Skip to main content

क्षमताभन्दा बढी भारवहनले सडकको अवस्था नाजुक

वीरगंज, २८ असार। मध्यमाञ्चल क्षेत्रीय प्रशासकको अध्यक्षतामा बसेको बैठकले गरेको अत्यावश्यक निर्णयलाई गिट्टी ओसार्ने टिपरका धनीहरूले लंगौटी लगाइ दिंदा क्षमता भन्दा बढी भारवहनका कारण राष्ट्रिय राजमार्गको अवस्था नाजुक भइ सडक दर्ुघटनामा वृद्धि देखा परेको छ।
गत वैशाख २५ गते मध्यमाञ्चल क्ष्ँेत्रीय प्रशासक आनन्दराज पोखरेलको अध्यक्षतामा हेटौडा स्थित कार्यकक्षमा बसेको बृहत्त बैठकले टिपर लगायतका ढुवानी साधनहरूले क्षमता भन्दा बढी भारवहन, सडकको अवस्था, सवारीको गतिका सम्बन्धमा छलफल गरी महत्वपर्ूण्ा निर्णय गरेको थियो।
सो बैठकले गरेको निर्णयमा मध्यमाञ्चल क्षेत्रमा संचालनमा रहेका ढुवानी संघका सवारीसाधन १० चक्के र ६ चक्के विशेष टिपरहरूले कम्पनीको स्पेशिफिकेशन बमोजिमको बडी बनाएर मात्र संचालनमा ल्याउने, सवारीको ब्लुबुकमा उल्लेखित क्षमतामा नबढाइ ढुवानी सेवा संचालन गर्ने, प्रस्तुत कार्यको अनुगमनका लागि ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालय वीरगंजबाट खटि आउने प्रतिनिधिहरूबाट शीघ्र अनुगमनको व्यवस्था मिलाउने, सो कार्यका लागि पथलैयामा इकाइ खडा गर्ने, चुरेदेखि पथलैया सडकखण्डलाई डिभिजन सडक हेटौडाले ग्रेडिङ कार्य तुरून्त गर्ने र सो काममा आवश्यक पर्ने इन्धन दुवै यातायात व्यवसायी संघले उपलब्ध गराउने, सडकमा भारवहन सम्बन्धी कानूनी प्रावधानहरूको जानकारी र्सवसाधारणहरूलाई गराउन यातायात व्यवस्था कार्यालयले दिएको निर्देशन अनुसार नारायणी यातायात व्यवसायी संघ र तर्राई यातायात व्यवसायी संघले निर्णय गरी उपयुक्त स्थानमा राख्ने भन्ने छ। सो बैठकमा पर्सर्ााबारा र मकवानपुरका प्रजिअ दर्ुगाप्रसाद भण्डारी, कैलाशनाथ खरेल र हर्रि्रसाद मैनाली, मकवानपुरका प्रहरी उपरीक्षक केशरी राज घिमिरे, जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा प्रहरी उपरीक्षक सुबोध घिमिरे, बाराका प्रउ माधव जोशी, मेकानिकल इन्जिनियर हेभी इक्विपमेण्ट डिभिजनका कपूर राज गिरी, डिभिजन सडक कार्यालय, हेटौडाका इन्जिनियर राजुकृष्ण अर्याल, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी नायब उपरीक्षक उमाशंकर पंजियार, तराइ यातायात व्यवसायी संघ, सिमराका विजय शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सर्ाा प्रनि एकनारायण कोइराला, यातायात व्यवस्था कार्यालय वीरगंजका मेकानिकल इन्जिनियर पुष्करकुमार श्रीवास्तव, तिर्थराज पौडेल, नारायणी यातायात व्यवसायी संघ हेटौडाका सुभाष पौडेल, नारायणी रोडा, ढुंगा उद्योगका खडक गोपाली, बा.सु.का. बाराका सप्रउ शिवबहादुर मल्ल, तराइ यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष दीपकराज शर्मा, तराइ यातायात व्यवसायी संघका अध्यक्ष उदयबहादुर श्रेष्ठ, उपाध्यक्ष कन्हैयाप्रसाद गुप्ता, सचिव शंकरकुमार विष्ट, नारायणी रोडा संघका जमिन साह, सचिव दीपेन्द्र दारूका आदिको उपस्थिति रहेको थियो।
त्यस्तै गत मंसिर १३ गते यातायात व्यवस्था विभागका महानिर्देशक शरदचन्द्र पौडेलले अध्यक्षता गर्नुभएको मध्यमाञ्चल ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक इन्द्र न्यौपाने, यातायात व्यवस्था विभागका निर्देशक वेदप्रकाश लेखक, शाखा अधिकृत जीवनराज सेढाञी, नेपाल ट्रक टयांकर व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाट, पश्चिमाञ्चल यातायात व्यवसायी संघ बुटवलका अध्यक्ष गुप्तबहादुर केसी, गोकर्ण्र्ाासाद पराजुली, राजु गुरूङ, भरतप्रसाद ढकाल, सडक विभागका इन्जिनियर रवीन्द्रलाल दास लगायतको उपस्थिति रहेको बैठकमा र्सार्वजनिक यातायातका मालबाहक सवारीसाधनहरू कानूनद्वारा तोकिएको भारवाहन क्षमता अनुरूप संचालन गर्ने, सो भए, नभएको अनुगमन गर्ने निर्णय भएको थियो।
