वीरगंज, २८ असार । नेकपा माले पर्साले विभिन्न विकास निर्माण कार्य गरेको जनाएको छ। आज वीरगंजको नेशनल टे्रडिङ नजिकै आयोजित एक कार्यक्रममा सोही स्थान नजिकै निर्माण गरिएको शौचालयको उदघाटन गरिएको थियो।मालेका सभासद राजेन्द्र खेतानको संसदीय विकास कोषबाट सार्वजनिक शौचालय, पर्सा जिल्लाका विद्यालयहरुलाइ पंखा, श्रीपुर वडा प्रहरी कार्यालयलाई पंखा, युवा स्पोर्टस क्लब, क्रिकेट क्लबलाई खेलकूद सामग्री, सरस्वती प्रावि चर्पी, रानीगंजमा पुष्पलाल चौतारा जस्ता विकास निर्माण गरिएको मालेका अध्यक्ष शत्रुघन उपाध्यायले बताए।
Comments
Post a Comment