वीरगंज, ३० असार । भारतीय टैकंरबाट भारी परिमाणमा अवैध गांजा बरामद गरेको छ। आज बिहान वीरगंज भंसार नजिकै सुराकीको आधारमा सशस्त्र प्रहरीले बीआर ०६६ ५४५९ नं.को टयाकंरको भित्र ३१४ पोका गांजा बरामद गरेको हो।एक पोकामा १५ देखि २० केजी गांजा रहेको र टैकंर चालक फरार रहेको प्रहरीले जनाएको छ। सो गांजा वीरगंज भंसारमा हाल रहेको छ भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गएराति बाराको पथलैया चोकमा लागूऔषधसहित प्रहरीले दुइजनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लम्जुङ भलाय खक्रे ९ बस्ने बिकाश गुरुङ -२१) र इलाम शान्तिपुर ६ बस्ने प्रकाश खड्का -२३) लाइ लागू औषध ९८ थान इन्जेक्सन डाइजेपाम र नुफिन सहित प्रहरीले पक्राउ गरेको हो।
यसैगरी निजगढ ५ मा रहेको राजु खुलालको होटलबाट लागूऔषधसहित दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिमरा-५ बस्ने उत्सव गुरुङ र निजगढ ६ बस्ने राजु शाहीको साथबाट गांजा १४ ग्राम र ब्राउन सुगर १ ग्राम बरामद गरेको हो।
यसैगरी आज बिहान ९ बजे पर्साको लंगडी-हरिहरपुरको नहर क्षेत्रबाट करिब १५ केजी गांजासहित ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ।
शरीरभित्र गांजा लुकाएर आउंदै गरेको सुर्जाहा-६ निवासी नथुनी दास, रामचन्द्र दास, बन्धु दास तत्वा, रामकृपाल सिंह, मन्तुरिया देवी, सुमागी देवीलाइ पक्राउ गरी ज्रि्रका पर्सामा राखिएको प्राप्त जानकारीमा उल्लेख छ।
Comments
Post a Comment