सो बैठकले कानूनद्वारा तोकिएको भारवहन क्षमता अनुरूप मालबाहक सवारी -स्वदेशी, विदेशी) संचालन भए, नभएको जांच गर्न बेइङ मेशिन र्-धर्मकांटा) प्रयोग गर्न दिने निर्णयसमेत गरेको थियो।
बारा, पर्सर्ाा मकवानपुरमा ५० वटा भन्दा बढी क्रसर उद्योग संचालन भइरहेका छन्। ती उद्योगबाट उत्पादित रोडा, ढुंगा दिनहुं करिब ५ सय वटा टिपरमा लोड भइ वीरगंजबाट- रक्सौल जाने गरेका छन्। रोडा, ढुंगा भारतमा निर्यात गरेवापत क्रसर उद्योगहरूले नेपाल सरकारले निर्धारण गरेको भन्सार टेरिफ बमोजिमको राजस्व समेत बुझाउंदै आएका छन्। जस्ले गर्दा जिल्ला विकास समिति र भंसार कार्यालयको आम्दानीमा अप्रत्याशित वृद्धि भइरहेको छ। भारत बिहार राज्यमा करिब एक वर्षदेखि विकास निर्माणमा तीव्रता आएकोले नेपाली रोडा, ढुंगाको ठूलो मांग छ, अझैं मांग अनुरूपको आपर्ूर्ति भने हुन सकेको छैन।
भाडाका टिपरहरूले यातायात व्यवस्था कार्यालय वीरगंजबाट प्रदान गरिएको सवारीको ब्लुबुकमा उल्लेखित क्षमताभन्दा निकै बढी गिट्टी लोड गरी दैनिक ढुवानी गरिरहेका
छन्।
यातायात व्यवस्था कार्यालयले सडक क्षमताको मापदण्ड अनुसार ६ चक्के गाडीमा बढीमा १० टन र १० चक्केमा बढीमा १७ टन क्षमताको वस्तुहरूमात्र ढुवानी गर्न पाउने गरी ब्लुबुक प्रदान गरेको छ तर दैनिक व्यवहारमा प्रत्येक टिपरले २५ टन क्षमताको ढुंगा रोडा लोड गरी राजमार्गबाट रक्सौलतर्फ ढुवानी गरिरहेको छ।
प्रत्येक टिपरले टिपर उत्पादन गर्ने कम्पनीको स्पेशिफिकेशन भन्दा निकै ज्यादा रोडा, ढुंगा ढुवानी गरी सडकको अवस्था जर्ीण्ा बनाउने काम गरिरहेका छन्। प्रत्येक टिपरले ब्लूबुकमा उल्लेख गरेको भन्दा बढी क्षमताको रोडा, ढुंगा लोड गर्नका लागि टिपरको बडीको चारैतर्फ२-२ फिट गांसेर प्रचलित यातायात व्यवस्था र ट्राफिक ऐन, नियम, कानून उल्लघंन गरी टिपर संचालन गर्दा पनि टिपरवालाहरूले तलदेखि माथिसम्मका सम्बन्धित निकायहरूलाई मासिक नजराना टक्रयाएर कानून बर्खिलाप अनुचित कार्य गर्दा सडकमा टिपर दर्ुघटनाबाट जनधनको क्षति निरन्तर रूपमा भइरहेको छ।
वीरगंज भन्सार कार्यालयले ढुंगा रोडा लोड भएको टिपरको सेप\mटी नापेर राजस्व संकलन गर्ने हुंदा क्षमताभन्दा बढी ढुंगा, रोडा लोड भएमा उस्लाई कुनै सरोकार छैन। धर्मकांटामा तौल नगरी तौल क्षमता पत्ता लगाउन सकिदैन। जांच पास गर्ने निकाय भनेको यातायात व्यवस्था कार्यालय हो, टिपरवाला र यातायात व्यवस्था कार्यालयका कर्मचारीबीच तोकिएको दरभाउमा मासिक नजराना लिइ कानून र क्षेत्रीय प्रशासकको निर्णय बर्खिलाप टिपर संचालन गर्ने अघोषित गोप्य सम्झौता भएबाट यातायात व्यवस्था कार्यालय वीरगंज मौन रहेको छ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुर, बारा र पर्सर्ाा इन्स्पेक्टर, मध्य क्षेत्र ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रनाउ, टिपर मालिक र क्रसर उद्योग संचालकहरूबीच घुस लिएर अवैध कार्य गर्ने छुट दिने सम्झौता अनुरूप टिपर संचालन भइरहेका छन्।
अहिले ढुंगा, क्रसर संचालन भएको क्षेत्रका स्थानीय जनताले क्रसर उद्योगबाट धूलो प्रदूषण, नदी कटानको समस्या देखा परेको, टिपरमा बढी क्ष्ँमताको ढुवानी गर्दा सडक दर्ुघटना भइरहेको कुरा उठाउंदै सम्बन्धित निकाय ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयको तीब्र विरोध गरिरहेका छन्। केही दिन भित्र वर्तमान अवस्थामा सुधार गरी कानून अनुशार क्रसर उद्योग र टिपर संचालन नभएमा जनताहरूले सडक संर्घष्ा गरेर बन्द नै गराउनुपर्ने बाध्यता देखा पर्नेछ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...