्तरीय स्थायी कार्यदल ९एभrmबलभलत त्बकप ँयचअभ० गठन गरियोस् । 
स्वदेश र्फकन चाहने भूटानी नागरिकका बारेमा भारतको दृष्टिकोणमा परिवर्तन नदेखिएको तर भारतीय नेताहरूसँग हाम्रो भेटमा सकारात्मक हुँदाहुँदै पनि भूटान-नेपालबीचको द्विपक्षीय वार्ता भारतका लागि तघारो रहेको औंल्याउने गरेका छन् । विश्वको बृहत् प्रजातान्त्रिक मुलुक भारतलाई प्रजातन्त्रको हिमायती र प्रजातान्त्रिक आन्दोलनलाई खुला र्समर्थन एवं ऐक्यवद्धता दर्शाउँदै आएको राष्ट्रकारूपमा हेरिने गरिन्छ । लामो समयदेखि भूटानको सुरक्षा र विदेश नीति भारतद्वारा निर्देशित हुँदै आएको, साठीकै दशकदेखी भारतको सहयोगमा भूटानभित्र ठूला परियोजनाहरू सञ्चालन भइरहेका र धेरै भूटानीहरूले भारतका विभिन्न राज्यहरूमा शरण लिइरहेका कारण भारतको सहभागितामा त्रिपक्षीय वार्ताहुँदा मात्र यो समस्यालेे दर्ीघकालीन समाधान पाउन सक्नेहुँदा भूटान-नेपालबीचको असफल द्विपक्षीय वार्ताको तुरून्त खारिज गरी भूटान, नेपाल र भारतसहितको औपचारिक त्रिपक्षीय वार्ता आरम्भ गरियोस् ।
सन् १९९१ देखि भूटानी शरणार्थीहरूका लागि शिविर र राहतको व्यवस्था भए पनि धेरै शरणार्थीहरूको आजसम्म दर्ता नगिरएको र भूटानी जेलबाट रिहा भएकाहरूसमेत परिवार खोज्दै शिविरमा आएकाहरूको पनि दर्ता हुनसकेको छैन । त्यस्ता शरणार्थीहरू भोकै र छाप्रोविहिन भई निरिह जीवन विताउन बाध्य छन् । तर, तेस्रो मुलुक पुनर्वासको प्रलोभनबाट गलत समूहले फाइदा लिनेहुँदा पीडित शरणार्थी भूटानीको पहिचान गरी चाडो दर्ता प्रकृया अघिबर्ढाई राहत र छाप्रोको व्यवस्था गरियोस् ।
        सन् २००८ मा भूटानी राजाको अग्रसरतामा मुलुकलाई कथित प्रजातान्त्रिकीकरण गरिएको र राजाकै हुकुमबाट लेखिएको संविधानले भूटानी जनताको प्रजातान्त्रिक अधिकारसमेत खोसिएपछि सशक्त आन्दोलन गर्नुको विकल्प नहुँदा भूटानी जनताले आरम्भ गरेको प्रजातान्त्रिक जन-आन्दोलनमा विश्वका प्रजातान्त्रिक शक्तिहरूको पनि नैतिक र्समर्थन पाउने अपेक्षा लिएकाछौं । लामो समयदेखि अल्भिmएर रहेको निर्वासित भूटानी समस्याको निकास पाउनका लागि उपरोक्त मागहरूप्रति ध्यानाकृष्ट गराउँदै भूटानी जनता प्रजातन्त्र प्राप्तिका लागि नयाँ चरणको शान्तिपण्ा आन्दोलनमा प्रवेश गरिसकेको हुँदा विश्वका प्रजातन्त्र प्रेमी महानुभावहरूसहित नेपाल सरकार र नेपाली जनता, दलहरू र नागरिक समाजबाट सहयोग, र्समर्थन र ऐक्यवद्धता रहने पर्ूण्ा विश्वास लिएको उल्लेख छ। 

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।